• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 24, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अहिलेका प्रचलित झूटा शिक्षाहरु

by P. A. Thomas
March 7, 2014
in Bible Study & Teaching, False Techings

५. मण्डलीमा अहिले प्रचलित अन्य झूठो शिक्षाहरु

P. A. Thomas
P. A. Thomas

१. सकरात्मक स्वीकार (Positive Confession): हाम्रो मुखको सकरात्मक स्वीकारमा इश्वरीय शक्ति छ, हम्रो मन र विचारको विस्वाससाथ अडानले अत्भुत काम गर्छ आदि सिकाइन्छ। बालेको वचन Logos र भनेको वचन Rhema यो दुबैमा शक्ति छ।जब हामी विश्वाससाथ बोल्छौं तब हामी परमेश्वरको जस्तै विश्वास प्रकट गछौं र काम हुन्छ। परमेश्वर सृष्टिमा यसरी नै विश्वास गरेर बोल्नुभएको हो र बोली वचन बिउ जस्तै हो, त्यसले नयाँ कुराहरुको सृष्टि गर्छ भनी यिनीहरु सिकाउँछन्। तर बाइबलले मानिसको बोलीलाई परमेश्वरको बालीको बराबरी गर्दैन, परमेश्वरलाई विश्वास गरी बोल्न आवश्यक छैन किनभने उहाँ मानिस हुनुहुन्न, परमेश्वर नै हुनुहुन्छ, उहाँको वचन आफैमा शक्तिशाली छ (हिब्रू ४:१२)। हिब्रू भाषामा विश्वासको निम्ति चलाएका निम्न शब्दहरुमा बोलीको ताकतको कुरा लेखेको छैन। अमान- सहमति हुनु, अर्पित हुनु, स्वीकार्नु आदि अर्थ जनाउँछ भने, बात्ता र माहसे – दुबैले भरोसालाई जनाउँछ। हाम्रो मन र बोलीको शक्तिमा नभई हामी परमेश्वर र उहाँको शक्तिमा विश्वास गछौं र भरोसा राख्छौं। हिब्रू ११:१,६, १२:२, रोमी ४:२०, मर्कूस ११:२२, २ तिमो १:१२। हामी कुराहरुमा र वस्तुहरुमा नभई ख्रीष्ट र उहाँले गर्नुभएको काममा भरोसा गछौँ। एफि १:१५, कल १:४, रोमी १०:१७ आदि। अब्रहामले आफैमा होइन परमेश्वरमा विश्वास गरे उनले आफै “मैले छोरा पाउँछु, म आशिषित हुन्छु” भन्दै हिडेको थिएन। “तिम्रो विश्वासले तिमीलाई बचाउँछ” भनी येशूले भन्नुहुँदा तिनीहरुको आशा, चाहना र विचारमा भएको अडान र विश्वासलाई होइन, तिनीहरुले येशूमाथि गरेको विश्वासको पो कुरा गर्नुभएको हो। पावलले त्यसकारण भन्छन् “म कसमाथि विश्वास गरेको, म जान्दछु …”-१ तिमो १:१२)। परमेश्वरले आफैमा विश्वास गर्नुहुन्छ, त्यो विश्वास हामी प्राप्त गर्न सक्छौं र त्यसले हामी परमेश्वर जस्तै काम गर्न सक्ने हुन्छौं भने यिनीहरुको भनाई बाइबल र प्ररितहरुको शिक्षामा आधारित छैन।

२. मानिस परमेश्वर हुन् (Man as God): केन्योनका New Creation Realities, Hidden man आदि सिद्धान्तहरु, बाइबलमा येशू भएको ठाउँहरुमा आफ्नो नाम राखी पढ्ने केन्नतको शिक्षा, मोरिस सेरुल्लोको ] End time manifestation of the Sons of God आदि शिक्षाहरु झूठा हुन्। क्रेप्लोले मानिसलाई परमेश्वर बनाउन अर्को तर्क गर्छन्। उत्पत्तीमा सबै जीवले आफु जस्तो जीव उत्पादन गरेको कुरालाई, जस्तै कागले कागलाई, बाँदरले बाँदरलाई त्यस्तै परमेश्वरले पनि परमेश्वर नै बनाउनुहुन्छ भनी उनले तर्क गर्छन् र बेन्नी हिनले पनि यही कुरालाई प्रस्तुत गरी हामी सबै सानो मसीहहरु हुन्, फुच्चे परमेश्वरहरु हुन् भनी सिकाउँछ। यिनीहरुले आदम उड्न सक्ने सुपरमान थियो भन्छन्।

तर बाइबलमा, परमेश्वरले भूमीको तत्वहरुबाट एक विशेष हैसियत र आत्मामा परमेश्वरसँग सम्बन्ध राख्‍ने (कल ३:१०, एफी ४:२४) एक सृष्टिको रुपमा मात्र मानीसलाई देखाउँछ। मानिसलाई परमेश्वर बनाउने विचार र सल्लाह शैतानको थियो। अमेरिकामा केही वर्षआघि ९३३ मानिसहरुलाई आत्महत्या गर्न लगाएको जीम जोन्सले पनि यही सिकाएका थिए। बाइबलले स्पष्ट भन्छ, परमेश्वर मानिस हुनुहून्न, उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानीस सृष्टि मात्र।

३. पाप परिहारको सिद्धान्त: येशू क्रूसमा मरेर मात्र होइन आत्मामा पनि मरेर पातालमा पुगी शैतानको बराबरीमा आई पापको परिहार गर्नुभयो (हटाउनु भयो) र परमेश्वरको शक्तिमा फेरी बौरी उढ्नुभयो भनी यिनीहरुले सिकाउँछन्। के सि पैस, बेन्‍नी हिन, केन्नत कोप्लान्ट आदिले यही सिकाउँछ। येशू संसारमा हुँदा मानिसको रुप र क्रूसमा शैतानको रुप लिई आत्मिक मृत्यु प्राप्त गरी पातालमा पुगे र तीन दिन पश्चात नयाँ गरी जन्मेर बैरी उठ्नुभएको हो रे?
तर यी कुनै पनि भनाइलाई बाइबलले वा प्रेरितीय शिक्षााले मान्यता दिंदैन। येशू नरकमा गएको होइन मरेका आत्माहरु भएको आत्मालोकमा जानुभएको हो।२ कोरी १२:२-४, प्रकाश २:७)।

४. समृद्धिको सुमाचार: पुरानो करारमा अब्रहामलाई र इस्राएललाई कनानमा परमेश्वरले दिनुभएका प्रतिज्ञाहरुको आधारमा आज हामीलाई पनि परमेश्वरले जे पनि दिनुहुन्छ र समृद्धि चाहिँ परमेश्वरको आशिषको चिन्ह हो भनी यिनीहरुले सिकाउँछन्। यही आधारमा यिनीहर निकै महङ्गो जीवनशैली र आधुनिक सुविधाहरु उपभोग गर्छन्। येशू निकै धनी जीवन बिताएको र प्रेरितहरुले पनि व्यवसाय गरु निकै कमाई मोज मज्जाको जीवन बिताए भनी यिनीहरु स्थापित गर्ने कोशिश गर्छन्। यही प्रचार गरी सुसमाचार प्रचारको नाममा यस्ताहरुले थुप्रै पैसा र सम्पत्ति जम्मा गरी सरकारहरुको कार्वहीमा समेत परेको हामी सुनेका छौं। ठूलो जागीर, विदेश जाने भिसा, सपनाको घर निर्माण, काममा फलिफाप तथा बढुवा आदिको प्रचार यिनीहरुले गर्छन्। मुनाफा, फाइदा, सुखविलास खोज्ने मानिसहरु र जिन्दगीमा हार खाएका हरु यस्ताहरुको पछि सजिलरी लाग्छन्। आजभोली भींड जम्मा गर्ने धेरैजसो मण्डलीहरुले र टेलि प्रचारकहरुले यही शिक्षाको प्रचार गर्न थालेका छन् र सुनेहरुबाछ विभिन्न कुराहर देखाई पैसा जम्मा गर्ने प्रया गर्छन्। जहाँ लाश हुन्छ त्यहाँ गिद्दा जम्मा हुन्छन्।

आधुनिक लोभ लालसाको यो सिद्धँन्तलाई मत्ती ५:१-११ मा येशूले सिकाउनुभएको कुरासँग जाँच्नुहोस् र पे्ररितिय मण्डलीमा कसरी प्रेरितहरु बिना व्यक्तिगत सम्पत्ति र सुविधाहरु बिना जिएका थिए र त्यो वेलाको गरीबहरु तथा विधवाहरुको जिम्मा मण्डलीले किन लिनुपरेको थियो आदि कुराहरुको ख्याल गर्नुहोस्। मण्डली इतिहासको पनि अध्ययनले मण्डली भौतिक सम्पत्ति बिना नै परमेश्वरको सेवामा लागीरहेको कुरा पुष्टि हुन्छ। बरु प्रशस्ति र सम्पत्तिले मण्डलीलाई भ्रष्ट, चिसो, साँसारिक र निष्क्रिय बनाएको कुराको साक्षी मण्डली इतिहासले दिन्छ। १ तिमो ६:५-१०मा पावलले यस्ताहरुलाई सल्लाह दिएका छन्।मत्ती ६:१९-२४, याकूब २:५ आदि खण्डहरुको शिक्षा चुनौतिपूर्ण छ। विश्वासमा बिउ रोप्नु भनी पैसाले पैसा ताने खेल व्यवसाय हो विश्वास होइन।

५. रोगबाट छुट्कारा: आरोग्यता र रोगमुक्त हुनुनै परमेश्वरको इच्छा हो भनी यिनीहरु सिकाउँछन्। रोग र अभाव विश्वासको कमीले, पुस्ताहरुको श्रापले र पापको कारणले हुन्छन् र येशूमा र उहाँको नाऊको शक्तिमा यी सबैबाट हामी छुट्कारा पाइसकेका छौं, अब विश्वासमा दावी गर्नु मात्र आवश्यक हुन्छ भनी सिकाउँछ। मानिसलाई लाग्न सकिने सबै रोग येशूले आफ्नो शरीरमा बोक्नुभयो तर्सथ हामी छुट्कारा पाइसकेका छौं भने यिनीहरुको मान्यता हो। येशूमा उद्धार पाएकाहरु बिरामी हुँदैनन्, बिरामी भए तुरन्तै बाइबलका केही प्रतिज्ञाका वचनहरु उच्चारण गरेर छुट्कारा सम्भव छ भनी यिनीहरु प्रचार गर्छन्।

पावल र तिमोथी सबै सेवामै बिरामी भएका, रोगले ग्रस्त र संसारले आशा न राखेकाहरुलाई (हेलन केल्लर जस्ता) परमेश्वरले अचम्म तरीकाले चलाउनुभएको, रोग बिरामीहरुबाट नै धेरैलाई परमेश्वरले मण्डलीमा बटुलेको आदि सत्यलाई हामी इनकार गर्न सक्दैनौं। पावलले आफ्नो शरीरमा कष्ट र दुख सहन तयार भएको (फिलि ३:१०, कल १:२४), कैद र दुखको विरुद्ध प्रार्थना नगरेको आदिले हामीलाई के सिकाउँछ (यशै ५३:३ र १ पत्रूस २:२४ मुलतः आत्मिक छुट्कारा र चङ्गाईको उल्लेख गर्ने खण्डहरु हुन्। हाम्रो हीन शरीरको पूर्ण छुट्कारा र चङ्गाई बौरी उठाई र महिमीकरणमा मात्र सम्भव छ (२ कोरि ५:१-७)। येशूले र प्रेरितहरुले नसिकाएका यी सबै नवीन सिद्धान्तहरुलाई हामीले इन्कार गरी विरोध गर्नु आत्मिक स्वास्थ्य र स्थिरताको जिम्ति आवश्यक छ।

६. ख्रीष्टियनहरुमा श्राप ?
डेरक प्रिन्स, जोइस मेयर, मेर्लिन हिकी आदिका प्रचारमा ख्रीष्टियनहरुमाथि को श्राप र त्यसबाटको छुट्कारा मुख्य विषय बनेको छ। तिनीहरुको शिक्षामा ख्रीष्टियनहरुमाथि रहन सक्ने विभिन्न श्रापहरुको विवरण निम्नानुसार दिन्छ।
पुस्ताहरुको श्राप-पुरानो करारका केही पदहरु र व्यक्तिहरुको जीवनको आधारमा यिनीहरुले आमा-बाबु तथा बाजे-बज्येमा रहेका पापहरु सन्तानमा सर्छ र येशूमा उद्धार पाए पनि यस्तो श्रापहरुबाट छुट्टै छुट्कारा आवश्यक हुन्छ भनी सिकाउँछ। इश्वरीय श्राप- मूर्ति पूजा, आमा-बाबसको निन्दो, धोका र चोरी, अरुमाथि अन्याय, अनैतिक यौन सम्बन्ध, घूस, आदि परमेश्वरको व्यवस्थाको विरद्धमा (व्यवस्था २७:११-२६) भएकोले श्राप हुन्छ।
मान्य जनहरुबाट हुने श्राप- माता-पिता, गुरु जन, श्रीमान, शत्रुहरु, परमेश्वरको दासहरु, शैतानको दासहरु आदिबाट आउने श्राप।
आफै गर्ने श्राप- बोलीमा शक्ति भएकोले आफै बोलेर आफै माथि ल्याउने श्राप।

तिनीहरुको भनाइमा यस्ता श्रापहरुको कारणले निम्न असर फलहरु मानीसहरुमा आउन सक्छन्। त्यसबाट छुट्कारा पाउन सतवटा खुड्किलोहरुमा विभिन्न प्रक्रियाहरुको निर्देशन दिन्छन्।
मानसिक र भावनात्मक रोगहरु जस्तै काँप्ने, बौलाह हुने आदि
महामारीहरू र पुस्तेनी रोगहरु
बच्चा नहुनु, गर्भ तुहिनु, आदि
पारिवारिक झगडा, सम्बन्ध विच्छेद, सन्तानहरुको व्रि्रोह आदि
गरीबी, लगातार आउने शारीरिक र भौतिक समस्याहरु
खतरा र दूर्घटनाहरु
आत्महत्या र अनौटो मृत्युहरु

बाइबलमा पाप मूलतः परमेश्वरको र उहा“को व्यवस्थाको विरुद्धमा हुने व्रि्रोह र मानसिकता हो र यसले मानीसलाई विभिन्न पाप कर्मतिर उन्मुख बनाउँछ। त्यसले दाऊदले भन्छन्, “म ताईका विरुद्धमा पाप गरेको छु” (भजन ५१:४)। यसकारण सबै पाप र अधर्मको छुट्कारा परमेश्वरबाट नै प्राप्त हुन्छ। परमेश्वरले एदनको बगैचामा र्सपलाई र पृथ्वीलाइ श्रापित पार्नुभयो तर मानिसलाई श्राप गर्नुभएन बरु सजाय मात्र दिनुभयो। पावलको भनाइमा व्यवस्थाको अधीनमा रहने र त्यो पूरा नगर्ने मात्र श्रापित हुन्छ (गलाती ३:१०,१३) र यसको उपचारको रुपमा येशूको उद्धारको र प्रयश्चितको कामलाई (गला ३:१३, ५:१) प्रस्तुत गर्छन्। मानिसले कहिले पूरा नगर्न सकिने व्यवस्था हाम्रो सट्टा पूरा गरी हामीलाई पूर्ण छुट्कारा दिनलाई नै येशू आउनुभयो। येशूमा विश्वास गरेर हामी धर्मी ठहरिएका छौं, त्यसको निम्ति अन्य कुनै प्रक्रिया बाइबलमा दिएको छैन। रोमी ७-१६, ८:२-४, ३१-३४, गला २:१९-२१, कल १:१२, १ यूहन्ना ४:४, ५:१८ आदि पदहरुले यो सत्यता प्रकट गर्छ। १ यूह १:९ मा भएको व्यवस्था हामी र परमेश्वरलाइ अलग गर्ने सबै अवस्थाहरुको निम्ति लागु छ। येशूले वा प्रेरितहरले कहिले कसैको निको पार्ने वा उद्धारको काममा कुनै विशेष श्राप छुटाउने काम गरेको हामी पाउँदैनौं। छुट्काराको काम येशूमा एक मुष्टको हुन्छ। नयाँ करारको र अनुग्रहको यो युगमा परमेश्वरलाई प्रेम नगर्नेहरु र अर्को सुसमाचार तिर लाग्नेहरु नै श्रापित भनी वचनले घोषणा गर्छ (१कोरी १६:२२, गला १:६-९)।

 

 

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

October 20, 2026

  कात्तिक २, २०८३ मंगलबार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर पोर्चुगिज फुटबल महासंघले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन...

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

Recent Posts

  • कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In