• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 6, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शान्ति, मेलमिलाप र स्वस्थ जीवन

by Sarju Rijal
July 31, 2013
in News & Events

शान्ति कायम राख्‍नेहरुले शान्तिमा छर्छन् र तिनीहरुले धार्मिकताको फसल बटुल्छन्। याकूब ३:१८

यो तालिमले मेरो मनमा शान्ति ल्याएको छ। केही दिन अगाडिदेखि हाम्रो मण्डलीमा बिवाद भएको थियो। एकजना विधुवा अगुवाले भागेर अर्कैको श्रीमानसँग बिवाह गरेपछि मण्डलीमा तनाव भएको थियो र म आफैले केही सल्लाह दिन सकेको थिएन र सेवा गर्न पनि सकेको थिएन, मनमा अशान्ति र निराशापन थियो।


शान्ति, मेलमिलाप र स्वस्थ जीवन

२४-३० नोभेम्बर २००८मा ललितपुर फेमिली अफ गड चर्च (पास्टर ट‌ङ्क सुबेदी, प्रकाशराज बगाले र कमल घर्ति) को आयोजनामा र किंग्स चर्च यू‌.के.को सहकार्यमा ग्रामिण क्षेत्रका पास्टर तथा अगुवाहरुको लागि “शान्ति, मेलमिलाप र स्वस्थ जीवन” बिषयमा लगभग १०० जनाको सहभागितामा आर.टि.एन. चर्चमा सम्मेलन सम्पन्न भयो।

शान्ति कायम राख्‍नेहरुले शान्तिमा छर्छन् र तिनीहरुले धार्मिकताको फसल बटुल्छन्। याकूब ३:१८ यही सन्दर्भमा रहेर सम्मेलन सम्पन्न भएको थियो।

सो सम्मेलनमा धादिङ, रसुवा, नुवाकोट, मकवानपुर, रुकुम, सल्यान, मुगु, बाँके, नवलपरासी, रौतहट, धनुषा र ललितपुर जिल्लाका पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो। ७ दिनको लामो सम्मेलन भएतापनि सम्मेलन छोटो भयो भन्ने आवाज आएको थियो। सो सम्मेलनमा बिभिन्न व्यवहारिक विषयहरुमा सिकाइएको थियो।

२४ देखि २७ सम्म शान्ति कायम राख्‍ने र मेलमिलाप गराउने ख्रीष्‍टियानहरु बिषयमा बर्तमान अवस्थामा देस, मण्डलीमा, समाजमा र घरपरिवारमा भएका बेमेलका जरा उखेल्ने तरिकाहरु र मेलमिलाप कसरी गराउने केही व्यवहारिक उदाहरणबाट यू. के. बाट आउनुभएका किंग्स चर्चका पास्टर इएन र मार्कले सिकाउनुभएको थियो। उहाँहरुले दिनुभएको उदाहरणहरु लाभदाएक देखिएका थिए। नेपाली परिवेशमा द्वन्द समाधान गर्ने खालका थिए।
यति लामो सेमिनारमा तपाईहरुलाई कस्तो लाग्दैछ, विभिन्न पास्टर तथा अगुवाहरुलाई सोध्दा उहाँहरुको जवाफ निम्नानुसार उद्धरन गरिएको छ:

यो तालिमले मेरो मनमा शान्ति ल्याएको छ। केही दिन अगाडिदेखि हाम्रो मण्डलीमा बिवाद भएको थियो। एकजना विधुवा अगुवाले भागेर अर्कैको श्रीमानसँग बिवाह गरेपछि मण्डलीमा तनाव भएको थियो र म आफैले केही सल्लाह दिन सकेको थिएन र सेवा गर्न पनि सकेको थिएन, मनमा अशान्ति र निराशापन थियो। अहिले ममा ताजगिपन र क्षमा दिने र मेलमिलाप गराउने उत्साह मिलेको छ र यो सम्मेलनमा द्वन्द्ध समाधान गर्ने तरिका सिक्ने मौका पाएँ र मण्डलीमा पनि यो काम गर्नेछु ।
पास्टर प्रताप चँदारा, बाँके।

यो तालिम हाम्रो मण्डलीको लागि अतिआवश्यक रहेछ म अलि ढिलो आए सेमिनारमा मेरो जीवनमा धेरै उत्साह मिलेको छ। -अगुवा आरटीएन चर्च, ललितपुर।

हाम्रो मण्डली र समाजमा भएका द्वन्द्ध र तितोपनालाई छोएको छ। हामी पास्टरहरुको लागि यो तालिम अति व्यवहारिक छ। यस्तो तालिमको बारेमा जानकारी पाएको भए हाम्रा अरु अगुवाहरु पास्टरलाई पनि ल्याउने थिएँ।
-पास्टर दिपक राई, रौतहट

यो तालिम पास्टरहरुलाई नछुटाउने खालको रहेछ हाम्रो क्षेत्रमा गाउँ गाउँमा धेरै आवश्यक छ। -पास्टर हरिहर चौधरी, बाँके।

तपाईहरुले हामीलाई अन्याय गर्नुभयो। हाम्रो जस्तो दुर्गम क्षेत्रका अगुवाहरुलाई बोलाउन दिनुभएन। एकजनालाई मात्रै सिट छ भन्नुभयो। यो हाम्रो गाउँघरको लागि अति आवश्यक सेमिनार रहेछ। हामीलाई बोलाउनुभएको लागि धन्यवाद यस्तो सेमिनारमा फेरी फेरी बोलाउनुहोला । -पास्टर उमालाल बि.क., सल्यान।

समय गएको थाहा भएन। हाम्रो मण्डलीको निम्ति धेरै लाभदाएक पाएँ ।
-पास्टर अटे बुढा, रुकुम।

माथि उद्धरन गरिएका शब्दहरु हरेक मण्डलीका अगुवाहरुको निम्ति उत्तिकै लाभदाएक र आफ्ना व्यक्तिगत जीवनमा र चर्चमा मेल खाएका रहेछन भन्नेकुरा सहभागीहरुबाट स्पष्टिकरण भएको थियो। “शान्ति, मेलमिलाप र स्वस्थ जीवन” विषयको समापनको समयमा कार्यक्रमको अन्तिम दिन समूहगत प्रार्थना भएको थियो। मण्डलीको निम्ति प्रभुका जनहरुबाट सुझाव र उत्साहका वचन पनि आएका थिए।

२८ देखि ३० तारिखसम्म हामी शारिरीकरुपमा पनि निरोगी हुनुपर्छ। परमेश्वरको इच्छा सबै निरोगी भएको चाहनुहुन्छ। हामी कसरी स्वस्थ हुने, कसरी हामी साधरण रोगहरुको उपचार गर्ने भन्ने विषयमा यू.के.बाट आउनुभएका डा.जोन गिटार र डा.डेभिटले केही उदाहरणहरु दिएर सिकाउनुभएको थियो।
यही विषयमा सिकाउनको निम्ति शान्ति नेपालका निर्देशक कृष्णमान शाक्य र सहयोगी इन्द्रमान शाक्यले रोग भनेको के हो? कसरी लाग्छ? कसरी उपचार गर्ने? यी विषयमा रहेर रोगका कारण, लक्षण र उपचार बिधिहरु रमाइलो बातावरणमा सरल तरिकाले सिकाउनुभएको थियो। जस्तै हात, खुट्टा भाँचिएको बेला प्राथामिक उपचार गर्ने तरिका र स्ट्रेचर बनाउने तरिका, झाडा पखाला लाग्दा जीवनजल बनाउने तरिका आदि सिकाउनुभएको थियो।
मानसिक रोग अथवा पागलपन, बौलाहा, छारे रोग आदिको बारेमा सीएमसी नेपालकी कार्यकर्ता रीता देवकोटाले मानसिक रोगका लक्षण, रोगीलाई प्रेम गर्ने, परामर्श दिने केही तरिका सिकाउनुभएको थियो।

स्वास्थ्य तालिम गाउँघरका पास्टर अगुवाहरुको लागि अतिआवश्यक भएको कुरा सबैको मुखबाट सुनिएको थियो। निकै उत्साहित बाताबरणमा गाउँ घरमा भैपरि आउने दुर्घटनामा प्राथामिक उपचार गर्ने तरिकाहरु सिक्न पाएकोमा सहभागिहरु निकै उत्साहित हुनुहुन्थ्यो। तालिम अलि लामो भएको भए धेरै राम्रो हुने सुझाव पनि दिनुभएको थियो।
तालिमको अन्तिम दिन सहभागीहरुलाई सेमिनार आयोजकले “डाक्टर नभएमा” पुस्तक र “हृदयघात” सम्बन्धिको पुस्तक प्रत्येक सहभागिहरुलाई दिनुभएको थियो।

Republished in new layout on 7/30/2013

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

ताजा सामाग्री

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In