राष्ट्रपति भवनको एक खण्डबाट संचालन भइरहेको नारायणहिटी दरबार परिसरभित्र रहेको भवनमा सार्ने क्रममा परराष्ट्र मन्त्री यादवको कार्यकक्ष पूर्व राजाले प्रयोग गर्ने कोठामा सारिएको छ।
पूर्व राजाको कार्यालयमा परराष्ट्र मन्त्री
पूर्व राजा ज्ञानेन्द्रले निजी सचिवालयको रुपमा प्रयोग गर्दै गरेको कार्यालय र कार्यकक्ष परराष्ट्र मन्त्री उपेन्द्र यादवले प्रयोग गर्ने भएका छन् । राष्ट्रपति भवनको एक खण्डबाट संचालन भइरहेको नारायणहिटी दरबार परिसरभित्र रहेको भवनमा सार्ने क्रममा परराष्ट्र राष्ट्र मन्त्री यादवको कार्यकक्ष पूर्व राजाले प्रयोग गर्ने कोठामा सारिएको छ।
परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले भने तत्कालीन राजाका सचिव सागर तिमल्सिनाको कार्यकक्षबाट आफ्नो काम गर्ने भएका छन् । उहाँको कार्यकक्ष पनि बुधबार नै सारिएको छ। हाल पार्टी महाधिवेशनको काममा वीरगञ्जमा रहनु भएका परराष्ट्र मन्त्री यादवले आइतबारबाट नयाँ कार्यकक्षबाट आफ्नो कार्य संचालन गर्ने भएका छन् भने परराष्ट्र सचिवले बिहीबारबाटै आफ्नो काम नयाँ कार्यकक्षबाट गर्ने भएका छन् ।परराष्ट्र मन्त्रालय पूर्ण रुपमा नारायणहिटीभित्र सर्न भने अझै एक महिना बढी समय लाग्ने बताइएको छ। राहदानी र कन्सुलर शाखा भने केही महिना पहिला नै नारायणहिटी दरबारको पश्चिम प्रवेशद्वारसँगै रहेको भवनमा सारिसकिएको छ।
Republished in new layout on 7/30/2013
Discussion about this post