सहरी क्षेत्रमा सौर्यउर्जा उत्पादनका लागि एकअरव एक करोड रुपैयाँ निकासी गर्ने निर्णय भएको छ। विज्ञान तथा प्रविधिमन्त्री गणेश साहका अनुसार, सहरी क्षेत्रमा सौर्यउर्जा उत्पादनका लागि प्रतिपरिवार १० हजारका दरले एकलाख परिवारलाई अनुदान दिइनेछ
अब बन्द र हडताल निषेध संविधान नबनुन्जेल
काठमाडौं, चैत्र ५ अहिलेसम्म बन्द हडताल हुँदै आइरहेकोमा सरकारले आपत्ती जनाउँदै अब राजमार्ग, उद्योग, अस्पताल, शिक्षणसंस्थान, खानेपानी र विद्युत उत्पादन क्षेत्रहरुमा बन्द र हडताल निषेध गर्ने निर्णय मन्त्रीपरिषद्को वुधवारको वैठकले गरेको जानकारी कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देवप्रसाद गुरुङले दिए।
अर्थमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण नहुन्जेलसम्म नेपालमा बन्द हडताल निषेध गरिएको बताउनुभयो।
नेपालमा विद्यमान विद्युत संकट टार्न सौर्यउर्जा उत्पादनका लागि अनुदान दिने निर्णय गरेको जानकारी वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले दिनुभयो।सहरी क्षेत्रमा सौर्यउर्जा उत्पादनका लागि एकअरव एक करोड रुपैयाँ निकासी गर्ने निर्णय भएको छ।मन्त्री साहका अनुसार, सहरी क्षेत्रमा सौर्यउर्जा उत्पादनका लागि प्रतिपरिवार १० हजारका दरले एकलाख परिवारलाई अनुदान दिइनेछ। ग्रामिण क्षेत्रमा भने यसअघि नै सहुलियत दिइदै आएको छ वताउनुभयो। सरकारले उद्योग व्यवसायका व्यवसायका लागि निजी क्षेत्रमा विद्युत् उत्पादन गर्न चाहेमा सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अनुदान दिने र जेनेरेटर आयात गर्दा लाग्ने भन्सार महसुलमा छुट दिने नर्णय पनि गरेको छ।दुहवी र हेटौडास्थित मल्टीफ्युल प्लान्ट सञ्चालन गर्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय पनि गरिएको छ।
Republished in new layout on 7/29/2013
Discussion about this post