येशू ख्रीष्ट सम्पूर्ण मानवजातीले उद्धार र मुक्ति पाउन भन्ने हेतुले आफ्नो प्राण अर्पण गर्नुभयो। हामी पनि अरुको जीवन बचाउँनको लागि सुसमाचार प्रचार, चङ्गाई, सामाजिक सेवा, रक्तदान कार्यक्रम गर्नुपर्छ भनी उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो
गुड फ्राइडेको अवसरमा नवजीवन चर्च कुपण्डोलमा रक्तदान कार्यक्रम
चैत्र २८ काठमाडौं- नवजीवन चर्च कुपण्डोलमा गुड फ्राइडेको दीन रक्तदान कार्यक्रम सम्पन्न भयो। नवजीवन चर्चका दाजुभाइ संगति दिदीवहिनी संगति जवान संगतिका सदस्यहरूले रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको थियो। सो कार्यक्रममा केही भजन, गीत र प्रार्थनाबाट सुरु भइ वचनबाट पनि हामी किन रगत दिंदैछौ भन्ने कुरालाई खुलस्त पार्नुभएको थियो।
उक्त रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ३५ जनाले रगत दिनुभएको थियो। येशू ख्रीष्ट सम्पूर्ण मानवजातीले उद्धार र मुक्ति पाउन भन्ने हेतुले आफ्नो प्राण अर्पण गर्नुभयो। हामी पनि अरुको जीवन बचाउँनको लागि सुसमाचार प्रचार, चङ्गाई, सामाजिक सेवा, रक्तदान कार्यक्रम गर्नुपर्छ भनी उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो।
सोही मण्डलीका पास्टर सुमन गुरुङका अनुसार यस्तो रक्तदान कार्यक्रम मण्डलीमा विगतका दिनहरुदेखि हुँदै आइरहेको बताउनुभयो। आगामी ६/६ महिनामा यस्तो कार्यक्रम गर्दै जाने विचार भएको कुरा पनि बताउनुभयो। यसपटकको रक्तदान कार्यक्रममा उत्साहित देखिन्थे। पहिलोपटक रक्तदान गर्नेहरुलाई सोध्दा सुरुमा डर भएको थियो रगत दिंदा खासै केही पनि नहुँदोरहेछ भनि भनेको कुरा बताउनुभएको थियो।
रक्तदानदाता सुमन कुँवरको भनाईः रक्तदान त दिंदै आइरहेको हो। रक्तदान नै जीवन दान हो भने झै मेरो रगतले अरुको जीवनमा काम गर्छ भने किन नदिने। मैले रगत दिएमा अरुको जीवन बाँच्छ। त्यसकारण रगत दिएको हुँ।
चमेली मालमूलः सुरुदेखि नै मलाई सेवा गर्नुपर्छ भन्ने विचार म मा छ। जस्तोसुकै सेवामा पनि सेवा गर्न मलाई इच्छा लाग्छ। अहिलेसम्म तीनपटक रक्तदान गरें। हाम्रो मण्डलीबाट सोचेजस्तो धेरै दिदीवहिनीहरु सहभागि हुनुभएन। सूचना पनि राम्रो हुन सकेन। अर्कोपटक पहिले सूचना गरेर रक्तदान गर्ने योजना भएको कुरा बताउनुभयो।
Republished in new layout on 7/18/2013
Discussion about this post