प्रधानमन्त्रीले चालेको कदम संबैधानिक र राष्ट्रपतिले चालेको कदम असंबैधानिक: रमण कुमार श्रेष्ठ, महासचिब, बार एसोसिएसन
राजनीतिमा थप अन्यौल
बैशाख २१ काठमाडौ
प्रधान सेनापति रूक्माङ्गत कटवाललाई राख्नेख र हटाउने भन्ने विवादमा करिव दुई हप्ताय बित्यो। लामो विवादपछि अन्य राजनितीक दलहरुको सहमतिविना प्रधानमन्त्रिद्वारा सेनापति कटवाललाई हिजो अवकास पत्र दिइयो। नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेपाल र अन्य राजनीतिक दलहरुको सहमतीविना प्रधानमन्त्रीले कटवाललाई अवकास गरेकोमा चर्को विरोध गरेका थिए। यो कार्यले राजनैतिकदलहरुका वीचमा संका उपसंका र थप राजनीति अन्यौल सृजना भएकोछ। माओवादीको भातृसंगठनले प्रधानमन्त्रीले गरेको सेनाको कारवाहीलाई सम्बोधन गरेको थियो भने नेपाल विद्यार्थी संघले चर्को नाराबाजी गरी सडकमा टायर बाली विरोध जनाएका थिए। नेकपा एमालेले माओवादी सरकारसँग भएको सम्झौता फिर्ता लिइ सरकार छाड्यो। सैनिक मूख्यालयमा आपतकालिन बैठक बसेको थियो र अरु राजनितीक दलहरुले पनि तुरुन्तै बैठक गरेका थिए।
आज तीन बजे प्रधानमन्त्रीद्वारा सम्वोधन हुने। ४ वजे माओवादीको सचिवालयको वैठक। राष्ट्ररपति वक्तव्य जारी गर्ने तयारीमा ।
जिल्ला प्रशासन कार्यालयद्वारा सेना मुख्यालय र राष्ट्रहपति भवन क्षेत्रमा निषाधाज्ञा।
•प्रधानमन्त्रीले चालेको कदम संबैधानिक र राष्ट्रपतिले चालेको कदम असंबैधानिक: रमण कुमार श्रेष्ठ, महासचिब, बार एसोसिएसन
•एमालेद्वारा प्रधानमन्त्री र राष्ट्रपती दुबैले चालेका कदमहरु असंबैधानिक भएको ठहर ।
•राष्ट्रपतिको चिठी खड्काले बुझ्न मानेनन्
•माओवादी अदालत जाने
•एमालेको नेतृत्वमा नयाँ समीकरणको प्रयास
•अविश्वास प्रस्ताव दर्ताको तयारी
•जंगी अड्डामा बैठकै-बैठक
•प्रतिपक्ष दलहरुले कुनै पनि हालतमा बहुमत पुर्याउन नसक्ने : माओवादीका सचिवालय सदस्य लीलामणि पोखरल
•शान्ति प्रक्रिया भंग भयोः बाबुराम भट्टराई
•सेनापतीलाई पदमुक्त गरेको कुरालाई लिएर देशमा केही अनर्थ उत्पन्न हुने भयले राजाधानिका प्रायजसो बिद्यालय, कार्यालय, कलाकारखानाहरु आज बन्द रहेका छन ।
•सेनापतीलाई पदमुक्त गरेको कुरालाई समर्थन र बिरोध गर्दै उपत्यकाको बिभिन्न ठाउहरुमा प्रदर्सन, यातायात अबरुद्ध । राजाधानी बाहिर पनि ठाउठाउमा प्रदर्सन ।
•माओवादी अल्पमतमा परेकाले प्रधानमन्त्रिले राजिनामा दिएर बाटो खुल्ला गर्न कांग्रेसको आग्रह ।
•नेपाली कांग्रेसको बैठक सम्पन्न ।
Republished in new layout on 7/18/2013
Discussion about this post