• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

घाइते र राष्ट्रको लागि प्रार्थना सभा

by Sarju Rijal
July 15, 2013
in News & Events

dscधार्मिक स्थल एजम्सन चर्चमा एक्कासी बम पडकँदा छोरी र श्रीमतीतिर मेरो ध्यान गयो। छोरीलाई हेरेर श्रीमती कराइरहेकी थिइन्। मेरो छोरीको प्राण गइसकेको रहेछ। श्रीमती आफै पनि सिकिस्त घाइते थिइन्। मलाई यस्तो लाग्थ्यो, मैले जति मेरो छोरीलाई कसैले पनि प्रेम गर्दैन। मैले धेरै माया गर्ने छोरीलाई गुमाएँ र श्रीमती उपचारपछि घरमा आउछिन् भन्ने आशा थियो। श्रीमती पनि गुमाएँ। मलाई धेरै पीडा भयो। सीता थापा श्रेष्ठको पनि ११ वर्षको छोरा काखमा छ। मेरी छोरीलाई हत्या गरी। म उसलाई मार्छु भन्ने ममा आक्रोश भएको थियो।


प्रार्थना सभा

काठमाडौं जेठ २४

नवजीवन चर्च, कुपण्डोलमा उपत्यकाका पास्टरहरूको उपस्थितिमा प्रार्थना सभा सम्पन्न भयो। गत जेठ ९ गते एजम्सन चर्चमा बम विष्फोट हुँदा ३ जनाले ज्यान गुमाएका थिए भने बाँकी १३ जना घाइते भएका थिए। मृतक परिवार र घाइतेहरूको निम्ति प्रार्थना सभाको आयोजना भएको हो। प्रार्थनामा उपत्यकाका ५० जनाभन्दा बढी पास्टर अगुवाहरूको सहभागिता रहेको थियो। प्रार्थना सभालाई डा.रमेश खत्रीले सञ्चालन गर्नुभएको थियो। बीच बीचमा कोरस, भजन गाउँदै २ बजेदेखि ४ बजेसम्म निरन्तर प्रार्थना भैरहेको थियो। डा. रमेश खत्रीले प्रार्थनाका विषयहरू सबैको बीचमा बाँड्नुभएको थियो। उक्त विषयहरुलाई समूह-समूह र एक-एकजना साथी खोज्दै दुइजनाबीच बाँडिएका विषयहरूमा प्रार्थना भएको थियो।

एजम्सन चर्चमा बम बिष्फोट भएको देख्‍नुभएका प्रत्यक्षदर्शी सत्यालले छोटो समयमा घटनाको विवरण दिनुभएको थियो। घटनामा पीडित बालान जोसेफले घटनाबारे जानकारी दिने क्रममा भन्नुभयो, धार्मिक स्थल एजम्सन चर्चमा एक्कासी बम पडकँदा छोरी र श्रीमतीतिर मेरो ध्यान गयो। छोरीलाई हेरेर श्रीमती कराइरहेकी थिइन्। मेरो छोरीको प्राण गइसकेको रहेछ। श्रीमती आफै पनि सिकिस्त घाइते थिइन्। मलाई यस्तो लाग्थ्यो, मैले जति मेरो छोरीलाई कसैले पनि प्रेम गर्दैन। मैले धेरै माया गर्ने छोरीलाई गुमाएँ र श्रीमती उपचारपछि घरमा आउछिन् भन्ने आशा थियो। श्रीमती पनि गुमाएँ। मलाई धेरै पीडा भयो। सीता थापा श्रेष्ठको पनि ११ वर्षको छोरा काखमा छ। मेरी छोरीलाई हत्या गरी। म उसलाई मार्छु भन्ने ममा आक्रोश भएको थियो। मेरो छिमेकी साथीहरूले सीतालाई कुनै पनि हालतमा छोड्नु हुँदैन हत्या गर्नैपर्छ भन्ने सल्लाह दिए। तर मेरो परमेश्वरले मलाई हत्याको बदला हत्या होइन तर क्षमा र प्रेम गर्नुपर्छ भनी सिकाउनुभएको छ। मैले क्षमा गर्न सकें। मेरो विचारमा यो घटनाले मलाई बलियो बनाएको छ। म पहिला कहिल्यै पनि बोल्थिनँ। जुन कुरा मेरो मुखबाट निस्केको थिएन, अहिले म अरुलाई पनि बताउन सक्ने भएको छु मलाई प्रोत्साहन मिलेको छ। मेरो परिवारको २ जना गुमाएँ तर परमेश्वसरबाट विश्‍वास पाएको छु। सीता थापाले पैसा कमाउनलाई निर्दोष व्यक्तिहरुलाई हत्या गरी तर त्यो पैसाले उसको जीवनमा कति काम गर्छ र? हामी सम्पूर्ण चर्चहरुको निम्ति प्रार्थना गर्नुपर्छ यस्तो घटना कसैको परिवारमा नभएको होस्। मेरो परिवारको निम्ति प्रार्थना गरिदिनुहोला। यो भनाइले उपस्थित सबैलाई दुःखदायी बनाएको थियो। ब्रदर राकेश पनि घटनामा घाइते भएका थिए उनको उपस्थिति पनि थियो। उक्त गवाही पछि एजम्सन चर्च र वालान जोसेफको परिवारको निम्ति प्रार्थना भएको थियो। आतंकित भएका र घाइतेहरूको सुस्वास्थ्यको निम्ति र बम बिष्फोट गराउने आरपी मैनाली र सीता थापा श्रेष्ठसलाई परमेश्वरले ज्ञान बुद्धि दिउन् खराब गर्नदेखि जोगाउन् भनी प्रार्थना भएको थियो। परमेश्वरले गर्नु भएको महान कामको निम्ति प्रशंसाको प्रार्थना पनि भएको थियो।

प्रार्थनाकै क्रममा सरकार गठन, राष्ट्रपति, प्रधानमन्त्री लगाएत सम्पूर्ण मन्त्रीहरुको निम्ति र राजनितिक दलहरुको निम्ति पालैपालो प्रार्थना भएको थियो। अन्तमा राज्यले शान्ति सुरक्षा कायम गर्न सकोस् र दोषीलाई कार्वाही गर्न सकोस् र यदि दोषीलाई कार्वाही भएन भने देसमा दण्डहीनता हुन्छ र यस्तो नहोस् तर कार्वाही गर्न सकोस् भनी सरकारको निम्ति प्रार्थना भएको थियो।

प्रार्थनापछि एनसीएसको बैठक पनि बसेको थियो। बैठकमा विभिन्न छलफलपछि विभिन्न संघ संस्था सबै चर्चका पास्टरहरुको उपस्थितिमा अर्को वृहत भेलाको आयोजना गरी रणनीति कार्ययोजना बनाई सुरक्षाको निम्ति पहल गर्ने कुराको निर्णय भएको पास्टर प्रकाशराज बगालेले बताउनुभयो। रत्नव राईको प्रार्थनापछि कार्यक्रम बिसर्जन भएको थियो।

edited by Rita, 2009-06-10, 15:18:23

Republished in new layout on 7/15/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In