बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी आयार्य विगत दुइ वर्षदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने छ र साँढे १२ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ।
शैलजा आचार्यको निधन
काठमाडौं,
जेठ २९- शुक्रबार विहान ४ बजेर २५ मिनेटमा काङ्ग्रेस नेतृ शैलजा आचार्यको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ।
बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी आयार्य विगत दुइ वर्षदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने छ र साँढे १२ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ ।
वि.सं. २०१७ सालमा राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने शैलजा आचार्य वि.सं. २०४८ सालकोआमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भईकरीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्। आचार्य कृषि मन्त्री रहँदा सरकारमा भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजीनामा दिएकि थिइन्।
२०५३ सालमा उनी उप प्रधानमन्त्री तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।
वि.सं. २००१ सालमा मोरङ जिल्लाको विराटनगरमा जन्मेकी शैलजाले समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी थिइन्। बी.पी. कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्। राष्ट्रप्रतिको उनको योगदानलाई विर्सन सकिदैन्।
Republished in new layout on 7/15/2013
	    	
		    
















Discussion about this post