NBCBS को पाँचौ राष्ट्रि य सम्मेलन आजदेखि बेथशालोम चर्च पुतलीसडकमा सुरू भएको छ। सम्मेलनमा नेपालको मेचिदेखि महाकालीसम्मका ख्रीष्ट्रि य विद्यार्थी संगति (CBS) हरूको उपस्थिति रहेको छ। आज पहिलो दिन झण्डै २०० भन्दा बढी क्याम्पस अध्ययनरत र Graduate विद्यार्थीहरूको उपस्थितिमा Kathmandu Valley CBS को आराधना अगुवाई र Theme Song बाट सम्मेलन सुरु भयो।
National Conference of NBCBS
29 Sep. Kathmandu- NBCBS को पाँचौ राष्ट्रि य सम्मेलन आजदेखि बेथशालोम चर्च पुतलीसडकमा सुरू भएको छ। सम्मेलनमा नेपालको मेचिदेखि महाकालीसम्मका ख्रीष्ट्रि य विद्यार्थी संगति (CBS) हरूको उपस्थिति रहेको छ। आज पहिलो दिन झण्डै २०० भन्दा बढी क्याम्पस अध्ययनरत र Graduate विद्यार्थीहरूको उपस्थितिमा Kathmandu Valley CBS को आराधना अगुवाई र Theme Song बाट सम्मेलन सुरु भयो। सम्मेलन सञ्चालक नारायण खडकाको अगुवाईमा Conference Organizing Committee का संयोजक अनुप रानाले रमाइलो वातावरणमा रोचक तरिकाले उपस्थित CBS हरुलाई एक आपसमा परिचय गराउनुभयो। सो सम्मेलनमा NBCBS को कामप्रति सक्रिय सहयोगि र विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति पनि रह्यो। NBCBS का General Secretary रेभ. के.पी. देवकोटाले सम्मेलनमा उपस्थितहरूलाई स्वागत, सम्मेलनको उद्देश्य र महत्वको प्रकाश पार्दै प्रमुख अतिथी वक्ता Mathew Varghese को परिचय गराउनुभयो। NBCBS का Programme Coordinator पि ए थोमसले सम्मेलनको रुपरेखा प्रस्तुत गर्नुभयो। NBCBS का अध्यक्ष रेभ. शामूएल बोम्जनले एनबिसिबिएस को बारेम मनतव्य र नोट प्रस्तुत गर्नुभयो। १३ गतेदेखि १६ गतेसम्म हुने सम्मेलनलाई प्रार्थनाद्वारा परमेश्वरको चरणमा राख्ने् काम बेथशालोम चर्चका पास्टर एम.जे. जोसेफले गर्नुभयो।
Republished in new layout on 7/10/2013
Discussion about this post