पोखरेली ख्रीष्टिय जवान सम्मेलनमा मुख्य विषय “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु” फिलिप्पी ४:१३ रहेको थियो। उक्त विषयमा केन्द्रित भएर सम्मेलनमा वक्ताहरूले सिकाउनुभएको थियो।
पोखरेली ख्रीष्टिय जवान सम्मेलन
पोखरा- कार्तिक १ गतेदेखि ३ गतेसम्म नयाँ गाउँ चर्च पोखरामा पोखरेली ख्रीष्टिय जवान सम्मेलन सम्पन्न भयो। जवान सम्मेलनमा पोखरेली इसाइ समाजमा भएका ३१ वटा चर्चका जवानहरूको सहभागिता रहेको थियो। तिहार बिदाको अवसर पारी पोखरामा भएका चर्चका जवानहरूको संयुक्त भेला अथवा सम्मेलनले आत्मिक जागृति ल्याउने उद्देश्यले राखिएको कुरा पोखरेली ख्रीष्टिय जवान सम्मेलनमा ३३२ जनाको सहभागिता रहेको कुरा रामघाट चर्चका अगुवा र पोखरेली जवानसंगतिका सक्रिय सदस्य श्रीमान प्रकाश भुजेलले जानकारी दिनुभयो।
भुजेलले जानकारी दिए अनुसार सम्मेलनमा प्रमुख अतिथि पा. के.पि. त्रीपाठी र विशेष अतिथि नयाँ गाउँ चर्चकी अगुवा सोनि मुखिया हुनुहुन्थ्यो। सम्मेलनको लागि वक्ता एलिया प्रधान, शेर बहादुर लामा हुनुहुन्थ्यो। हेप्जिवा ब्यान्ड पनि थियो। जवान सम्मेलनको विषय “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु” फिलिप्पी ४:१३ रहेको थियो। उक्त विषयमा केन्द्रित भएर सम्मेलनमा वक्ताहरूले सिकाउनुभएको थियो।
पोखरेली ख्रीष्टिय जवान सम्मेलनको सम्पूर्ण जिम्मा व्यवस्थापन समिति पोखरेली जवानहरूले नै गरेको जानकारी दिनुभयो। ३३२ जना युवा युवतिको सहभागितामा सम्पन्न भएको सम्मेलनले आशिषमय रहेको कुरा सहभागि जवानहरूबाट सुनिएको थियो।
Republished in new layout on 7/10/2013
Discussion about this post