काठमाडौं – १ नोभेम्बर, बुद्धनगरस्थित आटेन कार्यलयमा ATEN Library को Annual General Body meeting सम्पन्न भयो। मिटिङमा विभिन्न बाइबल स्कूल, कलेजका प्रिन्सीपल, चर्चका पास्टर र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। General Body Meeting मा आटेनका निर्देशक डा.रमेश खत्रीले उपस्थितहरूलाई प्रार्थनामा डोर्याउनुभएको थियो। विहान १० बजेदेखि एक जनाले परिचय दिने अर्को व्यक्तिले प्रार्थना गर्दै मिटिङको प्रारम्भ भएको थियो।
Annual General Body Meeting of Aten

डा.रमेश खत्रीले जेनरल बडी माइन्युट पढेर सुनाए पछि। आटेनका सभापति रेभ. बालकृष्ण शर्मालाई समय दिनुभएको थियो। रेभ. बालकृष्ण शर्माले Progress Report सुनाउनुभएको थियो। कोषाध्यक्ष शसीधर चपाइले आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
ATEN को कार्यसमितिको लागि दुई दुई वर्षमा नयाँ समिति चयन गर्दै आएको कुरा सुनाएर रेभ. बालकृष्ण शर्माले आफ्नो दुई वर्षको कार्यकाल सकिएको र सोही समयमा पुरानो समिति विघटन भएको घोषणा गर्नुभएको थियो।
नयाँ समिति गठनको लागि निर्वाचन आयुक्त रामकुमार बुढाथोकीले General Body Meeting द्वारा छनौट भएका पदाधिकारीको नामावली white board मा लेखी सबैलाई घोषणा गर्नुभएको थियो।
General Body Meeting द्वारा नयाँ समितिमा निम्न व्यक्तिहरुलाई मनोनीत गरेको छ। अध्यक्ष रेभ.बालकृष्ण शर्मा, उपाध्यक्ष बि.पि. खनाल, कोषाध्यक्ष, शसीधर चपाइ, सह कोषाध्यक्ष राम कुमार बुढाथोकि, सदस्यः पा. रत्न चापागाइ, श्रीमती एस्तर श्रेष्ठ, क्यारोर स्टिभन र UMN बाट प्रतिनिधि डेविट मकोङ्गी मनोनयन हुनुभएको छ।
उक्त नव गठित समितिको लागि श्रीमती डोमा राईले प्रार्थनामा अगुवाई गर्नुभएको थियो।
General Body Meeting मा ATEN ले BD Course राख्ने कि नराख्ने विषयमा निकै छलफल भएको थियो छलफलबाट ठोस निर्णय नआएपछि राख्नेम BD राख्नेuमा Yes र नराख्नेमा No लेखेर भोटिङ भएको थियो। भोटिङद्वारा Yes मा २८ मत र No मा ५ मत परेको थियो।
उक्त कार्यपछि गोपालजी अधिकारीको प्रार्थना अगुवाईमा Meeting बिसर्जन भएको थियो।
Republished in new layout on 7/10/2013
Discussion about this post