सम्मेलन व्यवस्थापन समितिका अध्यक्ष अनुप रानाले सम्मेलनमा स्वयंसेवकहरूबाट धेरै सहायता पुगेकोमा धन्यवाद दिदै कर्तव्यप्रति वफादार भएकोमा स्रहाना पनि गर्नुभएको थियो। सोही समयमा आठवटा समूहमा (आवास, यातायात, कनफ्रेन्स हल, दर्ता, फाइनान्स, मेडिकल, पार्किङ) विभाजन गरी आफ्नो कार्यक्षेत्रको आशिष्, र सुझाव चित्रद्वारा भित्तामा टाँस्ने र एक समूहले अरूहरूलाई बताउने काम भएको थियो।
NBCBS को धन्यवाद कार्यक्रम सम्पन्न
28 Nov. Kathmandu- एनबिसिबिएस्को पाँचौ राष्ट्रि य सम्मेलनमा सहायता पुर्याणएका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन र सँगै भोज खाने कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा लगभग ५० जनाजतिको सहभागिता रहेको थियो। एनबिसिबिएस् बोर्डका अध्यक्ष रेभ शामूएल बोम्जन, आइटीनका निर्देशक टंक सुबेदी र फ्लेम नेपालका पदाधिकारी मुकुन्द शर्माको पनि उपस्थिति रहेको थियो।
सम्मेलन व्यवस्थापन समितिका अध्यक्ष अनुप रानाले सम्मेलनमा स्वयंसेवकहरूबाट धेरै सहायता पुगेकोमा धन्यवाद दिदै कर्तव्यप्रति वफादार भएकोमा स्रहाना पनि गर्नुभएको थियो। सोही समयमा आठवटा समूहमा (आवास, यातायात, कनफ्रेन्स हल, दर्ता, फाइनान्स, मेडिकल, पार्किङ) विभाजन गरी आफ्नो कार्यक्षेत्रको आशिष्, र सुझाव चित्रद्वारा भित्तामा टाँस्ने र एक समूहले अरूहरूलाई बताउने काम भएको थियो।
आवास, यातायात, कनफ्रेन्स हल, दर्ता, फाइनान्स, मेडिकल, पार्किङ यी समूहबाट पाएको आशिष् निम्नानुसार छ।
आवासः सामान कहाँ पाउछ भनि थाहा भयो, टिम वर्क गर्न सकिने भयो, सबैसँग घुलमिल गर्न र संगति गर्न सकियो।
यातायातः जुनसुकै ठाउँमा कार्य गर्दा पनि प्रभुको कार्य गर्न सकिने। प्रभुका जनहरूसँग संगति गर्न नयाँ अनुभव थाहा भयो।
कन्फ्रेन्स हलः चित्रद्वारा स्पष्ट लेखिएको छ जसरी ख्रीष्टले हामीलाई शुद्ध बनाउनुभयो सफा गर्नुभयो त्यसरी नै हामी पनि अरुहरूप्रति सरसफाइ गर्नुपर्छ र आफ्नो लक्ष्यप्रति अघि बढ्नुपर्छ भन्ने कुरा सिक्यौं।
दर्ताः एकअर्कासँग संगति गर्ने मौका र सकरात्मक सम्बन्ध हुन सक्यो।
पार्किङः टिम वर्क राम्रोसँग गर्न सकियो। स्वयंसेवकलाई प्रशंसा पत्रले उत्साहित पार्यो ।
मेडिकल टिमः विरामीहरूलाई प्रार्थना गरी औषधि दिइ निको पार्ने काम आशिषमय लाग्यो।
फाइनान्सः टिमवर्क राम्रो भयो। रुपैंया पैसाको जिम्मेवारीमा विश्वासयोग्यता हुन सकेको।
यसरी विभिन्न समूहले आफूले पाएको आशिषले एकअर्कालाई उत्साह थपेको थियो।
के.पी. देवकोटाले स्वयंसेवकहरूलाई धन्यवाद र कार्यक्रम सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको अन्तमा शामूएल बोम्जनले एनविसिविएस इतिहास बोकेको नेपालका मण्डलीहरूको विद्यार्थीहरूसँग संगति गर्ने संस्था हो। यसलाई अरु संघ संस्थाहरूसँग तुलन गर्न नमिल्ने बृहत विद्यार्थीहरूको संगति हो भन्दै उहाँको प्रार्थनाद्वारा संगति विसर्जन भएको थियो।
Republished in new layout on 7/10/2013
Discussion about this post