Kathmandu – पुस ३ गते प्रज्ञा भवन कमलादीमा नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भयो। रक्तदान कार्यक्रममा संविधान सभा उपाध्यक्ष पुर्णा कुमारी सुबेदीको प्रमुख अतिथ्य रहेको थियो भने विशेष अतिथि र वक्ता डा.राजेन्द्र कुमार रोङ्गोङ हुनुभएको कुरा संविधानमा ख्रीष्टियन सुझाव ललितपुर जिल्ला समितिका सचिव अधिवक्ता मानबहादुर खत्रीले जानकारी दिनुभयो। खत्रीका अनुसार रक्तदान कार्यक्रममा ५०० जना रक्तदानदाताहरूको उपस्थितिको अनुमान गरेतापनि लगभग ३५० जना ख्रीष्टियनहरूले रक्तदान गर्नुभएको जानकारी दिनुभयो।
प्रमुख अतिथि संविधान सभा उपाध्यक्ष पुर्णा कुमारी सुबेदीले मैनबत्ती प्रज्वलन गरी रक्तदान कार्यक्रमको उदघाटन गर्नुभएको थियो। विशेष अतिथि र वक्ता डा. राजेन्द्र कुमार रोङ्गोङले परमेश्वरको वचन धर्मशास्त्रबाट शिक्षा दिनुभएको थियो।
Republished in new layout on 7/10/2013
Discussion about this post