असोज १० गते भएको प्रधानमन्त्री निर्वाचनमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको उम्मेद्वारी पद औपचारिकरुपमा उपाध्यक्ष डा बाबुराम भट्टराईले फिर्ता लिएपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौड्याल आठौपटकपनि बहुमत जुटाउन सकेनन्।
संसद्को नियमावलीअनुसार निर्वाचन प्रक्रियामा गइसकेपछि एक जना मात्र उम्मेदवार बाँकी रहे पनि ऊ निर्विरोध निर्वाचित हुन सक्दैन। उम्मेद्वारीमा एक्लै भए पनि सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्याको बहुमत (३ सय मत) प्राप्त गरे मात्र पौडेल निर्वाचित हुन सक्छन्। सदनमा माओवादी र एमालेको सिट संख्या बहुमतभन्दा बढी (३ सय ४५) रहेकाले जति पटक मतदान भए पनि पौडेल निर्वाचित हुन नसक्ने निश्चित छ। बिहीबार हुने नवौं निर्वाचनमा पनि पौडेलले एक्लै प्रतिस्पर्धा गर्नेछन्।
कांग्रेसका उम्मेदवार पौडेलले माओवादी हतियारको राजनीति छोड्न तयार भए मात्र आफ्नो उम्मेद्वारी फिर्ता हुने बताएका छन्। ‘माओवादी हतियारको राजनीति छाड्न तयार हुन्छ भने म जुनसुकै बेला पनि प्रधानमन्त्री उम्मेदवारी छोड्न तयार भएको बताएका छन्।
Republished in new layout 7/9/2013
Discussion about this post