सन्देश पौडेल, लमजुङ
लमजुङ सदरमुकाम बेसीशहरमा खिष्टिय अगुवापन सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इसाइ समाज लमजुङको आयोजनामा नवशान्ती एजी चर्च बेसीशहरमा कार्यक्रम सम्पन्न भएको हो ।
वल्र्ड भिजन नेपालको सहयोगमा मण्डली पाष्टर तथा अगुवाहरुको लागि एक दिने तालिम आयोजना गरिएको हो । तालिममा मण्डली ब्यबस्थापन, मण्डली बृद्धि लगायतका बिषयमा प्रशिक्षण गरिएको थियो । तालिममा बाइवलिय इश्वरशास्त्र पं्रशिक्षक प्रेम सुब्बाले प्रशिक्षण दिनुभएको थियो
यसैबिच मँगलबार लमजुङ ख्रिष्टिय युथ सोसाइटीको आयोजनामा जिवन उपयोगि सिप सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन नेपालको बिशेष सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
… कार्यक्रममा बिद्यार्थी जिवनका महत्वपुर्ण जिवन उपयोगि सिपहरुको बारेमा प्रशिक्षण गरिएको थियो । तालिममा लक्ष निर्धारण, रोजगरीको तयारी र ख्रिष्टिय बिश्वास सहितको जिवनको बारेमा प्रशिक्षण गरिएको थियो । तालिममा वल्र्ड भिजन नेपालका इन्टन्र्स कार्यक्रम संयोजक रविन तामाङ र प्रशिक्षक प्रेम सुब्बाले प्रशिक्षण दिनुभएको थियो ।
दुइदिन सम्म भएको छुट्टाछुट्टै भएको कार्यक्रममा वल्र्ड भिजन लमजुङका एडिपी म्यानेजर जेम्स प्रधानले सहजिकरण गर्नुभएको थियो भने स्थानिय संयोजन नवशान्ती चर्चले गरेको थियो ।
तालिमा लमजुङ ख्रिष्टय सामूदायिक एकताका अध्यक्ष रोशन राई, सस्थापक अध्यक्ष ठाकूर गुरुङ, सचिव सन्त गुरुङ लगायत बिभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुको उपस्थीती रहेको थियो ।
पहिलो दिन सम्पन्न तालिममा लमजुङ ख्रिष्टिय युथ सोसाइटीका अध्यक्ष सेतु गुरुङ, सस्थापक अध्यक्ष सन्देश पौडेल लगायत बिभिन्न मण्डलीका युवाहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post