उक्त इष्टर महोत्सवमा ललितपुर र काठमाडौंका इसाईहरूले थापाथली, लगनखेल, नख्खु विभिन्न स्थानहरूबाट र्याली निकालेका थिए। ख्रीष्टियानहरुले भजन, गीतहरू गाउदै, पत्रपत्रिका वितरण गर्दै र व्यानरहरुमा येशू संसारका मानिसहरूको पापको लागि मृत्युबाट जिवीत हुनुभएको घोषणा गर्दै हर्षोल्लासका साथ सेन्ट जेभियर्स मैदानमा प्रवेश गरेका थिए।
विगत वर्षमा इष्ट र महोत्सव रत्नपार्क खुल्ला मैदानमा हुने गर्दथ्यो। यस वर्ष लोकतन्त्र दिवस पनि यही दिन भएकोले इसाईहरूले जावलाखेलमा गर्नुपरेको थियो।
र्इष्टर सण्डे महोत्सव २०६८ मा नेपाल इसाई मण्डली ज्ञानेश्वरका पास्टर शामूएल कार्थक र उहाँको समूहले आराधना सेवा, गीतहरु र कोरियो ग्राफी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालक वेथशालोम चर्च पुतली सडकका पास्टर देवकुमार क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा शुरुको प्रार्थना रेभ फिलेमोन क्षेत्रीले गर्नुभइ कार्यक्रमलाई अगाडि बढाइएको थियो। सोही अवसरमा डा.सिमोन पाण्डे, सुन्दर थापा, लोकमणी ढकाल, प्रकाश सुब्बा र इशुजंग कार्की लगाएतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमका मुख्य अतिथि र वक्ता नेपाल इसाई मण्डलीका पास्टर रोवर्ट कार्थक हुनुहुन्थ्यो। पाष्टर रोबर्ट कार्थकले वचनबाट बोल्ने क्रममा येशूमा विश्वास र ग्रहण गरेमात्रै अनन्त जीवन, पापबाट प्रायश्चित हुने र मुक्ति पाउन सकिने सन्देश दिनुभएको थियो।
अहिले नेपालको नयाँ संविधान बन्ने क्रममा छ। नयाँ संविधान बनोस् भनेर र ६०१ सभाषद्हरु, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री मण्डलको निम्ति इष्टर महोत्सवमा प्रार्थना भएको थियो। हरेक साल इष्टर महोत्सव सफल बनाउन एक आयोजक समितिको गठन हुने गर्दछ।
उक्त प्रार्थनापछि डा.इशुजंग कार्कीको प्रार्थनाबाट कार्यक्रम विसर्जन भएको थियो।
Republished in new layout 7/4/2013
Discussion about this post