काठमाडौं- बैशाख २६, बेथशालोम चर्च पुतलीसडकमा मर्सी नेपाल डट कम (वेव पत्रिका)को उद्घाडटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा लगभग ३५ जनाको सहभागीता रहेको थियो। कार्यक्रम भरत गिरीले सञ्चालन गर्नुभएको थियो।
पास्टर उद्धव गौतमको प्रार्थनाबाट कार्यक्रम शुरु भएको थियो। कार्यक्रममा अतिथि डा.सुन्दर थापा हुनुहुन्थ्यो भने मुख्य अतिथि रेशमराज पौडेलले वत्ती बालेर कार्यक्रमको उद्घातटन गर्नुभएको थियो। साथै वचनबाट प्रेरित १३:४७, ४८ बाट मिसनको कामबाट नै सञ्चारको काम सुरु भएको कुरालाई जोड दिंदै मुक्तीको निम्ति र ज्योतिको निम्ति सञ्चारको आवश्यकता भएको दर्शाउनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा पास्टर उत्तम परियार, डा. इशुजङ्ग कार्की, बाबुराम हिङमाङले वेव पत्रिकोको महत्वमाथी प्रकाश पार्दै बोल्नुभएको थियो। वेव पत्रिका www.mercynepal.com का संयोजक माधव निर्दोषले वर्तमान अवस्थामा मेडिया एक मुख्य भाग भएकोबेला राष्ट्रि य दैनिक पत्रपत्रिका, साप्ताहिक, एफएम, टेलिभिज जस्ता सञ्चारका माध्यममा इसाई गतिविधिका कुनै समाचार नआउनुमा इसाईहरू मेडियामा चासो नराखेकोले हो भन्नुभएको थियो। अब मेडिया इन्टरनेशनलले टेलिभिजन, एफएम रेडियो र पत्रकारितामा नेपालभरी इसाईहरूलाई प्रशिक्षण दिई सञ्चार माध्यममा ससक्त पार्ने पनि बताउनुभएको थियो।
अन्तरक्रिया कार्यक्रम भनेतापनि समयको व्यवस्थापन राम्रोसँग नभएकोले हुनसकेको थिएन। एकजनाले बोल्ने मौका पाउनुभएको थियो। गुड न्यूज एफएमका प्रोग्राम कोअर्डीनेटर कुमार बिष्टले सञ्चारमाध्यमको महत्वलाई प्रकास पार्दै टिप्पणी गर्नुभएको थियो।
डा.सुन्दर थापाले मनतव्य दिँदै आउनुभएका सहभागीहरूलाई धन्यवाद दिनुभएको थियो। उहाँकै प्रार्थनाद्वारा कार्यक्रम अन्त्य भएको थियो।
Republished in new layout 7/4/2013
Discussion about this post