जुलाई -४, ख्रीष्टिएय कला संघ नेपालले आयोजना गरेको स्व.पादरी गंगाप्रसाद प्रधानको १६० औ जन्म जयन्ती पाटन क्वाइनोनिया चर्चमा जुलाई ४, २०११ मा सम्पन्न भयो। पादरी गंगाप्रसाद प्रधानको जन्म जयन्तीमा डा. राजेन्द्र रोङ्गोङको प्रमुख अतिथ्य रहेको थियो। औपचारिक रुपमा कार्यक्रमको सुरुमा पास्टर शमूएल सोदेम्बाले कार्यक्रमको लागि प्रार्थना गर्नुभएको थियो। कार्यक्रमका संयोजक पास्टर लाजरस थुलुङले कार्यक्रमको बारेमा जानकारी दिंदै सम्मानीत व्यक्तित्वहरू डा. एडोन रोङ्गोङ, मिस आइलीन लज, विभिन्न चर्चका पास्टरहरु, चर्चका सदस्यहरू, संघसंस्थाका पदाधिकारीहरू, साहित्यकार र पत्रकारहरूलाई स्वागत गर्नुभएको थियो।
बाइबललाई नेपाली भाषामा अनुवाद गरी ख्रीष्टिययन जगतका अग्रणी साहित्य लेखनमा सेवा पुर्या एका स्वर्गीय गंगाप्रसाद पादरीको जन्म जयन्तीको अवसरमा नेपालमा लामो समयदेखि साहित्यको क्षेत्रमा र मिसनको काममा सेवा पुर्यारउनुभएका दुइजना व्यक्तित्वहरू डा. एडोन रोङ्गोङ र मिस आइलीन लजलाई सलोमी तिमोथीले दोसल्ला ओढाउनु भएको थियो। प्रमुख अतिथि डा. राजेन्द्र रोङ्गोङको वाहुलीवाट सम्मान पत्र प्रदान गरिएको थियो।
ख्रीष्टिोय कला संघ नेपालले आयोजना गरेको स्व.पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्तीमा पादरीको स्मरण गराउन र पादरीले दिएको योगदानलाई व्यवहारीक वनाउन लेखन प्रतियोगिताको पनि आयोजना गरेको थियो। लेखन प्रतियोगितामा भाग लिने ९ जना हुनुहुन्थ्यो। ती ९ जना लेखकहरूलाई ख्रीष्टि य कला संघका अध्यक्ष नगेन्द्र प्रधानले प्रमाणपत्र र नगद उपहार प्रदान गर्नुभएको थियो।
लेखन प्रतियोगितामा प्रथम हुनुभएका समय कुमार रम्तेल, द्वीतिय स्थानमा विजय हुने दुइजना रोशन प्रजापती र रेशम कुमार सुनुवार र तृतीय हुने सहारा महर्जन ए र सान्तवना हुनेमा विनिता महर्जन र साहारा महर्जन बी लाई प्रशंसा पत्र र नगद ख्रीष्टिहय कला संघ नेपालका अध्यक्ष नगेन्द्र प्रधानले प्रदान गर्नुभएको थियो।
उत्कृष्टप लेख लेखेर प्रथम हुनुभएका समय कुमार रम्तेलले कार्यक्रममा पादरी गंगाप्रसाद प्रधानको बारेमा बर्णन गरिएको उत्कृष्टन लेख वाचन पनि गर्नुभएको थियो। विकास दत्त दुलालले पादरी गंगाप्रसाद प्रधानको फिल्मको सारांश बताउनुभएको थियो। फिल्म अझै निर्माण हुनेक्रममै भएको जानकारि दिनुभएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मिस आइलीन लज र डा.एडोन रोङ्गोङले पादरीको जीवनीको बारेमा टिप्पणी गर्नुभएकव थियो। डा. एडोन रोङ्गोङले पादरी प्रधानको टिप्पणी गर्दै दार्जिलीङमा पादरी गंगाप्रसाद प्रधान प्रतिस्ठान सुरु भैसकेको जानकारी दिनुएको थियो। कार्यक्रमका प्रमुख अतिथि डा.राजेन्द्र रोङ्गोङले पादरीको योगदानलाई स्मरण गराउँदै पादरीको मुख्य लक्ष्य येशू ख्रीष्टलाई चिनाउनु रहेको थियो भन्दै उहाँको पारिवारीक पृष्ठभूमीको बारेमा बताउनुभएको थियो। कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको बारेमा मिसन क्षेत्रको बारेमा थप जानकारी गराउनुभएको थियो।
कार्यक्रमलाई उदघोषण र गीतद्वारा सुसज्जित बनाउनेहरूमा कमल अधिकारी, सिलवानास भण्डारी, विश्व कर्माचार्य, शेर ए.सी., सुभेक्क्षा कोइराला, सुनिल भर्गीज हुनुहुन्थ्यो र एस एम डब्ल्यू समूह हुनुहुन्थ्यो।
कार्कक्रमको अन्तमा नगेन्द्र प्रधानले सारांशमा प्रार्थना गर्नुभएको थियो। पास्टर डा.मंगलमान महर्जनको आशिष्को प्रार्थनाद्वारा कार्यक्रमको अन्त्य भएको थियो।
६ जुलाई २०११
Republished in new layout 7/4/2013
Discussion about this post