• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, July 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आइटीन भ्याली दीक्षान्त समारोह

by Sarju Rijal
June 26, 2013
in News & Events

काठमाडौं– पास्टर, चर्चका अगुवा, गृहीणी, शिक्षक, स्कूल, कलेजका विद्यार्थीहरू, ज्याला मजदूरी गर्नेहरू  र विभिन्न व्यवसायमा व्यस्त व्यक्तिहरू काठमाडौं उपत्यकाका विभिन्न चर्चहरूमा आइटीन पाठ्यक्रमहरू अध्ययन गर्दै आउनुभएको छ। आइटीनका पाठ्यक्रम गर्ने विद्यार्थीहरूको लागि एक भव्य भ्याली दीक्षान्त समारोह असार ३१ गते आइतबारका दिन पाटन क्वाइनोनिया चर्च, ललितपुरमा सम्पन्न भयो।

forभ्याली दीक्षान्त समारोहमा सन २००८ देखि २०१२ सम्म भरपूर जीवन, भरपूर ज्योति, ख्रीष्टको जीवनी–१ सम्म अध्ययन पूरा गरीसकेका २७४ जनालाई वृहतरुपमा पास्टर, अगुवा, संघसंस्थाका पदाधिकारीहरूको ठुलो मासमा सम्मानकासाथ प्रमाणपत्र वितरण भयो।

पिटर विसेटको प्रार्थानाबाट दिक्षान्त समारोह सुरु भएको थियो। आइटीन बोर्डका पदाधिकारी तथा सदस्यहरूले र जिल्ला विकास समितिबाट प्रतिनिधी सामाजिक परिचालन अधिकृत विश्वेश्वर कोइरालाले भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी १ पुरा गरेका विद्यार्थीहरूलाई एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीजको प्रमाण पत्र र उपहारस्वरुप बाइबलसँग भेट पुस्तिका वितरण गर्नुभएको थियो।

ख्रीष्टको जीवनी २ देखि ख्रीष्टको जीवनी ६ सम्म अध्ययन पुरा गरी सक्नुभएका दुई जनालाई बेसिक डिप्लोमा इन पास्टर थियोलोजीको प्रमाणपत्र र उपहार शब्दकोष र गोल्डेन बाइबल एजीएनका अध्यक्ष रेभ शामूएल बोम्जनको हातबाट वितरण भएको थियो। आफूले अध्ययन गर्दै र समूहमा पनि अध्ययन गराउँदै गर्नुभएका २७ जना शिक्षकहरूलाई समारोहमा प्रशंसा पत्र र उपहारस्वरुप बाइबल शब्दकोश आइटीन बोर्डका सदस्य रेभ डा सिमोन पाण्डे ज्यूको हातबाट वितरण भएको थियो।

कार्यक्रममा आमन्त्रीत पाहुनाहरूलाई स्वागत आइटीन निर्देशक टंक सुबेदीले गर्नुभएको थियो। आइटीन पाठ्यक्रमको बारेमा र प्रमाणपत्रको बारेमा पनि निर्देशक सुबेदीलेनै बताउनुभएको थियो।

समारोहमा दीक्षान्त हुने विद्यार्थीहरू आ आफ्नो मण्डली, समाज र कार्यक्षेत्रमा निकै व्यवहारिक भएको कुरा उहाँहरूको गवाही र मण्डलीका पास्टरहरूको भनाइबाट स्पष्ट हुन्छ। समारोहमा चारजना दीक्षितहरू रामहरी खड्का, सुदर्सन राना मगर, श्रीमती शान्ती राना र श्रीमती सुमित्रा वाइबाले अध्ययनबाट परिवर्तन र व्यवहारिक भएको गवाही दिनुभएको थियो।

दीक्षितहरूको लागि आशिषको प्रार्थना बेथशालोम फेथ स्कूल अफ मिनिष्ट्रीका प्रिन्सीपल जोन पुनालुरले गर्नुभएको थियो। समारोहमा राजेश राईको गीतले सबैलाई निकै हौस्याएको थियो। डा राजेन्द्र कुमार रोङ्गोङको प्रवचन थियो। भ्याली दीक्षान्त समारोहका संयोजक राजगोपाल रानाले धन्यवाद ज्ञापनपछि एजीएनका अध्यक्ष रेभ शामूएल बोम्जनको प्रार्थनाबाट समारोह विसर्जन भएको थियो।

(कार्यक्रममा उदघोषणको काम DAI का कार्यकर्ता नारायण खडकाले गर्नुभएको थियो। दीक्षान्त समारोहलाई सफल बनाउन भ्याली आइटीन शिक्षकहरूको आयोजक समितिको ठूलो भूमिका रहेको थियो। थानकोट क्वाइनोनिया मण्डलीका पास्टर  राजगोपाल रानाको संयोजकत्वमा सम्पन्न भएको थियो। समारोहमा थानकोट क्वाइनोनिया चर्चका भाइबहिनीहरूले आराधनामा अगुवाइ गर्नुभएको थियो।)

शुभकामना मन्तव्यः

ललितपुर जिल्ला विकास समितिबा प्रतिनिधी, सामाजिक परिचलन अधिकृत, विश्वेश्वर कोइराला समारोहमा दिनुभएको शुभकामना मन्तव्य यसप्रकार छ। आइटीनले जुन एउटा थियोलोजीकल शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तनका लागि, विकास भनेको सकारात्मक परिवर्तन हो भन्ने हामी सबैको बुझाइ छ।त्यसैका लागि, विकासमा टेवा पुर्याेउनको लागि, विकास भनेको टेवा पुर्‍याएर आफूमात्रै होइन क्षमता विकासको कुराहरू आउछ र सोचाइ परिवर्तनका कुराहरू विकाससँग सम्बन्धित भएर आउँछ।
त्यसैले गर्दा विकासको एउटा आयममा आइटीनले गरेको क्रियाकलापहरु प्रशंसनिय रहेका छन्। आज मात्र होइन यसभन्दा अगाढी देखिनै हामी नियाली रहेका छौ। जिल्ला विकास समितिमा दर्ता भएकोले जिल्ला विकास समितिले अनुगमन गर्नु पर्ने, संघ संस्थाले के गरिरहेका छन्, भनि नियाल्नु पर्ने भएको अवस्थाले गर्दा र म शाखाको प्रमुखको हैसियतले हेर्दा आइटीनले गरेको क्रियाकलापहरुमा सहभागि भैरहदा र यहाँहरुले गरिरहेका क्रियाकलापप्रति नजिकबाट विश्लेनसन गर्न सक्ने अवस्था पुर्या उनुभएको छ। त्यो अवस्था पुर्‍याउनुभएकोमा म आइटीन परिवारप्रति जिल्ला विकास समितिको तर्फबाट हार्दिक आभार र हार्दिक धन्यवाद दिन चाहन्छु।
हामी सकारात्मक परिवर्तनको लागि सोंचको हिसाबले, एउटा सैद्धान्तिक हिसाबले आज थियोलोजिकल शिक्षाको हिसाबले हामी कसरी परिवर्तित हुँदैछौ र हामी आफु मात्र परिवर्तित होइन  भोलि संवाहकको भूमिका हामी कसरी निर्वाह गर्छौ भन्नेा कुरामा पनि भरपर्छ।आज दीक्षित पनि भैसकेपछि समूदायप्रति र राज्यप्रति गर्नुपर्ने दायित्व के हो भन्नेक कुरा सबैले बुझिसक्नुभएको छ।त्यो शिक्षा यहा प्राप्तप गरिसक्नुभएको छ। प्रभुको आशिर्वादबाट हामी सबै एकै ठाउँमा बसेर जुन शिक्षा दिने र हामीले सहकार्य गर्ने अवसर पाएका छौ त्यसको लागि परमेश्वरलाई धन्यवाद दिंदै
यति धेरै सहभागीहरु एउटै मार्ग निर्देशनबाट अगाडि बढिरहेका छौ र भोलीको सकरात्मक परिवर्तनतर्फ संवाहकको रुपमा स्थापित हुन पाएका छौं। त्यसकारणले हामी सबैको तर्फबाट आइटीन परिवारलाई र आइटीनले गरेको कार्यहरूलाई र प्रशंसा गर्नुपर्छ हार्दिक धन्यवाद दिनुपर्छ। जो यहाहरू दीक्षित हुनुभएको छ। विभिन्नु क्षेत्रमा विभिन्नब समय अवधि पार गरेर दीक्षान्त हुनजादै हुनुहुन्छ त्यसको लागि यहाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु।
दीक्षान्त समारोहमा दीक्षित हुन पाउँदा यहाँहरूलाई जति गर्व लागेको छ।यो कार्यक्रमा उपस्थित भएर यहाँहरूसँग  खुसी साट्ने र दुइचार शब्द राख्नेद अवसर पाउँदा तपाईहरूभन्दा बढि अझै म खुसी भएको छु। दिक्षित हुनु भनेको पदले सम्मानित हुनु जतिकै जिम्मेवारी बोझ पनि त्यतिकै  थपिएको हुन्छ । यहाहरुले त्यसलाई विचार गर्नुहुनेछ र भोलिका दिनहरूमा सहि तरिकाले कार्यन्वयन गर्नुहुनेछ भन्ने  विश्वास गर्दै पुन यहाहरुलाई हार्दिक धन्यवाद दिंदै जिल्ला विकास समितिको तर्फबाट गर्नुपर्ने आइटीनले गरेका काममा आवश्यको सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्दछु।

समारोहमा दिनुभएको दुइजनाको गवाहीको पूरा अंश यहाँ प्रस्तुत गरिएको छ।

मेरो नाम प्रिश्किला (सुमित्रा) वाइबा हो, मेरो चर्च लगनखेल चर्च अफ गड हो। म दिदीबहिनी र नानीहरु बीच सेवाकाइ गर्छु। आइटीन बाइबल अध्ययनबाट पाएको व्यक्तिगत आशिष्

आइटीन अध्ययन गर्नुभन्दा अगाडी मेरो व्यक्तिगत र सामुहिक बाइबल अध्ययन अस्थायी रुपमा हुन्थ्यो। कुनै पुस्तकबाट अध्ययन गर्ने र गराउने गर्थे त्यो पुस्तकको अध्ययन दुइ तीन महिना भित्र सकिन्थ्यो, र त्यसपछि कहाँबाट अध्ययन गर्ने वा गराउने समस्या हुन्थ्यो। तर आइटीनको पुस्तकले महत्वपूर्ण विषय लिएर लक्ष्य राखी निरन्तर रुपमा अध्ययन गर्न र गराउन ठूलो सहयोग पुगेको छ।

अर्को महत्वपूर्ण कुरा चाहिँ अरु पुस्तक अध्ययन गराउँदा म एउटा शिक्षकको रुपमा भएर गराउँथे भने आइटीनमा चाहिँ म पनि विद्यार्थी भएर अरुहरुसँगसँगै अध्ययन गर्ने मौका पाउको छु। यो चाहि मेरो निम्ति महत्वपूर्ण कुरा हो, आइटीनको अध्ययनबाट मलाई विभिन्न संगतिमा प्रवचन दिन पनि ठूलो सहयोग भएको छ , साथै मैले  प्रभुको कामको निम्ति दिनुपर्ने आर्थिक र भौतिक कुरा पनि सिकेको छु।आइटीनद्धारा व्यक्तिगत बाइबल अध्ययन पनि शुरु भयो। पढ्न लेख्ना नसक्नेहरुले पनि पढ्न लेख्नइ पनि सिके, जस्तैः पश्चताप भनेको के हो? प्रभुलाई ग्रहण गर्नु भनेको के हो? बप्तिसमा, प्रभुभोजको महत्व केहि पनि बुझेकै थिएनौ तर जब उनीहरुले आइटीन अध्ययन गर्न थाले यी सबै कुराको महत्व बुझेर अहिले उनीहरु अरुहरुलाई पनि आइटीन अध्ययन गर्ने सल्लाह दिन्छन्। जसको कारण आज हाम्रो चर्चमा पूर्व र मध्यमाञ्चल गरेर लगभग २०० जनाले आइटीन अध्ययन गरिरहेकाछन्। आइटीन अध्ययनले चाहिँ हाम्रो चर्चमा आत्मिक, आर्थिक र भौतिक (शारिरीक श्रम) सबै क्षेत्रमा ठूलो आशिष् मिलेको छ।

स्थानिय रुपमा आशिष्: आइटीन अध्ययन गर्न अगाढी धेरै विश्वासीहरु भुटाशिक्षाबाट पिडित थिए। तर आइटीन अध्ययनपछि उनीहरुले भुटाशिक्षाबाट छुट्करा पाए। त्यसरीनै मण्डलीमा दशमांश नदिने धेरै व्यक्तिहरु थिए। दशमांश किन दिने पास्टरले खान्छ भन्ने व्यक्तिहरुले आइटीन अध्ययन पछि सबैले दशांश भेटी दिन शुरु गरेकाछन्। प्रभुको काम खालि पास्टरलेनै गर्नुपर्छ किनभने पास्टरले तलब पाउँछ यसैले यो काम पास्टरले नै गर्नुपर्छ भन्ने धारणा थियो। तर आइटीनको अध्ययनपछि मैले गलत सोचेको रहेछु भन्ने बुझ्नुभयो र अहिले उहाँहरुले स्वयंम् सेवकको रुपमा सबैले नै मण्डलीको सेवामा सहयोग गर्नुहुन्छ।

आइटीन गर्नु अगाडी सेवकको खाँचो  थियो  जुनै संगतिमा पनी म र मेरो श्रीमान जानु पर्दथ्यो तर अहिले आइटीन अध्ययन पछि प्रभुको काम गर्ने स्वंयसेवकरु १६ जना निस्किसकेकाछन्, उहाँहरु घरेलु संगति, इलाका संगति, दिदीबहिनी संगति, जवान संगति बाल संगतिको अगुवा भएर सेवा गरिरहनु भएको छ। यसबाहेक ख्रीष्टियान आधाभूत शिक्षादेखि पनि कति विश्वासीहरु हाम्रो मण्डलीमा बञ्चित थिए। अहिले सबैजनाले ख्रीष्टियन आधारभूत शिक्षा पाएर विश्वासमा अघि बढिरहेका छन्।

अन्तमा    जसले यो पुस्तकलाई लेख्नुभयो र हाम्रो लागि उपलब्ध गराउनुभयो, जस्बाट हामी आइटीन अध्ययनबाट धेरै आशिष्हरु पाएकाछौं यसकारण हाम्रो मण्डलीबाट यहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं । धन्यवाद ।

सुमित्रा वाइबा, लगनखेल चर्च अफ गड ।

परमेश्वरले यो देशमा ४८/५० सालदेखि प्रजातन्त्र पछि परमेश्वरका जनहरु बढ्दै आएको हामी थाहा पाउछौं। त्यसै गरी परमेश्वरका जनहरुलाई आत्मिक रुपमा तयार गर्दै अगाढि बढाउनको लागि हाम्रो देशमा थुप्रै संघसंस्थाहरूले, थियोलोजिकल‍ कुराहरूलाई विस्तार गर्दै आइरहेका छन्।

   आत्मिकरुपमा बलियो गराउँन र बाइबलका कुराहरु मसिनोगरि बुझनका लागि, बाइबलबाट कसरी प्रचार गर्ने , अगुवापन विकासमा अघि बढ्नका लागि, आइटीनका पाठहरु एकदमै महत्वपूर्ण छन् जसमा म आफै पनि सहभागि छु। दिन दिनको जीवनमा कसरी परमेश्वरको वचनमा जिउँन सकिन्छ भन्ने कुरा आइटीनले बुझ्न एकदमै सिकाएको छ । म जहाँजहाँ जान्छु, त्यहाँ त्यहाँ जवानहरु, वृद्धवृद्धाहरु घरघरमा बसेर आइटीनका पाठहरु अध्ययन गरिरहेको भेट्टाउँदा म आफै पनि एकदमै आशिषित भएको छु । परमेश्वरलाई धन्यवादी दिंदै अझ आगामी दिनहरुमा परमेश्वरका जनहरुलाई अगाडि बढाउन आइटीनले अझ प्रभावकारी भूमिका खेल्न सकोस भन्दै यहाँहरु सबैलाई हार्दिक शुभकाना दिंदै विदा हुन चाहन्छु ।

राम हरि खड्का, निर्देशक, बाइबल लिग

 Republished in new layout 6/26/2013

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In