भक्तपुर- ग्रेट कमिसन इन्सिट्यूट फर हिमालयसको पाँचौ दीक्षान्त समारोह १२ नोभेम्बर २०१२ मा लोकन्थलीमा सम्पन्न भयो। ६ जना विद्यार्थीहरूले ८ महिनाको अवधिमा बाइबल सम्बन्धि विभिन्न संघसंस्थाबाट तालिम तथा शिक्षा प्राप्ते गरेका थिए। आइटीनबाट पनि ३ दिनको शिक्षक तालिम र ८ महिनाको अवधिमा भरपूर जीवन र भरपूर ज्योति पूरा गरेका थिए।
दीक्षान्त समारोहमा विभिन्न संघसंस्थाहरूबाट प्राप्त प्रमाणपत्रहरू अतिथि श्रीमती बन्दना राईको हातबाट ६जना विद्यार्थीहरूलाई वितरण भएको थियो। आइटीनबाट शिक्षक तालिमको र पाठ्यक्रम पुरा गरेको प्रमाणपत्रहरू अतिथीको हातबाट वितरण भएको थियो।
दीक्षान्त समारोहमा आइटीनका कार्यकर्ता सर्जु रिजालले धर्मशास्त्र बाइबलबाट प्रवचन दिनुभएको थियो। सोही अवसरमा आइटीनको उद्देश्य र कामकोबारेमा छोटो जानकारी पनि गराउनुभएको थियो।
सम्पूर्ण उपस्थित पाहुना तथा पास्टर र विभिन्न संघसंस्थाका पदाधिकारीहरूले दीक्षीतहरूको निम्ति प्रार्थना गर्नुभएको थियो। कार्यक्रम मानबहादुर खड्काको प्रार्थानाद्वारा सुरु भएको थियो भने पास्टर विनोद शर्माको प्रार्थनाबाट कार्यक्रमको अन्त भएको थियो। ग्रेट कमिसन इन्सिट्यूट फर हिमालयसका निर्देशक तथा पास्टर तिमोथी राईले संस्थाको प्रगति विवरण र उद्देश्य सुनानुभएको थियो। उपस्थित पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। दीक्षान्त समारोह कार्यक्रम सञ्चालक जगत प्रजापति हुनुहुन्थ्यो।
Republished in new layout 6/26/2013
Discussion about this post