• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 8, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

by NC News Desk
May 18, 2025
in News & Events

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ पास्टर हनोक तामाङले नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्तामा केन्द्रीत रहेको बताउनुभएको छ ।

नेपाल एबेनेजर थियोलोजिकल सेमिनारीको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पास्टर तामाङले युवा राष्ट्रको युगान्तकारी परिवर्तनको मुलाधार भएकोले नेपाली ख्रीष्टियन समुदाय र चर्च तथा समाजको रुपान्तरण गर्दै ख्रीष्टको पूर्णतामा द्रुत गतिमा बृद्धि भईरहेको नेपाली मण्डलीलाई ईश्वरशास्त्रीय शिक्षामा परिपक्कता ल्याउन परमेश्वरको राज्य विस्तारमा उदयमान युवा पुस्ताको खाँचो रहेको बताउनुभएको हो ।

नेपाली ख्रीष्टियन समुदायमा अहिले झुठा शिक्षाले प्रवेश पाएको छ, तसर्थ नेपाली चर्चलाई परमेश्वरको वचनमा जरा हालेर सहि शिक्षामा हुकार्उन, बढाउन पनि नेपाली चर्चलाई ईश्वरशास्त्रीय शिक्षा प्राप्त गरेका युवा जनशक्तिको खाँचो रहेको उहाँले जोड दिनुभयो ।

दिक्षान्त समारोहमा व्याचलर अफ थियोलोजी (विटिएच २०२२) को जनवरी व्याच र जुनको व्याच साथै मास्टर अफ डिभिनिटी २०२२ को सेमिनारीबाट ३० जना दिक्षित भएका छन् ।

नेपालमा द्रुतगतिले बृद्धि भईरहेका मण्डलीहरुका निम्ति खडा भएको ईश्वरशास्त्रीय तालिमप्राप्त सेवकको खाँचोलाई मध्यनजर गरी नेपाल राष्ट्रिय मण्डली संगतिको एक सेवाको रुपमा सन् १९९२ मा सुरु भएको नेपाल एबेनेजर बाइबल कलेज (हालः नेपाल एबेनेजर थियोलोजिकल सेमिनरी, २०२२) स्थापना भएको हो । हालसम्म सेमिनरीबाट ५०० जना दिक्षित भईसकेका छन्।

नेपाल राष्ट्रिय मण्डली संगतिले अभिभावकत्व लिईरहेको यो सेमिनारीले एसिया थियोलोजिकल एसोसिएसनबाट सम्बन्धन लिएको छ । आफ्नो स्थापना कालदेखिनै नेपालका समग्र सुसमाचारमा विश्वास गर्ने मण्डलीहरूका सेवालाई ध्यानमा राखेर व्यावहारिक प्रयोग सहित सन्तुलित बाइबलीय शिक्षा प्रदान गर्दै आएको यो नेपालकै पूरानो बाइबल कलेज हो । यसर्थ हाल नेपालमा विभिन्न बाइबल प्रतिष्ठानहरू सेवारत भएता पनि यसको विशेष दर्शन र मिसनले गर्दा एनइटिएसको सेवा नेपालमा एक विशिष्ठ विशेषता रहेको छ ।

प्रथमतः यसको पहिचान सबै सम्प्रदायहरुलाई समेटी आधारभूत ख्रीष्टियन विश्वासलाई स्वीकार गर्दे सम्पुर्ण सम्प्रदायहरुका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई अटाउनु हो

दोस्रोः यो व्यक्तिगत पहल होइन, तर ख्रीष्टरूपी मण्डली निर्माण गर्न, विशेषगरी यसले सम्पुर्ण नेपाली जातिका निम्ति, परमेश्वरको जनहरू महिला र पुरुष दुवैलाई सुसज्जित गर्दै परमेश्वरद्वारा प्रदान भएको सामूहिक दर्शनलाई पुरा गर्दै आएको छ ।

काठमाण्डौँको गोकर्णेश्वर वडा नं. ६ जोरपाटी, बेसीगाउँमा अवस्थित अत्याधुनिक सेवा तथा सुविधाले सम्पन्न यो सेमिनारीको आफनै भवन हो जहाँ दुरदराजबाट ईश्वरशास्त्र अध्ययन गर्न आउनेहरुको लागि अति उपयुक्त शैक्षिक थलो हो । जहाँ स्वाबलम्बी युवा निर्माणका लागि स्नातक विद्यार्थीहरुको लागि सिटिईभिटीबाट मान्यता प्राप्त इलेक्ट्रिकल प्रथम तहको व्यवसायिक तालिम समेत प्रदान गर्दैै आएको छ ।

सेमिनारीको कार्यक्रम तथा डिग्री (Program)

  1. Dip. Th. / Extension (डिप्लोमा अफ थियोलोजी)
  2. DCPT (डिप्लोमा इन काउनसिलिंग एन पर्सनल ट्रान्फोमेसन)।
  3. B.Th. & BA (ब्याचलर अफ थियोलोजी र स्नातक तह वि.ए।
  4. MAOL (मास्टर अफ आर्टस् इन अर्गनाईजेसनल लिडरसिप)
  5. M.Div. (मास्टर अफ डिभिनीटी)
  6. M.Th. (मास्टर अफ थियोलोजी)

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In