• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, June 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पुनरुत्थान

by Samay Kumar Ramtel
June 19, 2013
in Articles

samayaइसाईहरूको गौरव र महिमा येशूको रित्तो चिहान हो। पुनरुत्थानको सिद्धान्त नयाँ करारको जगको सिद्धान्त हो। नयाँ करारमा पुनरुत्थानलाई १०४ पल्ट प्रयोग गरिएको छ। इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन्। बुद्ध जन्मे अनि मरे तर कहिले पुनर्जीवित भएनन्। त्यसैगरी ब्रहृम मरे, महम्मद मरे, मार्क्स पनि मरिसके।

येशूले विउताउनुभएको लागरस फेरी मर्यो। सबै मरेको मरे भए। तर कोही पनि पुनर्जीवित भएको तथ्यछैनन्। तर येशू पुनरुत्थान भएर ४० दिन सम्म विभिन्न व्यक्ति तथा समुहमा देखा पर्दै अचुक प्रमाण छोडेर सबैले देख्नेगरी स्वर्गारोहण हुनुभयो।  एक पल्ट मरेर फेरी जीवित भएर उठ्नुलाई “पुनरुत्थान” भनिन्छ। येशूसँग मरेकाहरूलाई बिउँताउने शक्ति थियो। उहाँले नाइनकी विधवाको छोरालाई बिउँताउनुभयो। चारदिन अघिबाटै मरिसकेको लाजरसलाई पनि उहाँले मृतकबाट बिउँताउनुभयो। येशू आफैले नै मृत्युमाथि विजय गर्नुभयो र मरेकाबाट बिउँताउनुभयो। यसकारण उहाँमा विश्वास गर्नेहरू पनि मरेपछि फेरि जीवित हुनेछन्। संसारको अन्तमा जब येशू फेरि आउनुहुन्छ, तब विश्वास गर्नेहरू पहिले बिउँताइनेछन्। तर त्यसपछि सबै मानिसहरू, असल र दुष्ट दुवैको पुनरुत्थान हुनेछ। विश्वास गर्नेहरूको पुनरुत्थान र्स्वगमा हुनेछ। विश्वास नगर्नेहरूको पुनरुत्थान नरकमा हुनेछ। हाम्रो शरीर मरेपछि, हाम्रो आत्मा अझै बाँच्छ, तर हामीले तुरुन्तै नयाँ शरीर पाउँदैनौ। संसारको अन्तमा येशू फेरि आउनुभएपछि मात्र हामी नयाँ शरीर पाउँनेछौं। पावलले यसलाई देहको उद्धार भनेकाछन्। ख्रीष्टमा विश्वास गर्नेहरूले आ-आफ्नो नयाँ देह वा शरीर स्वर्गमा पाउनेछन्। तिनीहरूको नयाँ शरीर कहिल्यै मर्नेछैन। त्यो शरीर महिमित हुनेछ। त्यो शरीर ख्रीष्टको पुनरुत्थान भएको शरीरजस्तै हुनेछ। संसारको पूरा इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना ख्रीष्टको पुनरुत्थान हो। आफ्नो पुनरुत्थानद्वारा येशूले उहाँ साँच्ची नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर मानिसहरूलाई प्रमाण देखाउनुहुन्छ। उहाँको पुनरुत्थान भएको कारणले, हामीले पनि अनन्त जीवनको आशा पाएकाछौं। येशूले भन्नुभयो ” म जीवित छु तिमीहरू प्नि जीवित रहनेछौ।”त्यसैगरी यूहन्ना ११:२५” पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।”
हाम्रो कुनै मन परेको मानिस मर्दा हाम्रो हृदयमा यस्तो प्रश्न उठ्दछ मानिस मरे भने, के उनी फेरि जिउन सक्तछ ? अय्युब १४:१४। अय्यूब आफ्नै प्रश्नको उत्तर यसरी दिन्छन्। यदि मेरा छालाहरूलाई कीरालेखाई मेरो शरीर लाश गरे तापनि म मेरो शरीरमा परमप्रभुलाई देख्नेछु। मृत्युभएको शरीरलाई के हुन्छ? लंगडो वा अस्सी बर्षो बूढाले पुनरुत्थानसम्बन्धी यही आशा राख्तछ? के जलाइएको शरीर (दाहसंस्कार गरिएको शरीर) त्यही रूपमा रहन्छ ? के विश्वासी तथा अविश्वासीहरूले नयाँ शरीर पाउँछन् ? के हामी एक-अर्कालाई स्वर्गमा चिन्न सक्छौ ?  हो चिन्दछौ किनकी हामीले उनीहरूलाई पृथ्वीमा चिने जस्तै स्वर्गमा पनि चिन्नेछौं। १ कोरिन्थी १३:१२, हाम्रो नाम स्वर्गमा लेखिएकाछन् किनकि हामी ती नै नामद्वारा चिनिनेछौं। लुका१६:२३ मा उल्लेख भएझै धनी मानिसले लाजरसलाई चिने। चेलाहरूले येशूलाई उहाँको पुनरुत्थानपछि पनि चिने। संसारमा मानिसहरूलाई हामी असिद्ध क्षमताद्वारा चिन्छौ मत्ती १७:४। ख्रीष्टको पुनरुत्थानको बिषयमा १ कोरिन्थी १५ अध्यायमा पावलले कोरिन्थीहरूलाई बताउछन्। जुन बाइबलीय खण्ड पुनरुत्थान बिषयको स्पष्ट र प्रमाणयुक्त रहेको छ। पुरानो करारका यशैया र योना अगमवक्ताले भविश्यवाणी गरे अनुरूप तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। येशू आफैले पनि योना नाउँ भएका अगमवक्ता ठूलो माछाबाट निलिएका थिए र उनी तीन दिनसम्म त्यो माछाको पेटभित्र बसे। मत्ती १२: ३८-४१ ख्रीष्ट आफैलाई योनासँग तुलना गर्नुहुन्छ।
१) पुनरुत्थानको उद्देश्य (Objectives ) विश्वास गर्ने सबैलाई एउटा नयाँ जीवन अनि पुनरुत्थानको शक्ति उपलब्ध गराउनु। ख्रीष्टियन जीवनलाई एउटा वास्तविक बनाउनु। सबै विश्वासीहरूले एउटा आत्मिक पुनरुत्थानको अनुभव गर्न सकुन्। रोमी ६:४, कलस्सी ३:१। ख्रीष्टलाई मुर्दाबाट व्यँताउनु हुँदा परमेश्वरले जुन शक्ति प्रयोग गर्नुभएको थियो त्यही अलौकिक शक्तिलाई सबै विश्वासीहरूले पनि जान्न सक्नेछन्। फिलिप्पी ३:१०, एफिसी १:१९-२०। विश्वास गर्ने सबैलाई भविश्यको पुनरुत्थान अनि आशिषित अनन्त जीवनको निश्चयता दिनु। १ को १५:, १ पत्रुष :३, यूहन्ना ११:२६, १४:१९) पश्चाताप गर्ने, विश्वास गर्ने अनि सुसमाचार पालन गर्ने सबैलाई पुनरुत्थानको जीवन मात्र होइन तर जान्न सकिने, प्यार गर्न सकिने अनि सेवागर्न सकिने बौरी उठ्नु भएको जीउँदो प्रभु दिनु । प्रेरित १:१८, २:३६ रोमी १:४, १०:१२ हामी धर्मी ठहरिएका छौं भन्ने निश्चयता दिनु। रोमी ४:२५ पापको वास्तविकतालाई स्पष्टसित अनि जोडसित घोषणा गर्नु अनि प्रत्येक ठाउँमा भएका प्रत्येक मानिसले पश्चाताप गरी परमेश्वर तर्फफर्केर अनन्तताको लागि तयार गराउनु – लूका १३:३, २४:४६, प्रेरित २:२१ इन्साफको महादिन सबैको निम्ति आउँदैछ अनि जसले ख्रीष्टलाई अनि उहाँको महिमित सुसमाचारलाई अस्वीकार गर्ने सबैको निम्ति न्यायकोदिन आँउदैछ भनी निश्चित गराउनु । हिब्रु १०:२६, २७, प्रेरित १७:३१, प्रकाश २०:१३
२) पुनरुत्थानको शक्ति (Power) विश्वास गर्ने ख्रीष्टकोर् इश्वरत्व अनि र्सवसामर्थ्यको घोषणा गरेको छ । रोमी १:४ पुनरुत्थानले शरीर कुहुने वैज्ञानिक नियम माथि, पृथ्वीको गुरुत्वाकर्षामाथि अनि मृत्युमाथि ख्रीष्टको प्रभुत्व प्रदर्शन गरेको छ। शैतानको काम र शक्तिलाई नाश गर्ने साथै पापलाई शुद्ध गर्ने र हटाउने शक्ति पुनरुत्थान हुनुभएको ख्रीष्टसँग छ भन्ने कुराले संसारका विश्वासीहरूलाई सान्त्वना दिएको छ हिब्रु ९:२६, २:१४, १ यू ३:६, ८ ।
ब्यूँतनु भएको ख्रीष्टले भन्नुभयो स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ। मत्ती २८:१८ । संसारको शक्तिशाली विजयता मृत्यु हो, अझ त्यो भन्दा महाशक्तिशाली पुनरुत्थान हो । किनकि येशू मृत्युमाथि पनि विजय हुनुभयो। आज हामी विजयपर्वक भन्न सक्छौ ? ए मृत्यु तेरो विजय कहाँ? ए मृत्यु तेरो खील कहाँ? १ को १५:५५। पिताको शक्तिबाट प्रेरित २:२३, २४, ३:१५ येशूस्वंयको शक्तिद्वारा यूहन्ना २:१९ र पवित्र आत्माको शक्तिद्वारा १पत्रुस ३:१८ ।
३) पुनरुत्थानको प्रमाणहरू (Proves ) •    रित्तो चिहान । मत्ती २८:६ •    स्वर्गदूतहरूको साक्षी – उहाँ यहाँ हुनुहुन्न । मत्ती २८:६ •    स्त्रीहरू, मरियम मग्दलिनी, पत्रुस र यूहन्नाले चिहानमा येशूको लाश देखेनन् । लूका २४:६, यूहन्ना २०:१-७ रोमी सेनाहरूले चिहानमा पहरा दिएका थिए, चिहानमा छाप लगाएर बन्द गरिएको थियो । तर येशूको पुनरुत्थान पछि सेनाहरूलाई पैसा दिएर येशूको लाश चोरी भयो भनी झुट बोल्न लगाए । मत्ती २७:६३-६६, २८:१२-१५ कुनै चोरले पनि येशूलाई बेर्हेको सुती कपडा त्यति राम्ररी ठीक ढंगसित छोडिराख्ने थिएन । यूहन्ना २०:७ उहाँको चेलाहरूले उहाँलाई चिने अनि छोए । उहाँको हात-खुट्टामा अझ काँटीहरूको दागहरू थिए । यूहन्ना २०:१९, २० •    येशू चेलाहरू कहाँ जीउँदो शरीरमा देखा पर्नुभयो । लूका २४:३६- ३९
•    मेरी कहाँ, एघार चेलाहरू कहाँ र एकजना चेलाकहाँ । यूहन्ना २०:१४-२७
•    इम्माउसको बाटोमा र्दुजना चेलाकहाँ । लूका २४:१३ -३२ •    माछा मारिरहेका चेलाहरू कहाँ । यूहन्ना २१:१२-१४ •    पाँचसय कहाँ एकैपल्ट देखा पर्नुभयो । १ को १५:६ •    दमस्कसको बाटोमा पावलकहाँ देखा पर्नुभयो । प्रेरित ९:३-६ •    उहाँ स्तिफनस शहीद हुने समयमा देखा पर्नुभयो । प्रेरित ७:५५-५६
•    विभिन्न साक्षीहरू प्रेरित २:३२, प्रकाश१:१-१८, •    धेरै अचुक प्रमाणहरूबाट । प्रेरित १:३
४) पुनरुत्थान पछिको बलियो प्रभाव (Influence ) प्रभुको दिन मानिन थिालियो। प्रेरित २०:७, १ को १६:२, प्रकाश १:१० नयाँ नियम लेखियो: पावलले लेखे कारण उनले देखेका र सुनेका थिए। आफ्नो पत्रहरू सबैमा नै पुनरुत्थानलाई केन्द्रविन्दु मानेका छन्। सवभन्दा बढी १ को १५:१२-१९ मा लेखेकाछन् । प्रेरित ९:५-१५, यूहन्नाले लेखे कारण उनले ब्यूँतनु भएको प्रभुलाई देखेका, सुनेका थिए अनि आफ्नो हातले छोएका पनि थिए। १ यू १:१-४। यसरी पुनरुत्थान बिना नयाँ नियल लेखिने थिएन। अनि विश्वभरी ख्रीष्टको मण्डली खडा हुने नै थिएन। अनि उहाँको जीवन कथा उहाँसितै गाडिएको हुने थियो। चेलाहरू बद्ली भए। मत्ती २६:५६, प्रेरित ४:२, ८, १३, ३१ डरपोक अनि तर्सिएका चेलाहरू बदली भएर साहसी अनि नडराउने गवाही भएका थिए । त्यसको कारण येशूको पुनरुत्थान थियो ।
पेन्टिकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो । यूहन्ना १६:७, प्रेरित १:५, ८ । ख्रीष्टले भन्नुभएको थियो कि उहाँ नगएसम्म पवित्र आत्मा आउनु हुने छैन । ब्यूँतनुभएको ख्रीष्टले पवित्र आत्माको प्रतिक्षा गर्नु भन्नु भएको थियो । यसकारण पुनरुत्थान विना पेन्टिकोस्ट अनि शक्तिको र भरिपुरीको काम हुने थिएन ।
ख्रीष्टियन मण्डली स्थापित र बृद्धि हुँदै गए । स्तुत्रि्रशंसा र आराधना, सेवकाइको साथमा भएको विजयी मण्डली, त्रि्र मण्डली र इसाईहरूको बृद्धि । मण्डलीसँगै विभिन्न शताब्दीमा स्थापना भएका मिसन, सुसमाचार र जागृति अभियान अझै जारी छ । ठूलो प्रभाव छ । यसको महान् कारण पुनरुत्थान नै हो ।
५) उहाँको पुनरुत्थान पछिको शरीर Resurrection Jesus’ body यसमा मासु अनि हड्डी थियो । लूका २४:३९ । यो एउटा महिमित शरीर थियो । फिलिप्पी ३:२१ । यो एउटा कहिल्यै नमर्ने शरीर थियो । रोमी ६:९ यो एउटा आत्मिक शरीर थियो । १ कोरिन्थी १५:४४ पर्खालभित्र पस्नसक्ने सामर्थ्यययुक्त । यूहन्ना २०:१९
६) हाम्रो पुनरुत्थान भएको शरीर च्भकगचचभअतष्यल दयमथ पहिलाको त्यही शरीर भने होइन । (१ कोरिन्थी १५:३७) यो परमेश्वरले दिनुभएको शरीर हो । (१ कोरिन्थी १५:३८, १यू ३:२) यो शरीर प्रत्येक आत्मा (व्यक्ति) सुहाउँदो हुनेछ । (१ कोरिन्थी १५:३८-४२) यो अविनाशी शरीर हुनेछ । (१ कोरिन्थी १५:४२) यो शरीर मर्न वा कुहिन सक्दैन । नरकमा जानेहरूलाई पनि त्यहाँको दुःख सहन यस्तै शरीरको आवश्यकता हुन्छ । अहिलेको मानव शरीर त्यहाँ भयो भनेता भस्म हुनेछ । यो महिमामय र शक्तिको शरीर हुनेछ । (१ कोरिन्थी १५:४३, मत्ती १७ ) यो आत्मिक शरीर हुनेछ (१ कोरिन्थी १५:४४, लूका २४:३९, ४२, ४३ )
यो शरस्र अनन्त र अविनाशीपन धारण गर्नेछ । (१ कोरिन्थी १५:५१-५४)
७) येशूको पुनरुत्थानको स्पष्टीकरणहरू तथा गलत सिद्धान्तहरू (Common Explanation of Jesus’ Resurrection) 1.गलत चिहान सिद्धान्तThe wrong Tomb Theory     येशूका चेला तथा स्त्रीहरू अर्को चिहानमा हेर्न गएका थिए । भन्ने सिद्धान्त बनाएता पनि त्यो सिद्धान्त पूर्णरुपमा गलत छ । किनकी येशूलाई राखिएको चिहान यरुशलेमबाट १५ मिनेट मात्र टाढा र सबैले थाह पाउने अरमाथियाका योसेफको चिहान थियो। यदि स्त्रीहरूले दिएको गलत सुचनालाई चेलाहरूले सहमती दिने थिएनन् । यदी अर्को चिहान भएको भए येशूको लाश देखाउन सक्थे। अर्को चिहानमा गएको भए त त्यहाँ बेरिएको कपडा हुनेथिएन।    त्यसैले यो सिद्धान्त गलत छ। मत्ती २८:६, यूहन्ना २०:१-७
2. दृष्टिभ्रम वा डर को सिद्धान्त The Hallucination Theory प्रेरितहरू तथा अन्य स्त्रीहरू येशूको मृत्युले धेरै आत्तिएर डरले गर्दा दृष्टि भ्रम भई आवेगमा बोलेका हुन्। अथवा उनीहरूले येशूको आत्मालाई मात्र देखेका हुन भनी प्रेतको सिद्धान्तको आरोप  समेत छ। त्यसै गरी आतुर थिए, येशू बौरी उठ्नुहुन्छ भनी विचारेका थिए। उनीहरूले सोही कुरा कल्पना पनि गरेका हुन्। तर यो गलत आरोप र सिद्धान्त हो किनकि फरक-फरक समय, व्यक्ति र स्थानमा देखिएको येशू शरीरमा पनि हुनुहुन्थ्यो। त्यसैले उहाँले खानुभयो ,छ’न सकियो र दोहोरो कुराकानी गर्नुभयो। यदि भ्रम नै भएपनि एकदुई जनालाई मात्र हुनसक्छ। तर सबैलाई हुँदैन। त्यसैले पनि यो सिद्धान्तलाई स्वीकार्न सकिन्नँ। लूका २४:३९,४३
3.बेहोस हुने सिद्धान्त The swoon ( Faint) Theory येशू खाली मूर्च्छा मात्र परेको थियो किनभने सिपाहीहरूले मारेका थिएनन् । येशू मर्नुभएकै थिएन भने बौरी उठ्ने कुरै भएन । उहाँ बेहोस मात्र भएको आरोप । अनि चिसो र सुगन्धित द्रव्यले उहाँको होश फर्काइदिए अनि उहाँले फेरि जीवन प्राप्त गर्नुभयो । तर यसको ठीक उल्टो ती सुगन्धित द्रव्य मसलादार अत्तर विषयुक्त थिए, जसले तत्कालै उहाँको मृत्यु हुनेथियो । रोमीका सेनाहरू मृत्युदण्ड दिने कुरामा खप्पिस थिए । क्रूशमा झुण्डाएपछि बाच्ने आशा नै हुँदैन । त्यो चिहानको ढोकाको मोहर कसैलाई छुने अधिकार थिएन । करिब ४० किलो मसला लगाई, खानु न पिउनु त्यो गह्रौ ढुंगा हटाउन सकिने अवस्था पनि थिएन । मर्नु भयो की भएन भनी पक्का गर्न कोखामा भालाले घोचेको छ । उहाँ वास्तवमै मर्नुभई बौरी उठ्नुभएको थियो । बरु कति चेलाहरूले त विश्सास समेत गर्न गाह्रो भएको देखेर येशूले हप्काउनु भयो । लूका २४:२५
4. उहाँको शरीर चोरी भएको सिद्धान्त MThe Stolen Body Theory उहाँको शरीर चोरी भएको सिद्धान्त : येशूको शरीर चेला तथा येशूका अनुयायीहरूले चोरी गरेर पुनरुत्थान भएको भनी प्रचार गर्दै हिडेका हुन् भन्ने  सिद्धान्त संसारमा फैलियो । तर जुन चोरीको आरोप लगाउने सिद्धान्त प्रतिपादन भए त्यो सरासर झुट छ । किनकि रोमी सेनाहरूको बलियो र थुप्रै फौज पहरेदारमा खटिएकाथिए । त्यहाँमाथि पनि चिहानको ढोका ठूलो र सिलबन्दि थियो । सबै चेलाहरूलाई येशू तीन दिनमा बौरी उठ्ने कुरा थाह हुँदाहुदै चोरी राख्नुपर्ने नै थिएन नी। यदि चोरैकै भएपनि आइतबार नै पर्खनुपर्ने पनि थिएन । यदि चोरेकै भएता उहाँलाई बेर्हेको कपडा मिलाएर नै किन राख्थे र – चोर्न आउदा हतियार सहित बसेका सेनाहरूसँग युद्ध भएको हुनुपर्ने, कोही-कोही मरेको वा घाइते भएको हुनुपर्ने। यो सबै भएको छैन। विचरा चेलाहरू प्रार्थना र शोकमा बसीरहेका थिए । मत्ती २८:११-१५
५.पहरेदार रोमी सेनाहरू निदाएको सिद्धान्त The Soldiers Fell Asleep Theory तीन दिनको पहरेदार गर्दा सेनाहरू निदाएका थिए त्यही समयमा येशूका चेलाहरू आएर चोरेर लगे भन्ने सिद्धान्त लागु गरे। तर मत्ती २८:११-१५ सम्म अध्ययन र विश्लेषण गर्दा पनि सेनालाई घुस दिएर बचाउन खोजेको छ। फेरी त्यो निदाउने अवस्थाको घटना थिएन। निदाएपनि सबै एकैचोटी निदाउन सक्दैनन् । रोमी शाशन र कानुन कडा थियो मृत्युदण्ड सजाए हुन्थ्यो। सिपाहीहरूको आत्मरक्षाको लागि बनाइएको षड्यन्त्र मात्र हो। त्यसकारण यो आरोप शतप्रतिशत गलत छ।  मूर्खतापूर्ण सिद्धान्त हो भनी प्रमाणीत भएको छ।
6.काल्पनिक तथा छलकपटको सिद्धान्त The Imagination/Fiction Theory काल्पनिक तथा छलकपटको सिद्धान्त यो सम्पूर्ण कथा एउटा धोखा हो। जानी-जानी रचेको एउटा ढोंग हो भनी मानिसहरूले भने तर इतिहास अनि धर्मशास्त्रले यस्तो हाँसउठ्दो सिद्धान्तलाई सफसँग अस्वीकार गर्छ।
त्यसैगरी यो एउटा काल्पनिक कथा हो जसलाई पूर्वज्कहरुले हामीलाई विश्वास गर्न लगाएका हुन्। भन्ने तर्कसँग हामी सम्झौता गर्दैनौं। यो सिद्धान्त सत्य पनि होइन। बाइबलका जम्मै मौलिक पाण्डुलिपीले यस सिद्धान्तलाई झूटो ठहराउँछ। प्रेरित २:४
८) येशूको पुनरुत्थानको अपार महत्व – Importance of Jesus’ resurrection ) इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन् । ख्रीष्टिय विश्वासको मौलिकता र विशेषता चाहिँ यसको संस्थापक येशूको कन्याद्वारा जन्म र शारीरिक पुनरुत्थान हो। व्यक्तिगत मुक्तिको लागि पुनरुत्थान हुनु भएको ख्रीष्टमाथिको विश्वास अति आवश्यक छ। रोमी १०:९ पुनरुत्थानले येशूख्रीष्र्टर् इश्वर अनि प्रभु हुनुहुन्छ भनी पुष्टि गर्दछ। १को.१५:५७, प्रेरित १६:३१, रोमी १:४ उहाँको सम्पूर्ण उपाधि “प्रभु येशू ख्रीष्ट” उहाँको पुनरुत्थान नभई भएन । बौरी उठ्नु नभएको भए उहाँको नैतिक अनि शास्त्रीय शिक्षाहरू बेकारका हुनेथिए । पुनरुत्थान विना पेन्टिकोस्ट, नयाँ नियम, मण्डली विस्तार हुनेथिएन। प्रेरित १:१-८, हाम्रो पुनरुत्थान हुने कुरामा हामी विश्वस्त हुन सकिदैन थियो। पुनरुत्थानको शक्ति र प्रभावलाई देखेर पिता,पुत्र र पवित्रआत्मा परमेश्वरलाई महिमा दिन सक्यौ। संसारको शक्तिशाली विजयता मृत्यु हो, अझ त्यो भन्दा महाशक्तिशाली पुनरुत्थान हो। किनकि येशू मृत्युमाथि पनि विजय हुनुभयो।
९)  येशूको पुनरुत्थान नभएको भए डरलाग्दा नतिजाहरू सामना गर्नुपर्दथ्यो। पावल गम्भिर भएर लेख्नुहुन्छ। १ कोरिन्थी १५:१२-१९ मा ख्रीष्ट ब्यूँतनु भएको होइन। १ कोरिन्थी १५:१३, १६ प्रेरितहरूको प्रचार र्व्यर्थ हुनेछ। १ कोरिन्थी १५:१४ सबै सन्तहरूको विश्वास र्व्यर्थ हुनेछ। १ कोरिन्थी १५:१४ पुनरुत्थान प्रचार गर्ने प्रेरित तथा प्रचारकहरू झुटा हुनेछन्। पद १५ प्रेरितहरू परमेश्वरका झुटा साक्षी ठहरिनेछन्। पद १५ प्रभु येशूमाथि विश्वास गरेर मरेकाहरू ब्यूँताइने छैनन्। पद १५, १८ विश्वभरीका विश्वासीहरूको विश्वास र्व्यर्थ हुने थियो। पद १७ मरेका इसाईहरू आफ्ना पापमै मर्नेछन् अनि नष्ट हुनेछन्। पद १७, १८ ख्रीष्टियनहरूको उद्धार भएकै छैन तिनीहरू ऋझ आफ्ना पापमै छन्। कसैको निम्ति आशा छैन। पद १९ विश्वासीहरू संसारमा सबैभन्दा दयनीय छन्। पद १९ अन्य परिणामहरू: अनुयायीलाई धोका, पेन्टिकोस्ट एउटा कल्पनामात्र,ख्रीष्टिय अनुभव भ्रम मात्र, बाइबल झुटो दन्त्य कथा जस्तो, पापको समाधान छैन, संसार आशारहित र अनन्त जीवन केवल डरलाग्दो र अँध्यारो मात्र हुने थियो। मुक्ति र उद्धार एउटा सपना मात्र हुने थियो।
यसरी येशूख्रीष्टको पुनरुत्थानको अध्ययन गर्ने क्रममा मैले बाइबल, टिप्पणी र शब्दकोष अध्ययन गरें। सर्न्दर्भ सामग्रीको रुपमा केही पुस्तकहरू पनि अध्ययन गरेँ। मैले यस विषयमा गहिरीएर अध्ययन गर्दैगर्दा मेरो मनमा विश्लेषणात्मक रुपरेखा तयार गर्न पर्छजस्तो लाग्यो। मेरो अध्ययनको सोच फराकिलो बनाएर विषयहरू टिपोट गर्दै गएँ। अझ थप शिर्ष तथा उपशिर्षहरू प्नि थपिदै गए। बुदाहरूलाई एकएक गरी समेटदै गए। काँटछाँट गरी सबै नम्वरका बुदाहरूमा फूलवुटा पनि भर्दै गए। अन्त्यमा इष्टरको अवसरमा सान्दार्थीक लेख पुनरुत्थान भन्ने नाम राखेर पत्रिकामा प्रकाशन गर्ने बलियो निर्णय अनुरुप अलि हतारमा लेखेर पठाएँ। यो लेखले हजुरलाई पक्कै पनि आशिष् पुर्याउने छ। किनकि यहाँ पुनरुत्थानको उद्देश्य, महत्व, शक्ति, प्रभाव, प्रमाण साथै संसारमा भएका स्पष्टिकरणहरू प्नि उल्लेख गर्ने चेष्टा गरेको छु।

(उद्देश्य, प्रमाण, शक्ति, प्रभाव र महत्व सम्वन्धी अध्ययन विश्लेषण)
समयकुमार रम्तेल ९८४१४२९८१६

Republished in new layout 6/19/2013

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In