इन्टरनेटको पहुँच सजिलै बिस्तार गर्नेबारे अध्ययन गर्न गूगलले हावामा ३० बटा बेलुन पठाएको छ। निकै ठूलो अकारका बेलुनहरु आकासमा छाडिएका छन। लून (Loon Project) नाम दिइएको यो प्रजेक्टमा बेलुनलाई लगभग २० क.मि. माथि हावामा पठाइएको छ।
बेलुनमा रेडियो एन्टिना, फ्लाइट कम्प्युटर, उचाई नियन्त्रण प्रणाली र सोलार प्यानल जडान गरिएको छ ।
गूगलका अनुसार बेलुनहरु हावामा १ सय दिनसम्म रहनेछन र ४० किलोमिटरको दायरामा 3G र 4G इन्टरनेट कनेक्टिभिटी प्रदान गर्नेछन। यो परीक्षण न्यूजिल्याण्डमा भइरहेको छ।
Discussion about this post