२०८१, ३२ श्रावण शुक्रबार । आज शुक्रबार बिहान नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री रिचर्ड आर. बर्मा काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ।
काठमाडौं आइपुगेका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गरेका थिए ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
एक दिने बसाइका क्रममा उपविदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग पनि अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफल गर्नेछन् । उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनी भोलि बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका पूर्वअमेरिकी राजदूत पनि हुन् ।
www.khabardainik.com
Discussion about this post