कात्तिक २२, २०८० बुधबार
मुगु ॥ छाँयानाथ रारा नगरपालिकाको आर्थिक वर्ष २०७९/ २०८० को नीति तथा कार्यक्रम अनुसार अन्तर जातिय विवाह गर्ने २४ वर्षीया रञ्जिता बुढा र २५ वर्षीय देवीकृष्णा कामीको जोडीलाई प्रोत्साहन बापत एक लाख उपलब्ध गराएको छ ।
छाँयानाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भाम अनुसार उनीहरूबीच दुई वर्ष लामो प्रेमपछि गत माघ १३ गते भागी विवाह भएको थियो र अहिले बिवाह पश्चात उनीहरु राजिखुसीका साथ बसिरहेका छन् ।
नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने कुरा आफूहरूलाई थाहा नभएको उनीहरूले बताए। जानकारी गराएपछि आवश्यक काजपत्र पेश गरेको कृष्णादेवीले बताइन्।
नगरपालिकाका प्रमुखबाट एक लाख रुपैयाँको चेक पाउँदा साह्रै खुशी लागेको उनीहरूले प्रतिक्रिया दिए। रञ्जिता कक्षा १२ मा पढ्दैछिन्। नगरपालिकाबाट पाएको सो रकम श्रीमतीको पढाइमा खर्च गर्ने देवीकृष्णा बताए।
Source : www.khabardainik.com













Discussion about this post