२२ कात्तिक २०८०, बुधबार
ढाका ॥ स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)को पछिल्लो आँकडाअनुसार यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
आँकडाअनुसार नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।
बङ्गलादेशमा सेप्टेम्बरमा डेंगुका केसमा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापकरूपमा डेंगु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेगुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ ।
Source : www.khabardainik.com
Discussion about this post