• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, June 9, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इस्टर सण्डेको मर्म : ख्रीष्ट येशूले मृत्युलाई जित्नुभयो

by NC News Desk
April 6, 2023
in Articles

यस वर्षको इस्टर सन्डेको उत्सवसंगै आर्थिक मन्दीको संकटलाई जित्न सकौं भनी प्रार्थना गरौ !    

-केपी अधिकारी, फिलाडेल्फिया मण्डली, ललितपुर

आज विश्वमा मानिसले जे जे प्रगति गरिरहेको छ, अझै गर्ने वाला छ ती सबै सम्भव भएको एउटा कारण छ, त्यो हो मानव जीवित रहुन्जेल यो पृथ्वीमा सबै गर्न सक्छ । अनि यो पनि सत्य हो कि मानिसले पृथ्वीमा प्राप्त गरेका सबै थोकहरू अनि ऐश्वर्य परमप्रभुकै हुन र अस्थायी वा नाशवान पनि । बाइबल धर्मशास्त्र मत्ती ६:२७ मा भने जस्तै मानिसले जतिसुकै फिक्री र बल गरेपनि आफ्नो आयुमा एक घडी पनि थप्न सक्दैन । आज मानिसले आफ्नै राजनीति र रणनीति, संसार भरको बल, शक्ति, बुद्धि, क्षमता, विज्ञानप्रविधि, विकास, सन्चार, औद्योगीकरण, सभ्यता एवम् आधुनिकीकरणद्वारा जे जति कुराहरु  यो पृथ्वीमा हासिल गरेको छ, ती सबै अस्थायी हुन् अनि स्वयम् मानिसको आयु पनि अस्थायी हो, तुँवालो जस्तै हो (याकुव४:१४), अनि मानिसको आयु त घाँसको आयु जत्तिकै छ (भजन संग्रह १०३: १५) ।

मानिसले आफ्नो भएभरको शक्ति लगाएर सारा जगत नै आफ्नो हात पारेपनि यदि त्यसले आफ्नो प्राण गुमायो भने के लाभ हुन्छ र ? (मर्कुस ८:३६) ।

आज संसारमा विगत एक वर्षदेखि मानिसले सोच्दै नसोचेको एउटा वित्त विपत्ती (जसलाई आर्थिक मन्दी पनि भनिन्छ) ले धनी र गरीब सबै राष्ट्रहरुलाई आहात पारेकोछ I अमेरिका जस्ता आर्थिक सम्पन्नता भएको देश र स्वीजरल्याण्ड जस्ता सुखी र सम्वृद्धि कमाएका देशहरुमा पनि  आर्थिक मन्दीका कारण ठुला ठुला बैंकहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् I हाम्रो जस्तो सधैं संक्रमणकालीन अर्थ वयवस्था भएको देशमा त यसले सबै वर्गलाई संकटमा पार्नेदेखि लिएर आर्थिक रोगकै कारण आत्मदाह गर्ने सम्मका घटनाहरु घटिरहेको अवस्था छ। वित्त क्षेत्र र वित्तीय नीतिले आफ्नो ट्रयाक छोडेका कारण बैंक र व्यवसायी बीचको सम्बन्धमा चिसोपना आउन थालेको छ I यता सरकारले निजामती क्षेत्रमा आफ्नो खर्च धान्न धौ धौ  परेको सूचना पनि सम्प्रेषण गर्ने बेला आएको छ I यसको असरले हाम्रा होनाहार युवा जगतले आफ्नो सपना र भविष्य नेपालमा  छैन भन्ने एकिन गरेर नै दैनिक हजारौंको संख्यामा विदेश यात्रा गर्दै शुभकामना लिईरहेका छन् I देशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरु पनि बिभिन्न राष्ट्रका युनिभर्सिटीहरुमा अवसर हेरिरहेका छन् I

तर हाम्रो यो पापबाट छुटकारा पाएको जीवनमा परमेश्वरले नम्रता, धैर्यता, शान्ति, प्रेम, संयम, आनन्द, दया, भलाई, विश्वस्तता जस्ता पवित्र आत्माका फल हाम्रो जीवनमा हामीले धारण गरेका छौं । विगत दुई वर्ष सम्म कोभिड १९ को आतंकले थालिएको विश्व अर्थतन्त्र अहिले आएर चरम संकटमा परेका कारण नेपालमा पनि यसको प्रत्यक्ष असर खेपिरहेको छ I

यस विषम परिस्थितिमा स्वर्गका परमेश्वरले हामीलाई अनन्तसम्मको आशा, शान्ति अनि सुस्वास्थ्य र लामो आयुको प्रत्याभूति गर्नुभएको छ, जुन आशा हाम्रो लागि स्थायी हो अनि हाम्रो नागरिकता पनि स्वर्गमा नै स्थापित गरिएको छ, (फिलिप्पी ३:२०) ।

आज संसारभरि नै ख्रीष्टियन जगतले परमेश्वरका थुमा येशू  जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो, जसले आज हामीलाई परमेश्वर पितामा मिलाप गराउनु भएको छ I दुई हजार वर्ष अघि तीन दिनमा मानव जातिलाई पापबाट रेस्क्यु गर्ने र अनन्त जीवनमा अवतरण गराउने महान र स्वर्गीय काम उहाँले गर्नु भयो र आज हामी जेलबाट छुटेर स्वतन्त्र भएका छौं अनि त्यो पापको जुवा भाँचिएको छ । दुई हजार वर्ष अघि शुक्रवार  उहाँ कलवरी क्रुसमा चढ्नुभयो र मानिसले मर्नु पर्ने मृत्यु मर्नु भयो, शनिवारको   दिनमा चिहानमा बस्नु भयो र आइतबार  तेस्रो दिनमा मृत्युमाथि विजय प्राप्त गरी पुनरुत्थान हुनुभयो र आफ्ना पितासँगै स्वर्गमा हुनुहुन्छ । किनभने धर्मशास्त्रले अगमबाणी गरेको, स्वयम् येशू  ख्रीष्टले बोल्नुभएको र त्यो सत्य र धार्मिक घटना भएको थियो, (१ कोरिन्थी १५:४, युहन्ना २:१९) । मानिसले नसोचेका र नजानेका घटनाहरु परमेश्वरले घट्न दिनुहुन्छ र ति सबै कुराहरु उहाँले मानिसकै लागि हुन दिनुहुन्छI

ख्रीष्ट येशूले मृत्युलाई जितेर अदनको बँगैचामा परमेश्वरको आज्ञालाई तोडेर पापबाट खसेको मानिसलाई फेरि परमेश्वरसँग मिलापमा ल्याउनका लागि ख्रीष्टले आफैलाई क्रूसमा बलिदान गर्नु भयो अनि तेस्रो दिनमा मृत्युलाई पनि जितेर मानिस जातिलाई स्वर्गको साँचो खोलिदिनु भएको छ  र हामीले ख्रीष्टद्वारा सजिलै स्वर्गको स्थायी जीवनको नागरिकता अवश्य पाउनेछौं ,यही विश्वासमा आज मानिस पृथ्वीमा अल्मलिई रहेको छ ।

अब सन्दर्भ जोडौं, हाम्रो निम्ति येशू ख्रीष्टले मृत्युमाथि विजय प्राप्त गर्नु भएको यस महान पर्व विश्वभरी धुमधाम साथ मनाउने, इस्टर सभा गर्ने र खुशी साटासाट गर्ने चलनलाई आज विश्वव्यापी आर्थिक मन्दीका वावजुत पनि  मानिस आफ्नो जीवनलाई कसरी सुरक्षित गर्ने, कसरी बाँच्ने र बचाउने भन्ने सवालमा चिन्तित र त्रसित बनेको छ । आज संसारभरि नै आर्थिक मन्दीबाट मानिस जातिलाई जोगाउनुहोस् भनी प्रार्थना भई रहेको छ । अति सम्पन्न राष्ट्र  हुन्  वा कम सम्पन्न  दुवै किसिमका राष्ट्रहरुलाई मन्दीले सताएको छ I अमेरिका र स्वीजरल्याण्ड जस्ता देशहरुमा पनि ठुला ठुला बैंकहरु बन्द हुने अवस्था आएको छ I हाम्रो देशमा त राजस्व आय र खर्च बीचको अन्तर नै अर्बौं भई सकेको र पछिल्लो आठ महिनामा राजस्व आय भन्दा सामान्य खर्च नै ९२ अर्बले घाटा भई सकेको र निजामती करामचारीलाई तलव खुवाउन राज्यले ऋण पत्र जारी गर्नुपर्ने अवस्था सृजित भएको कुरा अर्थविदहरुले बताएका छन् I देशमा कुनै पनि रोजगारी सम्भावना नभएकोले युवाहरु आफ्नो अध्ययनलाई तिलान्जली दिएर बैदेशिक रोजगार रोजगारमा जाने लर्को लागेको छ र अहिले मासिक झन्डै एक लाखको संख्यामा नेपाली युवाहरु विदेशिने क्रम छ I त्यस्तै अध्ययनको भिसामा जानेहरुको संख्या पनि प्राय प्रत्येक घर परिवारबाट उल्लेख्य रहेको देखिन्छ र यसको आंकलन विमानस्थलको भीडबाट सजिलै गर्न सकिन्छ I देशको २३ प्रतिशत आम्दानी ओगटेको रेमिट्यान्सको गति विस्तारै घट्ने अवस्था नआउला भन्न सकिन्न I किनभने देशको अवस्थाले गर्दा बिदेशमा हुने नेपालीहरुले आफ्नो परिवार बिदेशमा नै गर्ने रणनीति अपनाए भने समस्या अझै चर्को हुनेछ देशमा I अहिलेको तथ्यांक अनुसार ८० लाख नेपालीहरु देश बाहिर छन् भनिएको छ भने अबको केही महिनामा यसको संख्या ह्वात्तै बढ्ने देखिन्छ I यता जनसंख्याको तथ्यांक अनुसार पनि जन्मदर घट्दो अवस्थामा रहेको छ जसका कारण भोलि देशमा अपेक्षित जनशक्तिको अभाव नहोला भन्न सकिन्न I उता देशमा शासन गर्ने उच्च तहका  अधिकांश राजनीतिज्ञहरु , शिक्षा प्रेमीहरु ,बुद्धिजीवीहरु , प्रशासन क्षेत्रका कर्मचारीहरु लगायत धेरै व्यक्तित्वहरुले युरोप र अमेरिकाका ग्रीन कार्ड लिएर आफ्नो  परिवारको व्यवस्थापन गर्ने गरेको पनि देखिन्छ I जुन कुरा देशका लागि अत्यन्त दुखद पनि हो I

अब यसको असर नेपाली मण्डलीमा नपर्ला भन्न सकिन्न I किनभने रास्ट्रको आर्थिक सूचकहरु सही अवस्थामा नरहेकोले देशको उद्योग ,व्यवसाय क्षेत्र तनावमा परेको छ I अनि सहरमा बस्ने कामदारहरु र सामान्य पेशा गरी बस्नेहरु पनि विस्तारै गाउँ फर्कने सुरसारमा लागेको देखिन्छ I मण्डलीमा आउने अधिकांश व्यक्ति र परिवारहरु प्राय काठमाडौँ बाहिरका भएका कारण रोजगारी र व्यवसाय शिथिल हुँदा बसिरहने अवस्था रहने छैन र आफ्नो गाउँमा फर्कने सुरुवात भएको कुरा व्यवसायमा लाग्नेहरुले अनुभव गरेको देखिएको छ I यसको असर मण्डलीको आय श्रोतमा पनि पर्नेछ र कतिपय मण्डलीहरुमा दशांश भेटीमा निक्कै कमी भएको कुरा पनि बुझिएको छ I मण्डलीको आय श्रोत घट्दा मण्डलीले आर्थिक खर्च भार धान्न नसक्ने अवस्था आउँछ र संगति भवनको भाडा र मर्मत खर्च पनि अभाव हुन सक्ने  अवस्थामा मण्डली बन्द हुने स्थति नआउला भन्न सकिन्न I यस्तो अवस्थामा पायक पर्ने एउटा मण्डली भवनलाई समय मिलाएर धेरै मण्डलीहरुको संगति गर्ने थलो बनाएमा उत्तम हुने देख्निन्छ I मर्जर गर्नु भन्दा शनिबारको दिनमा चार वटा मण्डलीले बिहानदेखि बेलुका सम्म आफ्ना आराधना सेवाहरु संचालन गर्ने गरी सहमति गर्दा एउटा श्रोतबाट धेरै सेवा हुने देखिन्छ I यस वर्षको इस्टर महोत्सवले यस्ता विषयमा लाग्न सबै मण्डलीहरुलाई प्रेरणा अओस् भनी प्रार्थना गरौँ किनभने परमेश्वरको सेवा र संगति कुनै पनि रणनीतिमा हामीले अविछ्न्न राख्नु पर्दछ I  

यस इस्टर पर्वले हामीलाई मुलतः यी सात पक्षहरूमा उत्साहित बनाएको छः

१. हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँ जीवित हुनुहुन्छ (१ तितस १:९, प्रकाश १:१८, हिब्रु १२:२२)

२. हामीलाई थाहा छ, हाम्रो परमेश्वर सत्य हुनुहुन्छ (यर्मिया १०:१०, गन्ती २३:१९, हिब्रु ६: १८)

३. हाम्रो मुक्तिको निश्चयता येशूले पुरा गर्नुभयो (रोमी १५:१७, १८, हिब्रु ७:२४,२५)

४. हामीले अनन्त जीवन पाइसकेका छौं (रोमी ६:२३, तीतस२:२४, रोमी ६:१४)

५. हामीले पापमाथि विजय प्राप्त गरेका छौं (१ पत्रुस २:२४, रोमी ६:१४)

६. हामीले हाम्रो जीवनलाई ख्रीष्टको महिमामय सम्पत्ति रहस्यको आशामा राख्न सक्छौं (कलस्सी १:२७)

७. हामीमा यस्तो आशा छ, जसअनुसार हामी अनन्त जीवन परमेश्वरसँगै बिताउनेछौं (१ कोरिन्थी १५:२१ २३)

अतः हामी परमेश्वरका जनहरू यस समय जहाँ जहाँ छौं, जे जस्तो अवस्थामा छौं, घरपरिवारमा, विदेशमा, गाउँ–सहरमा, जिम्मेवारीमा अनि चुनौतीहरूमा, सबै परिस्थिति परमेश्वर जान्नुहुन्छ र यस संसारमा आर्थिक मन्दीको  प्रभावमा परेका अनि बन्धनमा रहेका सबै मानिसहरूको लागि निरन्तर प्रार्थना गरौँ I  आर्थिक मन्दीको चपेटामा  रहेका विश्वका सम्पूर्ण राष्ट्रहरु र  मानिसहरूका लागि निरन्तर प्रार्थना गरौँ, परमेश्वरले हामी सबैलाई यस पुनरुत्थानको महान अवसरमा नयाँ जीवन दिऊन् ताकि सारा विश्वले परमेश्वरको अद्भुत कार्यलाई प्रशंसा गर्दै उहाँकै नाउँमा घुँडा टेकोस् । अत: देशमा एक किसिमको राजनीतिक तरलता, आर्थिक मन्दी, समाजका अवयवहरुमा आईरहेको अनिश्चयता, धार्मिक क्रियाकलापहरुको आफ्नै मौलिक महत्व र सहिष्णुता अनि देशको लागि नै प्रार्थनामा होमिनु पर्ने मण्डलीको आवश्यकतालाई मध्यनजर गर्दै यस वर्षको ईस्टर महोत्सवलाई स्थानीय तवरमा  मण्डली समुदायहरु मिलेर मण्डली भित्र नै उत्सव कार्यक्रमहरु गरी मनाउनका लागि मनासिव होला कि भन्ने सुझाव साथ सबैलाई असल शुक्रवार र बौरी उठाई आइतबारको (पुनरुत्थान) हार्दिक शुभकामना दिन चाहन्छु I

Related Posts

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान सहयोग गर्ने

May 20, 2023
बुद्ध एयर सञ्चालक दाजुभाइबीचको सम्पत्ति विवाद चर्कियो

बुद्ध एयर सञ्चालक दाजुभाइबीचको सम्पत्ति विवाद चर्कियो

May 11, 2023
Religious Conflicts Prevailing in Nepal

Religious Conflicts Prevailing in Nepal

April 26, 2023
पश्चिमी म्यान्मारमा भएको ड्रोन आक्रमणमा ५ बालबालिकासहित आठ जनाको मृत्यु

पश्चिमी म्यान्मारमा भएको ड्रोन आक्रमणमा ५ बालबालिकासहित आठ जनाको मृत्यु

April 14, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Living Stone Academy

June 6, 2023

  S.N Position No. Level Academic Qualification Experience 1 +2  Coordinator 1 Secondary Masters Degree at least 5 years 2...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023

आइतबार, जेठ १४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श तिब्र...

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

May 22, 2023

सोमबार, जेठ ८, २०८० ॥ गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६...

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023

सोमबार,२०८० जेठ ८ काठमाठौँ l चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रबर्दन लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २०...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In