चैत १२, २०७९, आइतबार
काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौं आइपुगेको छ।
अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् भने नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ।
छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन र छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी अनुसार यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ र गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो।
Discussion about this post