• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, March 27, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

by Sushil Paudyal
March 15, 2023
in News & Events

२०७९ चैत १ गते

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिनाले आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ ।

फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२ दशमलव ७ प्रतिशत छ भने बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् दुई खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ।

सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत मात्रै छ। अर्थात् फागुन मसान्तसम्म सरकारले कूल सात खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ ।

यस अवधिमा सरकारको चालु खर्च ५१ दशमलव ४६, पुँजीगत खर्च २२ दशमलव १५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७ दशमलव ४१ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म रू छ खर्ब आठ अर्ब ८४ करोड ४५ लाख बराबर छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२ दशमलव १५ प्रतिशत अर्थात् रू ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ ।

फागुन मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२ दशमलव सात प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१ दशमलव ५३ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ ।

यसवर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ ।

Related Posts

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

March 26, 2023
जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

March 26, 2023
नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

March 26, 2023
नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

March 26, 2023

Discussion about this post

ताजा सामाग्री

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

March 26, 2023

चैत १२, २०७९, आइतबार काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको...

जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

March 26, 2023

२०७९ चैत १२ गते जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए अनुसार यस वर्ष कक्षा ६ देखि...

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

March 26, 2023

चैत १२, २०७९ शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३०औं आईजीपी पदमा बढुवा गरिएका बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै छ...

नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

March 26, 2023

चैत १२, २०७९ अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In