काठमाडौँ : आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको हो ।
सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद देवेन्द्र पौडेलले प्रस्ताव राखेका थिए ।
Discussion about this post