बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकको पहिलो मन्तव्य ५ मिनेट ५६ सेकेण्डको थियो। सो क्रममा उनले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेही हुने बताए। उनले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुनकले प्रधानमन्त्रीको रुपमा मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् ।
राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उहाँ औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ। राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बन्नुभएको हो। दुई सय वर्षको अवधिमा ४२ वर्षीय उहाँ सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गर्नुभएको बेलायती सञ्चार माध्यमले जनाएका छन्।
बोरिस जोनसन र लिज ट्रसले कार्यकाल पूरा नगरिकन राजीनामा दिएपछि सुनक कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्रीमा चयन भएका हुन्।
सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए। कोरोना कालमा सुनकले अर्थतन्त्रलाई सुधार गर्न योगदान पुर्याएको भन्दै उनको भूमिकाको प्रशंसा गर्ने गरिन्छ। उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।
Discussion about this post