• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 31, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असार ८ गते (भोलि)बाट सबै आन्तरिक उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा

by Sudip Subedi
June 21, 2022
in News & Events

असार ८ गते (भोलि)बाट सबै आन्तरिक उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा ! विभिन्न मागहरु राख्दै वायु सेवा कम्पनीहरुले माग पुरा नभए सम्म असार ८ देखि फ्लाइट, हेलिकप्टर नउडाउने भनेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारबाट सम्पूर्ण उडान स्थगनको घोषणा गरेको हो।

कुनै पनि कारणले अत्यावश्यक सेवा बन्द गर्नु कानुनविपरीत हो। त्यसमाथि सेवा बन्द गर्नुपर्ने अवस्था आए सरकार मात्र होइन, उपभोक्तालाई पनि अग्रिम सूचना दिनुपर्छ, ताकि उनीहरू वैकल्पिक व्यवस्थाको निम्ति तयार होऊन्।

वायुसेवा सञ्चालकहरूले भने पूर्वसूचना नदिई आजको भोलि सेवा रोक्नुले उनीहरूको जिम्मेवारीमाथि प्रश्न उठेको छ।

यसबारे प्रश्न गर्दा संघका प्रवक्ता योगराज कँडेल भन्छन्, ‘हामीले यात्रुलाई अग्रिम जानकारी गराउन नसकेकोमा क्षमा चाहन्छौं। अपर्झट गरेको निर्णयलाई लिएर कानुनले हतकडी लगाउँछ भने पनि हामी स्विकार्छौं।’

उनका अनुसार सरकारी निर्णयबारे मंगलबार दिउँसो १२ बजे प्राधिकरणसँग छलफल थियो। जे निष्कर्ष निस्कन्छ, त्यसै आधारमा अघि बढ्ने संघले तयारी गरेको थियो। तर बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘रेस्क्यू फ्लाइट’ रोकिदिएपछि तत्काल यस्तो निर्णय गर्नुपरेको कँडेलले बताए।

‘दिउँसो त छलफल हुने नै थियो। तर बिहानै किन उडान रोकियो?’ उनले भने, ‘उडान रोकेपछि छलफलको अर्थ भएन। त्यसपछि हामीले वार्ता नै नगरी भोलिबाट उडान रोक्ने घोषणा गरेका हौं।’

वायुसेवा सञ्चालकहरू वार्तामा बस्न तयार हुँदाहुँदै सरकारले जबर्जस्ती आफ्नो निर्णय लाद्न खोजेको उनले बताए।

प्राधिकरणले हेलिकप्टर कम्पनीलाई असार ७ (आज) र हवाईजहाज कम्पनीलाई १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो।

त्रिभुवन विमानस्थलको ‘उडान सुरक्षा सुदृढीकरण’ को कारण देखाउँदै यस्तो निर्णय गरिएको हो।

कुन कम्पनीका कतिवटा जहाज कुन विमानस्थलमा पार्किङ गर्ने भनी तोकेर सोमबार पत्र पठाइएको थियो। हेलिकप्टरका हकमा मंगलबार रातिबाट मात्रै काठमाडौंबाहिर पार्किङ गर्नुपर्ने थियो। तर मंगलबार बिहानको उद्धार उडानसमेत रोकिएपछि वायुसेवा सञ्चालकहरू रूष्ट भएका हुन्।

सामान्यतया एयरलाइन्सले कम्पनी खोल्दा नै अपरेटिङ आधार विमानस्थल तोक्नुपर्छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इज्जाजत दिन्छ। त्यसपछि प्राधिकरणले सम्बन्धित विमानस्थलमा पार्किङको क्षमता, पूर्वाधार र सुरक्षा अवस्था हेरेर एयर अपरेटिङ सर्टिफिकेट (एओसी) जारी गर्छ।

प्राधिकरणले एओसीमा तोकेभन्दा बाहिर गएर आधार विमानस्थल निर्धारण गरेको कँडेलले बताए।

उनका अनुसार एओसीमा बुद्ध एयरका १० वटा जहाजलाई काठमाडौं विमानस्थलमै राति पार्किङ गर्ने अनुमति छ। अहिले ५ वटा जहाज मात्र काठमाडौंमा पार्किङ गर्नू भनेको छ।

‘प्राधिकरणले हचुवा भरमा आधार विमानस्थल तोक्ने हो भने एओसीको के अर्थ?’ उनले प्रश्न गरे।

उनले भने, ‘कुनै पनि वायुसेवा कम्पनीले प्राधिकरणले तोकेको विमानस्थलमा जान्न भनेको थिएन। तर पूर्वजानकारी नदिई आजको भोलि गरेको निर्णयप्रति हाम्रो आपत्ति हो।’

हवाई क्षेत्रको विकास निम्ति जुनसुकै विमानस्थल जान कम्पनीहरू तयार रहेको उनले बताए। यसका लागि छलफल गरेर चरणबद्ध तरिकाले जानुपर्ने र कम्तिमा ६ महिना समय दिनुपर्ने उनको भनाइ छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने यो निर्णय आजको भोलि नभएको दाबी गर्छन्।

उनका अनुसार वायुसेवा कम्पनीहरूको आधार विमानस्थल काठमाडौंबाहिर स्थानान्तरण गर्न २०७८ फागुन ३० गते नै कार्यदल गठन भएको थियो। पर्यटन सचिवसहित प्राधिकरणका महाप्रबन्धक र सातवटा वायुसेवा कम्पनीका प्रतिनिधि कार्यदलमा थिए।

कार्यदलले त्रिभुवन विमानस्थलको क्षमताअनुसार कतिवटा जहाज पार्किङ गर्न सकिने, काठमाडौंबाहिर कुन कुन विमानस्थलमा अपरेटिङ बेस राख्न अनुमति दिने लगायत विषयमा छानबिन गरी प्रतिवेदन दिएको थियो।

त्यसकै आधारमा गत आइतबार प्राधिकरणले विभिन्न एयरलाइन्सहरूका लागि आधार विमानस्थल तोकेको उनी बताउँछन्। ‘पटकपटक भएका छलफलमा वायुसेवा कम्पनीका प्रतिनिधिहरू आउनुभएकै थियो। सबै कुरा उहाँहरूलाई थाहा थियो। त्यसैले आजको भोलि निर्देशन दिएको भन्न मिल्दैन,’ निरौलाले भने।

संघले भने यो निर्देशन खारेज गरी अहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न पाउनुपर्ने लगायत पाँचबुँदे माग राखेको छ। खारेज नभएसम्म उडान नगर्ने उसले बताइसकेको छ।

यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिनुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायत भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने संघको माग छ।

युरोपियन एभियसन सेफ्टी एजेन्सीले नेपाललाई हवाई सुरक्षाको सूचीमा राखिएकोमा त्यसबाट हटाउन सरकारले पहल गर्नुपर्ने पनि संघले माग गरेको छ। प्राधिकरण भने आफ्नो निर्णयमा टसमस छैन।

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने छ।

प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने छ भने श्री एयरलाइन्सका ८ वटा हेलिकप्टरमध्ये ३ वटा बाहिर बास बस्नुपर्नेछ।

सिम्रिक एयरका पाँचवटै हेलिकप्टर पार्किङका लागि नेपालगन्ज विमानस्थल पुग्नुपर्नेछ।

त्यस्तै एयर डाइनेस्टीका दुईवटा, फिस्टेलका दुईवटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने छ। अल्टिच्युड, हेली एभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

यसैगरी हाल ९ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन् भने ३५ वटा जहाज काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौला बताउँछन्।

‘जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एकतिहाइ काठमाडौं विमानस्थलमा र दुईतिहाइलाई बाहिरका लागि बेस तोकिएको छ,’ उनले भने।

बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन, श्री एयरका आठमध्ये छ वटा बाहिर जानुपर्नेछ। सौर्यका तीनमध्ये दुई, समिटका चारमध्ये तीन, ताराका तीनमध्ये दुईवटा जहाज बाहिर रात्रिकालीन पार्किङका लागि पुग्नुपर्नेछ।

सीता एयरका चारमध्ये तीन, गुणका सातमध्ये पाँच र नेपाल एयरलाइन्सको सञ्चालनमा रहेका दुईवटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नुपर्नेछ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

Related Posts

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026
चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

Discussion about this post

ताजा सामाग्री

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

  १३ कात्तिक २०८३, शुक्रबार काठमाडौं: इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको प्रारम्भिक तथा आधिकारिक नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्यलाई फेरि...

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

Recent Posts

  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा
  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In