वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौं आएका विभिन्न समुदायका (दलित, आदिवासी आदि) पृष्ठभूमिका स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्न अनलाइन आवेदन फारम खोलेको छ । विद्यार्थीले असार ९ गतेसम्म अनलाइन फारम भरेर इमेलमा प्राप्त टोकन नम्बरसहित आवश्यक कागजातहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा बुझाउनुपर्नेछ ।
Discussion about this post