नेपालमा पहिलेदेखि आईएमईआई दर्ता अनिवार्य भए पनि आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइललाई आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रण र नियमनसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने यो प्रविधि र नियम आजदेखि कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।उनका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै चल्नेछ ।
हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागू हुनेछ ।
Discussion about this post