• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 26, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जनगणना बारे गुनासो छ ? ११७८ मा फोन गर्नुस्

by NC News Desk
November 14, 2021
in News & Events

खोटाङ– २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ । ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ ।

जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिन/दिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए । टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ । ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुन: हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’

विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ । विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हो।

सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ ।

राष्ट्रिय जनगणनाका लागि खोटाङमा दुई सय गणक खटाइएका छन् । गणकले ७० वटा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइँसम्बन्धी विवरण, प्रजनन्सम्बन्धी विवरण, बलबालिकाको बसाइँको अवस्था, अपांगतासम्बन्धी विवरण, आर्थिक क्रियाकलापसम्बन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ ।

३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढी घरहरू रहेको, ३९ हजारभन्दा बढी घरमा ४१ हजारभन्दा बढी परिवारकाे बसोबास रहेको तथ्यांक आएको जनगणना अधिकारी कोईरालाले बताए ।

२०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्या दुई लाख ६ हजार तीन सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थियो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In