• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 12, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

देशैभर बाढी–पहिरोको बितण्डा : कहाँ कति क्षति?

by NC News Desk
June 16, 2021
in News & Events

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण भौतिकसँगै मानवीय क्षतिसमेत भएको छ।

बाढी पहिरोबाट समस्यामा परेकाहरुको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, तीनवटै सुरक्षा निकाय खटिएका छन्। वर्षा अझै नरोकिएकाले प्रभावित र नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ।

देशका विभिन्न नदीले सर्तकताको तह पार गरेका छन्। बाढीपहिरोबाट देशभर कहाँ–कहाँ क्षति गर्‍यो भन्नेबारे हामीले सम्बन्धित निकायमा सोधपुछ गरेर क्षतिको विवरण संकलन गरेको छ।

सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, दर्जनौं वेपत्ता

वर्षासँगै आएको बाढी-पहिरोबाट सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोकमा भएको छ। मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानी आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भौतिक तथा मानवीय क्षति पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरका अनुसार अहिलेसम्म ७ जनाको ज्यान गएको छ।

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार बिहान उद्धार गरिएको छ। उद्दारका लागि सिन्धुपाल्चोकमा कार्यरत सुरक्षाकर्मीको जनशक्ति कम भएपपछि काभ्रेबाटसमेत गरी तीन वटै सुरक्षा निकायका २५० जनाको टोली मेलम्ची पुगेको छ। दर्जनौं मान्छे वपेत्ता भएको भनिए पनि अहिलेसम्म यकिन तथ्यांक नभएको प्रवक्ता कुँवर बताउँछन्।

हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको छ। चोक्पा पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुलसमेत बगाएको छ।

म्याग्दीका ४० घर विस्थापित

बाढीपहिरोका कारण म्याग्दीमा ४० घरपरिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिका-५ धस्केखोरियामा पहिरोले ९ घरमा क्षति पुर्‍याएको छ। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। त्यसैगरी बेनी नगरपालिका-४ का १३ परिवार पनि विस्थापित भएका छन्।

बाढीका कारण बेनी अस्पताल चोकमासमेत क्षति पुगेको छ। प्रवक्ता कुँवरका अनुसार म्याग्दीको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बाढी पसेको छ। बाढी पसेपछि त्यहाँका सामान सुरक्षित ठाउँमा सारिएको छ। उता कालिपुल बसपार्कमासमेत बाढी पसेको छ। बेनी नगरपालिका–९ गलेश्वरस्थित वृद्धाश्रममा माथिबाट पहिरो खस्न थालेपछि त्यहाँ रहेका १२ वृद्धवृद्धालाई सुरक्षित ठाउँमा सारिएको छ।

१९ घन्टादेखि दाङस्थित राप्तीको टापुमा फसेकाको उद्दार 

दाङस्थित राप्ती नदिको टापुमा १९ घण्टादेखि फसेका चार जनाको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ। लमही नगरपालिका—७ हसनापुर र राजपुर गाउँपालिका—२ बेला स्थित राप्ती नदिकोबीच टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका चार जनाको उद्दार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए।

टापुको दुबै तिर राप्ती नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरु अबिरल बर्षासँगै बाढी आएपछि करिब ५० वटा गाईबस्तु सँगै अलपत्र परेका थिए।

उद्दार गरिएका ब्यक्तिहरुमा लमही–७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी, राजपुर–२ बस्ने वर्ष ५० कि साबित्री यादप, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर–३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन्।

राति ९ बजे उनीहरु फसेको जानकारी आए पनि रातको समयमा  पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो। बुधबार बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई  गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल  र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माकोको कमान्डमा गएको बिपद् ब्यबस्थापन सहितको टोलीले ९ बजे चारै जनाको उद्दार गरि घर पठाएको हो। उनीहरुले चराउन लिएर गएका गाइबस्तु चाहिँ सोहि टापुमा रहेका छन्।

बागलुङमा राजमार्ग र पक्की पुल बगायो

बाढी पहिरोका कारण बागलुङमा पनि क्षति पुगेको छ। राजमार्ग र पक्की पुलसमेत बाढीले बगाएको छ। बागलुङ नगरपालिका–१ मा रहेको कोेठेखोला पुल बाढीले बगाएको छ। बागलुङ नगरपालिकाको बलेवाक्षेत्र जाने सडकमा यातायात अवरुद्ध भएको छ।

बाढीले औद्योगिक क्षेत्र कालीगण्डकीको कटान सुरु गरेको छ। बाढी पहिरोका कारण बस्ती जोखिममा परेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको बागलुङका एसपी कृष्ण पल्लीमगरले बताएका छन्। बाढी पहिरोका कारण अहिलेसम्म बागलुङमा पाँच परिवार विस्थापित भएको एसपी पल्लीमगरले जानकारी दिए।

बाढीले खासगरी बुर्तिवाङ बजार, बडीगाड गाउँपालिकाको भीमगिठे, ग्वालीचौर र खरवाङ बजार जोखिममा परेका छन्।

रुपन्देहीमा पनि बस्तीमा पस्यो बाढी 

रुपन्देहीका विभिन्न बस्तीहरुमा बाढी पसेको छ। बुटवलको तिनाउ खोलामा आएको बाढीले नदी किनारमा रहेका बस्तीहरुमा प्रत्यक्ष असर परेको छ। नदी किनारका मर्चवार, देवदह, तिलोत्तममा बाढी प्रवेश गरेको छ। तिनाउकै कटानले बुटवल–११ स्थित पवित्रनगरका ८ घर जोखिममा परेका छन्। तिलोत्तमा–१७ मा १० भन्दा बढी घर डुबानमा परेका छन्।

पाल्पामा सडक अवरुद्ध, एक जनाको मृत्यु

वर्षासँगै आएको पहिरोका कारण पाल्पामा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो। पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडक पनि पहिरोकै कारण अवरुद्ध भएको छ।  पाल्पाको माडी, डुम्रेमा, बाँसटारीमा अविरल वर्षासँगै आएको बाढीले खेत कटान सुरु गरेको छ। डुम्रे खोलाको छेउका ३ घर उच्च जोखिममा परेका छन्।

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पूर्वी नवलपरासीका ४० घर डुबानमा

बाढीका कारण पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन्। गैंडाकोट–२ का ३५ घर र कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल गरी ४० घर डुबानमा परेका हुन्। ३५ घरलाई सुरक्षित स्थान अक्सअफोर्ड कलेजको भवनमा सारिएको प्रहरीले जनाएको छ।  ५ होटलमा फसेकालाई उद्धार गरी सामुदायिक भवनको घरमा सारिएको छ।

मनाङमा ४८ घर डुबानमा

मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङका ४८ घर डुबानमा परेका छन्। नासों गाउँपालिका–१ तालगाउँका ४८ घर डुबानमा परेका हुन्। उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उता सदरमुकाम चामेको हुलाक कार्यालयसहित ५ घर घट्टेखोलाको बाढीले बगाएको छ। ५ घर डुबानमा परेका छन्।

चामे–१ तिमाङ खोलाको बेलिब्रिज बगेको छ। ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् आयोजना पनि बाढीले बगाएको छ।

पर्वतमा सडक अवरुद्ध

पर्वतको पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। कुश्मा–१ सहस्रधारामा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । सेतीबेणी बजारका केही घरहरु बाढीका कारण डुबानमा परेका छन्।

कास्कीमा हाइड्रोपावरमा क्षति

बाढीले कास्कीमा एक हाइड्रोपावरमा क्षति पुर्‍याएको छ। बन्दै गरेको सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको हो। २ वटा स्काभेटर, एक वटा ट्रिपर, हाइड्रोका अन्य सामनहरु बाढीले बगाएको छ। कास्की प्रहरीका अनुसार बाढी पहिरोका कारण अहिलेसम्म ७ घर विस्थापित भएका छन्।

स्याङ्जाको गल्याङका आठ घर डुबानमा

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८:०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन्।

मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे पनि मानवीय तथा चौपायाको क्षति हुन पाएको छैन। बाढीका कारण आठ घर पूर्णरुपमा क्षति भएका छन् भने स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेतीखोलाको किनारमा अवस्थित छ। कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनि डुबानमा पर्ने गरेको छ। स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरुपमा क्षति पुगेको छभने २४ जना विस्थापित भएका छन्।

प्रसिद्ध धार्मिक  क्षेत्र घटालथान डुबानमा

डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ। महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो।

पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते

पहिरोमा च्यापिएर डोटीमा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन्।

गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीय खगेन्द्र बडैलाले जानकारी दिए। उनका अनुसार पानी मुहान सफा गर्न गएका अन्य दुई केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन्। पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। श्रोत: नेपाल लाइभ 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In