काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९३७ कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ९३७ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ७२३ रहेका छन्। यस्तै, भक्तपुरमा ७३ र ललितपुरमा १४१ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Discussion about this post