काठमण्डौ – मर्स्याङ्दी गाउँपालिको भुलभुले लमजुङमा ५.८ रेक्टर स्केलको भूकम्पले निकै क्षेती पुर्याएको छ।
आज जेष्ठ ५ गते बुधबार बिहान ५ बजेर ४२ मिनेटमा मर्स्याङ्दी गाउँपालिका भूकम्पको केन्द्रविन्दु बनाएर गएको भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।
स्थानीयबाट प्राप्त जानकारी अनुसार ‘भागाभाग मच्चिँदा केही सामान्य घाइते भएका छन् भने केहीका गोठ, धन्सार तथा कुखुराका खोरहरू भत्किएका छन् ।’ प्राप्त जानकारी अनुसार घाइतेहुनेहरुमा मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे हुन् उनिहरुलाई जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।
तस्बिर सौजन्य : कृष्ण आले (कान्तिपुर)
Discussion about this post