काठमण्डौ २८ बैशाख २०७८, केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट चार सय वटा अक्सिजन सिलिन्डर बोकेर अवतरण गरेको छ। संचार माध्यमबाट जानकारी भए अनुसार ४ पाइलट र १४ सदस्यहरुको सहभागी सहितको जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एकसय साठी थान अक्सिजन कसन्टेटर र दश वटा भेन्टिलेटर गरि करीब तिस टन सामान बोकेर काठमाडौं ल्याइएको हो। उक्त सिलिन्डर लगायतका सम्पुर्ण सामग्री त्रिभुवन विमानस्थलमै चिनले नेपाललाई हस्तान्तरण गरेको छ। यो चीनले दिने २० हजार खाली सिलिन्डरहरु मध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर आज ल्याइएको हो। साथै बीस हजार सिलिन्डरमा दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ।
Discussion about this post