प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन्।
आज २०७८ बैशाख २७ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राखेका थिए।प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याउनका लागि भएको मतदानमा उनले उपस्थित २३२ मध्ये जम्मा ९३ मत मात्र प्राप्त गर्नसके र उनको विपक्षमा १२४ जनाले मतदान गरेका थिए भने १५ जना तटस्थ बसेका थिए। यस बिबरणमा प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुनको लागि हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्थ्यो। प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन्।
Discussion about this post