काठमाण्डौ – छिमेकी देशहरुमा सङ्क्रमण बढेको कारण नेपालमा समेत सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रमहरु नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
बिगत केही हप्तादेखी छिमेकी मुलुक भारत लगायत अरु देशहरुमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण सर्तकता अपनाउन आवश्यक रहेको कुरा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर सामाजिक तथा भौतिक दुरी कायम राख्न मास्क अनिवार्य प्रयोग लगाएत साबुन पानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरको उचित प्रयोग गर्न आग्रह गरेको छ । साथै विगेप्तीमा अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को सङ्क्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ ।
Discussion about this post