
काठमाडौं- १६ माघ, नेपालमा बालबालिकाको यौन शोषणको बारेमा इसीपीएटी इन्टरनेसनलद्वारा गरिएको अनुसन्धानको होटेल हिमालयमा प्रस्तुत गरिएको थियो। अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेको यसप्रकार छ।
बालबालिकालाई अनलाइन यौन अपराधीहरुबाट सुरक्षित राख्न नेपालका कानुन संशोधन गर्नका लागि तत्काल चाल्नु पर्ने कदमहरु
इसीपीएटी इन्टरनेसनलद्वारा तयार पारीएको नयाँ प्रस्तावना पत्रले नेपालमा विद्यमान बाल यौन शोषण सम्बन्धी गम्भीर जोखिमहरु उजागर गर्दछ । अनलाइन शोषण सम्बन्धी कमजोर कानुन, सुस्त आर्थिक विकास र २०७२ सालको भूकम्पमा पूनर्लाभका साथै ‘स्वयमसेवक-पर्यटन’ को बढ्दो क्रमबाट बालबालिकाहरुले विभिन्न प्रकारका यौन शोषण सम्बन्धी जोखिम सामना गर्नु परेको छ ।
प्रस्तावना पत्रले इकनमिष्टको आउट अफ द श्याडो सुचकाङ्कबाट सुचना लिएको छ । यसले बालबालिकाको यौन शोषण सम्बन्धी सवालमा नेपाल सरकारको प्रयास र नेपाल सम्बन्धी इसीपीएटी राष्ट्रिय सिंहावलोकन प्रतिवेदन ध्यानमा लिएको छ । सुचकाङ्कमा मापन गरिएको ६० देशमध्ये नेपाल ३९ औं स्थानमा छ ।
अनलाइन यौन शोषणबाट बालबालिकालाई संरक्षण गर्न तत्काल आवश्यकता
नेपालमा इन्टरनेटको पहुँच ६३% छ भने प्रत्येक १०० प्रयोगकर्ताका लागि १३९ वटा मोबाइल ग्राहक क्रियाशील भए पनि अनलाइन यौन शोषण सम्बन्धी कानुन र चेतना दुवैमा अभाव महसुस गरिएको छ । बाल यौन शोषण सम्बन्धी सामाग्रीको निर्माण, प्रसार र अवलोकनलाई अपराध ठहर गर्ने कानुन भए पनि यौन शोषणको लाइभ स्ट्रीमिङ, अनलाइन सर्म्पर्क वा जबर्जस्ती यौन सर्म्पर्क जस्ता मुद्दा सम्बोधन गर्ने कानुन छैन । इसीपीएटी प्रस्तावना पत्रमा उल्लेख गरिएको अध्ययनको क्रममा ५-१२ वर्षा ४५२ जना बालबालिकालाई अनलाइन जगतमा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने प्रश्न सोधिएकोमा – ७५% ले कसरी सुरक्षित राख्ने भन्ने थोरै वा कुनै जानकारी नभएको बताएका थिए । नेपालमा आफ्ना र्सभरमा प्रवाह भएका बाल यौन शोषण सामाग्रीको जानकारी गर्न गराउन इन्टरनेट सेवा प्रदायकमाथि कुनै बाध्यकारी व्यवस्था छैन ।
“यस अवस्थामा बालबालिकाहरु अनलाइन शोषणमा पर्ने जोखिम बढ्दो छ र दुर्भाग्यवस, यसबाट बालबालिकामाथि हानी पुर्याउन चाहने व्यक्तिहरुका लागि अवसर सिर्जना भइरहेको छ । सबै प्रकारका अनलाइन बाल यौन शोषणलाई अपराध ठहर गर्न नेपाल सरकारले तत्काल कदम चाल्नु पर्दछ,” एन्ड्रीया भ्यारेल्ला, इसीपीएटी इन्टरनेसनलका कानुनी अधिकृत बताउछन् ।
बालबालिकालाई विवाह गर्न बाध्य तुल्याउने – २०७२ को भूकम्पपछि बाँच्ने आधार
२०७२ सालको विध्वंसकारी भूकम्पको प्रभाव नेपालमा आर्थिक रुपले कष्टप्रद रह्यो। २०७२ र २०७३ सालको अवधिमा करिव १० लाख मानिसहरु गरिवीमा परे । संकटको समयमा कष्टप्रद अवस्थामा रहेका परिवारहरुले आर्थिक कठिनाईका कारण आफ्ना छोरीको बाल, अनमेल वा जबर्जस्ती विवाह गरिदिने संभावना बढेको देखियो । २०७५ को आंकडा अनुसार, बाल विवाहको हकमा नेपालले विश्वमा १७ औं स्थान ओगटेको थियो – जो क्रम अनुसन्धानकर्ता र अभ्यासकर्ताले जनाए अनुसार २०७२ को भूकम्पबाट वृद्धि भएको थियो ।
“केही असल सचेतना कार्यक्रमका अतिरिक्त, नेपाल सरकार र समुदायले बाल विवाह सम्बन्धी प्रयासलाई दिगो रुपमा संचालन गर्नु पर्दछ । विश्वव्यापी अनुसन्धानले बाल, अनमेल वा जबर्जस्ती विवाहको लामो प्रभाव रहन्छ भन्ने देखाएको छ जो शिक्षामा पहुँचका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिविम्बित हुन्छ,” चरीमाया तामाङ, संस्थापक तथा कार्यकारी निर्देशक, शक्ति समूह, भन्छन् ।
‘स्वयमसेवक-पर्यटन’ र अनाथालय पर्यटनले बालबालिकामाथि यौन शोषणको जोखिम खडा गर्छ
अनाथालय जस्ता बाल सेवा केन्द्रहरुमा पर्यटकलाई बालबालिकासँग सम्पर्क गर्न दिने प्रचलन बढ्दो क्रममा छ – जसलाई ‘स्वयमसेवक-पर्यटन’ को नामले समेत चिनिन्छ । अधिकांश स्वयमसेवकहरु को नियत असल भए पनि, स्वयमसेवक-पर्यटनका केही प्रभाव हानिकारक रहेको अवस्था सतहमा आएको छ जसमा बढ्दो क्रममा रहेको बाल यौन शोषण सम्बन्धी जोखिम समेत समावेश छ । विभिन्न प्रकारका आगन्तुकसँग हेरचाहमा रहेका बालबालिकाको अल्पकालीन सर्म्पर्कले कम्तिमा बाल विकासमा नकारात्मक प्रभाव पार्दछ । नेपाली अर्थतन्त्रको मूल आय स्रोतमध्ये पर्यटन क्षेत्र एक भए पनि पर्यटनको आवरणमा बालबालिकाहरु कसरी शोषणमा परीरहेका छन् भन्ने विषयमा कम नै तथ्याङ्क उपलब्ध छ ।
भावी दिशाको रुपमा इसीपीएटीबाट बस्तुगत सुधारको पहिचान
नेपाली बालबालिकालाई अझै प्रभावकारी रुपमा संरक्षण गर्न प्रस्तावना पत्रले निम्न कदमहरु सुझाव गरेको छ:
- यौन उद्देश्यका लागि अनलाइन सम्पर्क र लाइभ स्ट्रीमिङ अपराधीकरण जस्ता सबै प्रकारका अनलाइन यौन शोषण सम्बन्धी राष्ट्रिय कानुनलाई सबल तुल्याउने ।
- किशोर पिडितलाई संरक्षण गर्न बलात्कार सम्बन्धी प्रावधान कानुनमा समावेश गर्ने ।
- यौन शोषणका प्रत्येक पिडित – किशोर, किशोरी तथा तेस्रो लिङ्गी – लाई थप सहयोग उपलब्ध गराउन सरकारको नेतृत्वमा संचालित पूनर्स्थापना सेवा विस्तार गर्ने ।
- देशव्यापी रुपमा बाल, अनमेल र जबर्जस्ती विवाहका नकारात्मक प्रतिफल सम्बोधन गर्न र आर्थिक कठिनाई नियन्त्रण गर्न वैकल्पिक तथा दिगो समाधान उपलब्ध गर्न गराउन र णनीतिहरु विस्तार गर्ने ।
- अन्तराष्ट्रिय स्वयमसेवकको प्रयोग नियन्त्रण र अनुगमन गर्ने – बाल सेवा केन्द्र र बालबालिकासँग प्रत्यक्ष सर्म्पर्क हुने गतिविधिमा अन्तरराष्ट्रिय प्रहरी स्वीकृति र आचारसंहिता लागू गर्नुका साथै बालबालिकाका आवसीय सेवा केन्द्रमा स्वयमसेवकलाई काम गर्न अनुमति नदिने जस्ता कार्य ।
सोधपुछका लागि;
जोसेफीन हाग्सटोर्म, संचार अधिकृत, इसीपीएटी इन्टरनेसनल, josefinh@ecpat.net
सम्पादकलाई जानकारी
● नेपालमा बालबालिकामाथि यौन शोषण सम्बन्धि प्रस्तावना पत्र पूर्ण रूपमा पढ्नुहोस्।
● अभियान क्षेत्र भ्रमण गर्नुहोस्। (माघ १४ मा प्रकाशित)
● सुचना: स्वयमसेवक-पर्यटन, अनाथालय पर्यटन र बाल यौन शोषण बीचको अन्तरसम्बन्ध The link between voluntourism, orphanage tourism and child sexual exploitation
● विषयगत पत्र: बालबालिकाको यौन शोषण र स्वयमसेवक-पर्यटन Sexual Exploitation of
Children and Voluntourism
*शब्दहरुका बारेमा केही शब्द बालबालिकाको शोषणबारे वर्णन गर्दा शब्दावलीको गैरजिम्मेवार प्रयोग वा गलत जानकारीले विषयवस्तुलाई महत्वहीन वा विवादस्पद बनाउने, पिडितलाई कलंकित तुल्याउने, चेतना अभिवृद्धि वा सुसुचित गर्ने गराउने सम्बन्धका बहस सहजीकरण गर्ने कार्य कठिन साबित हुने ।
उदाहरणको रुपमा “अश्लील साहित्य” र “वेश्यावृत्ति” जस्ता शब्दावलीको अपरिपक्व प्रयोग, वयस्क गतिविधि जनाउन मात्र प्रयोग गरिनु पर्दछ । बालबालिकाको यौन शोषणका सम्बन्धमा यस्ता शब्दावली प्रयोग गर्दा एक किसीमको सामान्यीकरण र वैधानिकता प्राप्त हुन सक्दछ जसमा बालबालिकालाई लेनदेनकर्ताको दाग लागेको वा केही हदसम्म मन्जुरी प्रदान गरेको सन्देश प्रवाह हुन सक्दछ ।
बाल यौन शोषण वर्णन गर्न आम रुपमा प्रयोग गरिने शब्दावलीहरु तल उल्लेख गरिएको छ यद्यपि यिनको प्रयोगलाई निरुत्साहन गर्न वा सावधानीपूर्वक प्रयोग गर्न उपयुक्त हुनेछ:
● “बाल अश्लील साहित्य” “अनलाइन बाल यौन शोषण सामाग्री” वा “अनलाइन बाल यौन दुर्व्यवहार” को प्रयोग;
● “बाल वेश्या” “यौन उद्देश्यका लागि बेचबिखन गरिएका बालकालिका” वा “वेश्यावृत्तिबाट/भित्र/का लागि दुर्व्यवहारमा परेका बालबालिका” को प्रयोग
● “बाल यौन पर्यटन” “पर्यटन क्षेत्रमा बालबालिकाको यौन शोषण” को प्रयोग; र
● “बाल यौन पर्यटक”
“यात्रा गर्ने बाल यौन अपराधी” वा “अन्तराष्ट्रिय बाल यौन अपराधी” शब्दावलीको प्रयोग ।
थप सुचनाका लागि, यौन शोषण र यौन दुर्व्यवहारबाट बालबालिकालाई संरक्षण गर्ने सम्बन्धमा शब्दावली निर्देशिका
the Terminology Guidelines
for the Protection of Children from Sexual Exploitation and Sexual Abuse हेर्नुहोस् ।
इसीपीएटीका बारेमा
इसीपीएटी इन्टरनेसनल बालबालिकाको यौन शोषण अन्त्य गर्न प्रतिवद्ध संस्थाहरुको विश्वव्यापी सञ्जाल हो । ९७ देशमा १११ सदस्य भएको इसीपीएटी यौ नजन्य उद्देश्यका लागि बालबालिकाको बेचबिखन; वेश्यावृत्तिबाट बालबालिकाको शोषण; अनलाइन यौन शोषण; र पर्यटन क्षेत्रमा बालबालिकाको यौन शोषण जस्ता मुद्दामा केन्द्रीत छ । इसीपीएटी इन्टरनेसनलको सचिवालय ब्याङ्कक, थाइल्याण्डमा छ ।
सीवीन-नेपाल -बाल मजदुर सरोकार केन्द्र बालबालिकाको अधिकारका लागि पैरवी गर्ने संस्था हो जो कठिन अवस्थामा कार्यरत र जीवनयापन गर्ने बालबालिकामा केन्द्रीत छ । मूल रुपमा सीवीन-नेपाल बाल मजदुर, सडक बालबालिका, बाल विवाह, बधुवा मजदुर, बालबालिकाको बेचबिखन, एसइसी र कानुनसँग द्वन्द्वमा रहेका बालबालिका जस्ता विषयमा केन्द्रीत छ ।
माइती नेपाल यौन शोषणको उद्देश्य लागि हुने महिला र बालबालिकाको बेचबबिखन रोकथाम गर्न प्रतिवद्ध छ । विभिन्न तहका प्रभावकारी प्रयासबाट बेचबिखन र यौन शोषणका पिडितहरुको संरक्षण, उद्धार र पूनर्स्थापना गर्नमा सक्रिय छ । शक्ति समूह बेचबिखनका पिडितबाट नेपालमा स्थापित र संचालित पहिलो संस्था हो । सन् १९९६ बाट आश्रय, कानुनी सहायता, व्यावसायिक तालिम र परामर्श प्रदान गर्दै यसले फिर्ता आउने बेचबिखन पिडितहरुलाई संगठित गर्ने र तिनको सशक्तिकरणका लागि काम गर्दै आएको छ ।
इसीपीएटी नेपालमा इसीपीएटी सञ्जालका सदस्य रहेका चारवटा संस्था सहभागी छन्: सिवीन-नेपाल, माइती नेपाल, शक्ति समूह र इसीपीएटी लक्जम्बर्ग।
Discussion about this post