Lalitpur, October 13.
Christ Church Nazarene, Anglican: 25 Years of Ministry in Nepal!
ललितपुर । असोज २६, आइतवार ।
क्राइष्ट चर्च नाजरिन, एङ्लिकनको रजत महोत्सव
आज ललितपुरको सिद्धार्थ पार्टी प्यालेसमा वरिष्ठ पाष्टर रिन्जी लामाले नेतृत्व गर्दै आउनुभएको क्राइष्ट चर्च नाजरिनले आफ्नो स्थापनाको रजत महोत्सव भव्य रूपमा आयोजना गर्यो ।
नेपाल बाइबल सोसाइटीका महासचिव पा. तेज जिरेलले सुरूवाती प्रार्थान गर्नुभई डा. पा. फिलेमोन क्षेत्रीको प्रमुख अतिथ्यतामा सुरूभएको उक्त समारोहमा नेपाली इसाई मण्डली ज्ञानेश्वरका संस्थापक वरिष्ठ पाष्टर रोबर्ट कार्थकले शिलालेख अनावरण गर्नुभई प्रार्थना गरी संक्षिप्त मन्तव्यमार्फत उत्साह पनि दिनुभएको थियो ।
नेपालमा नाजरिन चर्चका संस्थापक पाष्टर रिन्जी लामाले संक्षिप्त मन्तव्य राख्नुहुँदै उपस्थित सबैलाइ स्वागत गर्नुभएको थियो अनि नाजरिन चर्चको इतिहास पनि स्मरण गर्नुभएको थियो ।
चेला संगतिका वरिष्ठ पाष्टर अब्दिल मुखियाले वचनबाट उत्साह दिनुभएको थियो । २ राजा ५ः१२ बाट सेनापति नामानको कुष्ठरोग निको पार्न अगमवक्ता एलिशाकहाँ जाने सुझावचाहिँ एक कमारी ठिटीबाट आएको थियो, भने ५ रोटी र ३ माछाको प्रसंगमा पनि चेलाहरूले समस्या ल्याएर तीमध्ये एक चेलाले माछा र रोटी साथमा भएको केटो अगाडि ल्याएपछि मात्रै प्रभुले आश्चर्यकर्म गर्नुभएको प्रसंग व्याख्या गर्नुहुँदै उहाँले त्यसरी नै हामी हरेकलाई समस्याको समाधानको बाहक बन्ने बोलावट छ, अनि नाजरिन चर्चले यो सेवा गर्दै आएको छ भनी प्रेरणा दिनुभयो ।
बिचबिचमा विभिन्न सांगीतिक प्रस्तुति तथा नृत्यद्वारा बाल समूह, तथा जवान र अमादिदीबहिनी समूहले मनोरञ्जन समेत गराएका थिए। त्यसै अवसरमा अतिथि पाष्टरहरूद्वारा नाजरीन चर्चको इतिहास समेटेको स्मारिका पुस्तिका पनि विमोचन गरिएको थियो ।
नाजरीन चर्चद्वारा सञ्चालित नेपाल थियोलजिकल कलेजका प्रिन्सिपल विश्वराज राईले मन्तव्य दिनुभएको थियो भने नाजरीन चर्चका वार्डेन सुक्रराज राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल क्रिश्चियन सोसाइटीका महासचिव पा डिल्ली राम पाैडेलले अन्तिम प्रार्थना गर्नुभई समारोह समापन भएको थियो ।
Christ Church Nazarene, Anglican celebrated its Silver Jubilee, amidst fanfare at Siddhartha Cottage, Lalitpur. On the occasion a souvenir booklet was also released and leaders from various denominations and organizations were present to mark the blessed occasion.
Nazarene pastors and ministers on various capacities, as well as Nazerene delegates from abroad were recognized with khadas (Nepali shawl) and framed letters of appreciation. Sunday school, Youth and Women groups presented various songs and choreography during the ceremony. It was an encouraging and blessed moment, attended by 400.
Discussion about this post