एघारौं महासभासम्म पुग्दा पहिलो पल्ट मैले स्वतन्त्ररुपले भाग लिने मौका पाएँ। म ज्ञानेश्वरको चर्च व्यवस्थापनलाई धन्यवाद दिन्छु किनकी उहाँहरुले चर्च हलमा सजिलै जान आउन सक्ने व्यवस्था मिलाउनु भएकोमा। सायद म गएका चर्च भवनहरुमा यो पहिलो नै होला जहाँ Wheel Chair सजिलै जानसक्ने। म प्राय सभा सम्मेलनहरुमा भाग लिँदिन, किनकी म जान सक्ने ठाउँ बनाईए कै छैनन्। नेपालका इसाई चर्च व्यबस्थापकहरुले किन होला यस्तो कुरामा ध्यान नदिनुभएको? तर परमेश्वरलाई धन्यवाद होस् उहाँले मलाई वास्ता गरी प्रेम गर्नु भएको छ। बिषप नारायण शर्माद्रारा परमेश्वरले बोल्नु भएको बचनले मलाई उत्साह मिलेको छ
, मलाई लागेको थियो छ पनि, म एकलो भएको छु। सवैले बलेको आगो नै ताप्ने हुन्। पावलले तिमोथीलाई आफ्नो दुखेसो पोखाउँदा मेरै घटना भनेको जस्तो लाग्यो। पावल भन्छन्, मलाई सवैले त्यागेका छन् म एकलो भएको छु, तेरो अभावको महसुस गरेको छु यसकारण तिमी आउँदा मेरो खाष्टो र चर्मपत्रहरु लिएर आऊ। किन यति ठूलो विद्वान प्रचारलाई पनि यस्तो महसुस भएको होला? किनकी उहाँ पनि तपाई म जस्तै मावन नै हो। कोहि पनि एक्लै बस्न सक्दैन। उत्पत्ति २:१८ “मानिस एकलो रहन असल छैन।” हरेक मानिसलार्इ साथी/सहयोगी चाहिन्छ, यो परमेश्वरले नै भन्नु भएको छ भने, हामीलाई एक्लोपनाले नसताउने कुरै भएन। पावल जस्तालाईसाथ दिने छैनन् उ एक्लो भएको छ, येशुलाई पक्रे पछि उहाँ एक्लै हुनु भयो सबैले उहाँलाई त्यागेर भागे। खान पाउँदा, रोगहरुबाट चङ्गाई पाउने आशा लिएका मानिसहरुको भिडका बारेमा हामीले सुसमाचारमा धेरै घटानाहरु पढेका छौं। तपाईसँगै मर्न पनि तयार छु भन्नेहरु पनि जब उहाँमा दुःख आयो र विरोधीले पक्रे तिनीहरु सवै भागे उहाँलाई एक्लै पारे, यहाँसम्म कि आफैलाई झुण्ड्याउने क्रुससमेत आफै बोकी जानु पर्यो साथ दिने कोही भएन। कोहि म पछि आउने इच्छा गर्छ भने आफ्नो क्रूस बोकी मरो पछि लागोस्। यो संसार सब यस्तै हो। म एक्लो भएँ भनेर दुखेसो पोख्नु पनि बेकार जस्तो लाग्छ, फेरि नभने कसरी मेरो मनको कुरा थाह पाउने? हामी के सुसमाचार प्रचार गर्दैछौं र हामीमा अरुले के पढ्दैछन्। महासभासँग सम्बन्धिती थिएन मैले एउटा सूचना नोट लिखि गुनासो र सुझाव बाकसमा राखे सो पढिएन, एकजना पाष्टरलाई भने उहाँले ल हुन्छ म फेरि लेख्छ वा भन्नु भन्नु भयो तर यसको पनि जवाफ आएन र अन्तमा फेरि महासभा कै भाइलाई भने उहाँले पनि हुन्छ म लेख्छु भन्नु भयो तर ४:३० सम्म यसको अत्तोपत्तो थिएन, कार्यक्रमको व्यस्थता थियो, त्यस पछि म सभाभवनबाट बाहिरीएँ। यसले के को संकेत गर्छ भने, खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ, खुडा खुकुरीलाई के थाह?
अब महासभाको कुरा गरौं, तीनवटै पाष्टरहरुद्वारा परमेश्वर बोल्नु भएको छ, पालन गर्नेहरुका लागि ससक्त बचन। यो धेरै आशिषमय थियो। प्रतिबेदनहरु ठिकै थियो कोही समान्य, उत्सही र दुःख दायी निरासजनक पनि। यो रित नै हो यो संसारको। दुइवटा पतिबेदनहरु प्रस्तुत भए, महासभामा सहभागी साथीहरु गु्ररुजनहरुको अवस्था हेर्दा ती प्रतिवेदनहरु कति प्रतिसदले बुझे होलान्? म पछाडी थिएँ, कोहि निदाउनु भएको थियो भने कसैलाई यो कहिले सकिएला भन्ने छट्पटी भएको थियो यसले के सन्केत गर्छ तपाई आफै बुझ्नोस्। हामी आफु जस्तो स्तरमा छौं,
प्राय अरुलाई पनि उस्तै समानरुपले देख्दा रहेछौं भन्ने होइन र? यी नेपाली इसाईहरुकोलागि एकदम जल्दो बल्दो विषयहरु हुन्। हामीले सकेसम्म छिट्टै यसको टुङ्गोमा पुग्न पाए कति राम्रो हुने थियो। दहन, दफन का बारेमा सबै इसाईसमुहसँग बसी निचोडमा पुग्नु पाएँ हुन्थ्यो नि। संघियताको बारेमा पनि हामीलाई थाह हुनु र त्यसानुसार जानु राम्रो हुने थियो एक नेपाली नागरिक भएको हेसियतमा।
धन्यवाद ।
टेक भण्डारी
गोरखा हाल ल.पु. कुपण्डोल
४ भाद्र २०६७
Republished in new layout 5/29/2013
Discussion about this post