(यूहन्ना १३:१-१७)
यो घटना नयाँ नियममा प्राय यूहन्नाले मात्र लेखेका छन् । तर अरु सूसमाचारमा भेटिदैन । यस विषयमा धेरै पटक प्रचारिएको र लेखिएको छ । सेवाको बारेमा यूहन्नाले सवैले बुझ्ने गरी लेखेका छन् । कसरी येशूले ब्यबहारिक रुपमा नै बुझाउँनु भएको देख्न सकिन्छ ।
येशूले किन आफ्ना चेलाहरुको गोडा धोएर क्रूसमा टाँगिनु अघि चेलाहरुलाई एक व्यवहारीक शिक्षा दिनुभएको छ । मलाई लाग्छ इसाई जीवनको लागि एक महत्वपूर्ण शिक्षा हो । येशूले कसैलाई पनि भेदभाव गर्नु भएन त्यस समयको समाज (यहुदी) ले गराएको भेदभावलाई येशूले तोडेनु भएको भएको छ । सामरी स्त्रीसंगको बातचित जुन यहूदी समाजलाई पाच्या भिएन तर येशूले उनीसंग कुरा गर्नु भयो र उद्धारको (मुक्ति) को बारेमा बताउनु भयो । जातिय भेदभावको अन्त मान्नु पर्छ । मुक्ति सबैको लागि हो केवल यहूदीहरुको लागि मात्र होइन । परमेश्वरले सम्पूर्ण मानव जातिलाई नै प्रेम गर्नु हुन्छ यहूदीहरुलाई मात्र होइन । मुक्ति पाएकाहरुमा पनि भेदभाव हुनुहुन्न भन्ने उदाहरण येशूले दिनु भएको हो । म ठूलो मानिस सबैले पूज्नु पर्छ भन्ने हाम्रो समाजलाई पनि येशूले आफ्ना चेलाहरुको गोडा धोइदिएर तोडिएको छ । गुरुलाई पुज्नु पर्ने मान्यतालाई सेवाको काममा गुरुले पनि चेलाको सेवा गर्नु पर्छ भन्ने ज्वालन्त उदाहरण हो । म विस्वास गर्छु येशुले उद्धार पाएका सवैलाई समान व्यवहार गर्नु हुन्छ कसैलाई उच्च-निच गर्नु हुन्न । उच्च-नीच, ठूलो-सानो, धनी-गरिब, शिक्षित-अशिक्षित आदि इत्यादीको भेद राख्ने त हामीले गर्र्छौं जुन कुरा येशुले सिकाउनु भएको शिक्षा होइन यो हाम्रो आफ्नै अहम्ता (घमण्ड) मात्र हो । येशुले दिनुभएको शिक्षा (अन्तिम दिनमा हुने कुरा) चेतावनी सहित तिमीहरुले मेरा यी सबैभन्दा सानाहरुमध्य एक जनालार्इर्र्जे जति गरेनौ त्यो तिमीहरुले मेरो निम्ति गरेनो । तब यिनीहरु अनन्त दण्डको भागी हुनेछन् (मत्ती २५:४५-४६) । हामी एकपल्ट फर्केर आफैलाई हेरौं, म कसको सेवा गर्न उत्सुक हुन्छु । चर्चका पाष्टकर? अगुवाहरु, संघ-संस्थाका प्रमुख, संसारिक दृष्टिकोणले हुनेखानेहरुलाई र सामान्य विश्वासी दाजु-भाई दिदी-बहिनीहरुलाई एक समान व्यवहार (सेवा) गनेको छु ? चर्चमा भिन्नता देख्नुक भएको छ कि छैन यदि छ भने यसलाई येशु दिनुभएको न्यायको दिनमा हुने चेतावनीलाई आजै सुधारौं भोली मोका नपाउन पनि सक्छ किनकी येशुले भन्नुभएको छ, मानिसको पुत्र चोर झै कसैले नचिताएको समयमा आउने छ । तयारी बसेका छैनौ भने दश कन्याको उदाहरण हेरौं । धन्यवाद । प्रभुले आशिष होस् ।
टेक भण्डारी
ललितपूर
// <![CDATA[
var prefix = 'ma' + 'il' + 'to';
var path = 'hr' + 'ef' + '=';
var addy68032 = 'teknepal' + '@';
addy68032 = addy68032 + 'hotmail' + '.' + 'com';
document.write( '‘ );
document.write( addy68032 );
document.write( ” );
//–>\n
// ]]>teknepal@hotmail.com
Republished in new layout 5/29/2013
// <![CDATA[
R//
Discussion about this post