
कोलम्बो, श्रीलंकाको राजधानी कोलम्बोमा तीनवटा चर्च र तीनवटा होटलमा भएको बम बिस्फोटमा मर्नेको संख्या १४० पुगेको छ भने, ४०० भन्दा बढी घाइते भएको जानकारी भएको छ। स्थानीय समय अनुसार बिहान पौने नौ बजे बिस्फोट गराइएको छ। नेगोम्बो, बाट्टीकलोवा र कोचिकाडेमा आज इष्टर सण्डेको सेवा भएको बेला बम बिस्फोट भएको छ।
द साङग्रीला, किङ्गस्बरी, सिनेमोन ग्रान्ड होटेलमा बिस्फोट गराइएको छ।
चर्चहरुमा इष्टर सण्डेको सेवालाई र बिदेशी बस्ने पाँचतारे होटललाई लक्षित गरी बिस्फोट गराइएको छ। बिस्फोट कसले गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यतिबेला विश्वका धेरै मुलुकहरूले बिस्फोटको निन्दा गरेका छन्।
दिउँसो पुन: देहीवालमा भएको होटेलमा अर्को बिस्फोट भएपछि श्रीलंकाको राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
Discussion about this post