
काठमाडौं-चैत्र १८। आइतबार राती आएको हावाहुरीले बारा र पर्सा जिल्लाको प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ प्रभावित क्षेत्रमा भेटेर हौसला दिनुभएको छ।
हावाहुरीबाट ठूलोमात्रामा जनधनको क्षती भएको छ। प्राप्तजानकारी अनुसार बारा र पर्सा जिल्लामा हावाहुरीले २७ जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। बारा र पर्साको प्रभावीत क्षेत्रमा भयावह भएको बेलामा प्रधानमन्त्री ओलीले पीडितहरूको लागि राहत र उद्धारमा कुनै पनि कमी हुन नदिन निर्देशन पनि दिनुभएको छ। प्रधानमन्त्री ओलीले बारा र पर्साका तीन अस्पतालमा भर्ना भएका घाइतेहरूलाई भेट पनि गर्नुभएको छ।
प्राप्त जानकारी अनुसार, कलैया अस्पतालमा उपचार हुन नसकेका २ जना घाइतेहरूलाई आफूसँगै हेलीकोप्टरमा थप उपचारको लागि काठमाडौं ल्याउनुभएको हो।
Discussion about this post