• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 30, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ए.सी.एन. को गोरखा भुकम्प प्रतिकार्य कार्यक्रम समापन

by NC Reporter
March 7, 2019
in News & Events

पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपाल, पोखराले गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यमा यही फागुन १० गते सिर्जनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा “सामाजिक लेखाजोखा २०७५ तथा गोरखा भूकम्प २०१५ प्रतिकार्य समापन समारोह” आयोजना गरी गोरखा भूकम्प प्रतिकार्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा असल छिमेकी नेपालको भूकम्प प्रतिकार्य कार्यक्रमका बारेमा बोल्दै विभिन्न वक्ताहरूले नामजस्तै काम गर्ने संस्था भनेर तारिफ गरेका थिए।

भूकम्प लगत्तैदेखि सक्रिय रहेको सामाजिक संस्था असल छिमेकी नेपालले राहत वितरणको चरणमा विभिन्न आठ जिल्लाका साविकका ४८ वटा भन्दा धेरै गा.वि.स.हरूमा ११ हजार घरधुरीको लागि खाद्यान्न तथा जिन्सी वितरण गरेको थियो।

पुनर्निर्माण परियोजनाअन्तर्गत गोरखाको श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक, घैरुङ र आपँपीपलमा पुनर्निर्मित स्वास्थ्यचौकी भवनहरू भूकम्प पश्चात निर्माण सम्पन्न भएकामध्ये अग्रपंक्तिमा रहन सफल भए। जसमा पहिलो श्रीनाथकोट र त्यसपछि  दोस्रो, तेस्रो, चौथो र छैटौंमा क्रमशः घ्यालचोक, भुम्लिचोक, घैरुङ र आँपपीपल स्वास्थ्य चौकी रहेका छन्। यसको लागि गोरखा जिल्ला जनस्वास्थ्य कार्यालयले असल छिमेकी नेपाललाई संस्थाले पु¥याएको योगदानको कदर गर्दै पहिलो उत्कृष्ट संस्थाको रूपमा सम्मान प्रदान गरेको थियो।

त्यसैगरी चन्द्रोदय मा.वि., जनजागृती मा.वि., अर्कुल प्रा.वि. र जनकल्याण मा.वि. पनि पुनर्निर्माण भएका छन्। गोरखा जिल्लामा हस्तान्तरण भएका  पुनर्निर्मित विद्यालयमा श्री चन्द्रोदय माध्यमिक विद्यालय, श्री जनजागृति प्राथमिक विद्यालय र श्री अर्कुल प्राथमिक विद्यालय क्रमशः पहिलो, दोस्रो र तेस्रो हो भने श्री जनकल्याण माध्यमिक विद्यालय पाँचौं विद्यालय हुन्। साथै श्रीनाथकोटको वडा कार्यालय पनि असल छिमेकी नेपालकै आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो।

असल छिमेकी नेपालले गोरखा जिल्लाको गण्डकी गाँउपालिका वडा नं १ मकैसिङ, वडा नं ७ र ८ घ्यालचोक, वडा नं ६ भुम्लिचोक र सिरानचोक गाउँपालिका वडा नं ८ श्रीनाथकोटमा रहेका, पिछडिएका सीमान्तकृत जाति तथा जोखिममा रहेका (एकल महिला÷पुरुष, वृद्घा, अशक्त असहाय तथा विपन्न) २७५ घर–परिवारहरूको आवास पुनर्निर्माण सहायतार्थ “व्यक्तिगत आवास पुनर्निर्माण सहायता परियोजना” सञ्चालन गरेको थियो। भूकम्पले क्षतिग्रस्त घर बनाउन नसक्ने अवस्थाका ती घरधुरीलाई प्रतिघर ७० हजार रूपैयाँ बराबरको सामग्री तथा खाद्यान्न यस संस्थाले उपलब्ध गराएको हो।

संस्थाले सीप विकास, जिविको पार्जन तथा स्वास्थ लगायतका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो जसमा जीविकोपार्जन तथा स्वास्थ्य परियोजनाअन्तर्गत हाउस वाईरिङ्ग र प्लम्बिङ्ग तालिम, ग्रामीण पशु कार्यकर्ता तालिम, मौरीपालन तालिम तथा मौरीघार वितरण कार्यक्रम, बाख्रापालन तालिम तथा बाख्रा वितरण कार्यक्रम, नगदेबाली तालिम तथा बिउबिजन वितरण कार्यक्रम, स्वास्थ्य सामुदायिक कार्यकर्ता तालिम तथा प्राथिम उपचार बाक्स वितरण, सिलाई कटाई तालिम तथा सिलाई मेसिन वितरण, महिला तथा बालबालिका स्वास्थ्य शिविर, पुननिर्माण गरिएको स्वास्थ्य चौकीहरूमा चेतनामुलक होर्डिङ्ग बोर्ड वितरण, पशु स्वास्थ्य शिविर रहेका छन्।

उपर्युक्त परियोजनाहरूमा असल छिमेकी नेपालले गोरखामा २१ करोड ८१ लाख ८४ हजार ३ सय ९५ रूपैयाँ बराबरका खर्च गरेको छ।

समापन कार्यक्रममा असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङ, जिसस गोरखाबाट आशोक गुरुङ, जिसस नवलपरासी पूर्वबाट चेसराम आले मगर, जिसस नवलपरासी पश्चिमबाट शिवशंकर रे, समाज कल्याण परिषद्बाट का.मु. प्रमुख भगवती संग्रौला, गोरखाका पूर्व प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेना, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. हरिराम घिमिरे, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी, गोरखा, पर्वत र नवलपरासीका गाउँपालिकाका अध्यक्षहरू, गोरखा, कास्की र नवलपरासीका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, एजजिओ फेडरेसन कास्की र नवलपरासीका प्रतिनिधिहरू, दातृनिकायका प्रतिनिधिहरू, पुनर्निर्मित स्वास्थ्यचौकी र विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

कमल पोखरेली

पोखरा

Related Posts

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026
चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026
कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026
मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

October 27, 2026

Discussion about this post

ताजा सामाग्री

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026

        ११ कात्तिक २०८३, बुधबार काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

October 27, 2026

      १० कात्तिक २०८३, मंगलबार काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।...

Recent Posts

  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो
  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
  • एनपीएलको तेस्रो संस्करण आजदेखि: उद्घाटन खेलमा प्रधानमन्त्री शाह उपस्थित हुने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In