लूका १: ३९-५६
अहिलेको नेपालको परिश्थिती इसाईहरूको निम्ति त्यति अनुकुल छैन । सुसमाचारलाई असल समाचार बनाउन साँचो अभिवादको खाँचो पर्दछ ।
जकरिया एलिशिबाको घरमा गएर अभिवादन गरे । तपाईंको व्यवहारले सुसमाचारमा फरक पार्छ । मानिससँग असल सम्बन्ध राख्न महत्त्वपूर्ण छ । मानिसलाई अभिवादन, सत्कार र सेवाले परिवर्तन गर्न सक्छ । सुसमाचारको निम्ति ढोका खुल्छ । तपाईंको व्यवहारले मानिसलाई नजिक ल्याउँछ । तपाईंको व्यवहारले परिवर्तन ल्याउन सक्छ भन्ने कुराको निम्ति पद ४१ लाई उदाहरणको रूपमा लिन सकिन्छ ।
तपाईं मानिसहरूसँग व्यवहार गर्दा विश्वासीको जस्तो व्यवहार गर्नुपर्छ । ख्रीष्ट हाम्रो व्यवहारमा देखिनुपर्छ । धेरै पटक बोली र वचन मिल्दैन । एकजना महान् व्यक्तिले भन्नुभयो, “मलाई ख्रीष्ट मन पर्छ तर ख्रीष्टियानहरू होइन” । यसको मतलब के हो भने हामीले ख्रीष्टको प्रतिनिधित्व गर्नुपर्छ । सांसारिक मानिसले आत्माको कुरा बुझ्दैन । आत्मिक व्यक्तिले मात्र प्रभाव पार्न सक्छ । सांसारिक जीवनले क्षणिक प्रभाव मात्र पार्छ । यो देखावटी मात्र हुन्छ ।
प्रार्थाना: हे येशू मलाई साँचो जीवन जिउन मदत गर्नुहोस् ।
-हर्क खड्का, ललितपुर
हिमालय टेक्नोलोजी सोलुसन्स् प्रालि
Discussion about this post