• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल इसाई गैरसरकारी संस्था संगठनको प्रदेश नम्बर तीनको भेला

by Bidur Adhikari
November 23, 2018
in Religious Freedom, Socio-political, special

Network of Christian Organizations in Nepal (NeCON), Province No. 3 Gathering)

16 November, 2018, Lalitpur

नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको तदर्थ समिति गठन

कार्तिक ३०, शुक्रवार

ललितपुर

ललितपुरको तल्छिखेल स्थित नहेम्याह इन्स्टिट्युटको हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला अयोजना भएको छ साथै उक्त भेलाले एक प्रादेशिक तदर्थ समिति गठन समेत गरेको छ । मुख्य रूपमा इसाई गैरसरकारी संघ संस्थाहरूले सामना गर्नुपरेका चुनौती तथा भावी रणनीतिका बारेमा छलफलमा केन्द्रित उक्त भेलाको सञ्चालन थिर केसीले गर्नुभएको थियो भने

एन.सि.एफ.एन का महासचिव पा. शेर एसीले कलस्सी १:१०-१४ बाट संक्षिप्त वचन बाँड्नुहुँदै समाज र विकास क्षेत्रमा काम गर्ने संघसंस्था तथा चर्चहरूका बिचमा पछिल्लो समयमा सकारात्मक सम्बन्ध विकास भएकोमा सन्तुष्टि व्यक्त गर्नुहुँदै, सबैले आ-आफ्नो क्षेत्रबाट सेवमा लाग्नुको महत्व छ भनी उत्साह दिनुभयो ।

दिपक राज राईले स्वागत तथा कार्यक्रमको परिचय र उदेश्यका बारेमा जानकारी दिनुभएपछि, समूह बनाई यस्ता संस्थाहरूका चुनौती र नेकोनले के गरेको चाहन्छ भन्ने बारेमा विविध धारणा र सुझावहरू संकलन गरिएका थिए ।

 

एनसिएफएन महासचिव पा. शेर एसी वचनबाट उत्साह दिनुहुँदै

त्यसपछिको समय नेकोनका संयोजक डा. कृय्णमान शाक्यले नेकोनकै अैचित्य छ वा छैन, छ भने कसरी अगि बढ्न सकिएला, यसको नामाकरण आदिका बारेमा विचार राख्दै, नेटवर्क, कोअपरेसन, कोअर्डिनेसन, पार्टनरशिप तथा कोल्याबोरेसन (Network, cooperation, coordination, partnership, collaboration/alliance/coalition) को अर्थ तथ क्रमशः बढ्दो घनिष्ठता र वैशिष्ट्यको बारेमा प्रकाश पार्नुभयो ।

 

उहाँले बुँदागत रूपमाः सङ्गति, एकआपसमा सिकेका कुरा अदानप्रदान, इसाई पहिचान कायम राख्ने, राष्ट्रिय स्तरमा इसाई संघसंस्थाहरको प्रतिनिधित्व गर्ने, साझा मुद्दाहरूमा इसाई संघसंस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, साझा बुझाइ र समझदारी विकास गर्ने, मिलेर शक्ति अभिवृद्धि गर्ने, संयुत कार्य, सहकार्य गर्ने आदि लक्ष्य स्पष्ट पार्नुभएपछि, नेकोनको आवश्यकता छ भन्ने विषयमा सबैको सहमति फेरि पनि स्थापित भयो । कतिपय क्रसकटिङ इस्युहरूमा मिली काम गर्न सकियोस् भन्ने लक्ष्य राखेर अगि बढ्नका लागि समेत यसको उपादेयता रहेको सबैको बुझाइ रह्यो । साथै प्रतिकूल परिस्थितिमा एक्अर्कालाई उत्साह दिन, एकआपसमा आफ्ना ज्ञान र सिप बाँडचुँड गर्नका लागि समेत एक साझा थलो (प्लेटफर्म) को खाँ      चो रहेको कुरा सबैले महसुस गरेको पाइयो ।

 

नेकोनको दर्शन वा परिकल्पनाः राष्ट्र निर्माणका लागि एकिकृत र रूपान्तरित इसाई गैरसरकारी संघ संस्था

मिसन वा लक्षयः साझा आवाज, क्षमता अभिवृद्धि, सर्वांगिण, समुदायिक सेवाको लागि

प्रमुख मूल्य न्यताः अदर, एकता, सहकार्य, न्याय, पारदर्शिता

रणनीतिक लक्ष्यः प्रतिनिधित्वः एक केन्द्रिय, अनि हरेक प्रदेशमा प्रादेशिक, साझा आवाजः सरकार तथा अन्य सरकोकारवालाहरूसँग प्रभाव बढाउने, क्षमता अभिवृद्धि, सहकार्यमा जोड ।

संस्थागत लक्ष्यः नेकोन कमिटि सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सम्न्ध स्थापित गर्ने

साथै रोचक प्रसङ्गचाहिः फेथ बेस्ड अर्गनाइजेसन भन्नाले के बुझ्ने ? भन्ने प्रश्न पनि उठेको थियो । यसमा आ-आफ्नो विश्वासको अस्था मतअनुसारका मूल्यमान्यतद्वारा निर्देशित हुने, हुन पाउने संघसंस्था भनी बुझिआइएको प्रसङ्ग उठ्यो भने, व्यवहारिक रूपमा चाहिँ विशेषगरी इसाई मूल्यमान्यताद्वारा निर्देशित संघसंस्थाहरूलाई नै यसले सङ्केत गर्दै आएको तथ्य पनि उजागर भयो ।

इसाई गैरसरकारी संस्था संगठनहरूले वर्तमानमा भोगिरहेका चुनौतीहरू, प्रदेश नम्बर ३ को समिति गठन, प्रार्थना लगायतका गतिविधिका साथ कार्यक्रम सम्पन्न भयो ।

नवनिर्वाचित प्रदेश तीन समिति सदस्यहरू

प्रदेश नम्बर ३ को ९ सदस्यीय तदर्थ समितिमा बनिता डंगोलः संयोजक, विदुर अधिकारी उपसंयोजक, मेनुका थुलुङः सचिव, सिलास तामाङ कोषाध्यक्ष, लगायत शान्ति पाण्डे, रोमी केसी, यज्ञ सिं,  रबिन्द्र दास,  वीर बहादुर सिन्तान लगायत सर्वसम्मतिले चुनिनुभयो ।

आगामी दिनहरूमा यसै गरी सबै प्रदेशमा संयोजन समितिहरू गठन गर्दै जाने तथा सूचना अदानप्रदान गर्दे अगि बढ्ने घोषणाका साथ, अन्त्यमा नवगठित समितिका लागि सबैले प्रार्थना गरेपछि पा. टंक सुवेदीले अन्तिम प्रार्थना गर्नुभई भेला समापन भएको थियो ।

राजनीति वा पद हत्याउनका लागि नभएर सबैको हकहित र सामाजिकसेवा तथा आफ्नो अस्था मतअनुसार सम्विधान प्रदत्त् अधिकारको उपयोग गर्दै काम गर्न पाउनेपर्ने अधिकारको रक्षार्थ समेत नेकोन जस्तो संस्थाको अवश्यकता प्रमाणित हुन सक्ने प्रशस्त ठाउँ छ । भविष्यमा यसका कार्यक्रम र क्रियाकलापले मात्रै यसको अपरिहार्यता रहे नरहेको प्रमाणित गर्नेछ ।

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

A Proposal To Politics As Mission

December 3, 2024

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In